Thursday, October 27, 2022

An article on Nepali War poetry:

The politics of Gorkha martial valour: A critical introduction to modern Nepali war poetry

https://www.tandfonline.com/doi/full/10.1080/23311983.2021.1923896?src=recsys




Tuesday, October 4, 2016

Translation ---- पारीजातको "जुनी काट्नु–एउटा बाजी"

Living: A Victory
-Parijat
Standing upon the termite-infested earth
all claims for my love and land
shall prove a boomeranging irony and
exaggeration upon myself!
How shall I express
dissent upon myself for not aspiring for a piece of land
dissent for my aversions to set defining limits
upon my mother's love?

That moment,
when yokes of a viscous day and colorful illusions
had snapped in their own circumstances,
in their own temporalities,
I certainly must have piled defeats upon defeats,
I often forget to cash chances,
forget to accord them a meaning,
and forget to lend them a recognition,

Better ask me not—
Living life away is not an arduous task

it's nor a hellacious history. 

जुनी काट्नु–एउटा बाजी
–पारीजात

धमिरा लागेको धरतीमाथि उभिएर
माटोको माया ?
एउटा व्यङ्ग र अतिसयोक्ति हुन जान्छ आफैप्रति
म कसरी व्यक्त गरुँ?
मैले जमिन नखोजेको विरोध
मैले परिभाषा लाउन नखोजेको आमाको माया
जव रसाईलो दिन र रंगिन भ्रमहरुको
जुवा फुकेको थियो
सायद म अनुपस्थित थिँए
आफ्नै परिस्थितिहरुमा
आफ्नै समयहरुमा
कि मैले हार माथि हार खाएको हुनुपर्छ
म वाजी मार्न विर्सन्छु
म बाजीलाई अर्थ दिन विर्सन्छु
मान्यता दिन विर्सन्छु
मलाई नसोधे हुन्छ
जुनी काट्नु कुनै गाह्रो काम होईन
अफ्ट्यारो ईतिहास होइन ।

Sunday, May 8, 2016

नीलो रङकी चरी (समीक्षा)



“मृत्यूको घोषणा” पश्चिमा दर्शन र साहित्यमा कुनै नौलो कुरा होइन । उन्नाइसौं शताब्दीको अन्त्यमा जर्मन दार्शनिक फ्रेडरिक नित्सेले ईश्वरको मृत्यूको घोषणा गरे । बीसौं शताब्दीको उत्तरार्धमा फ्रेन्च  दार्शनिक रोलाँ बार्थले लेखकको मृत्यूको उद्घोष गरे भने बीसौं शताब्दीको उत्तराद्धमा समालोचकहरुले उपन्यासको मृत्यूको । यहि श्रृङ्खला अन्तर्गत सन् २०१३ मा अलेक्ज्याण्डर पेट्रीले वासिङटन पोष्टमा “ईज पोइट्री डेड?” शीर्षकमा एक आलेख लेखिन जसमा उनले केहि गम्भिर प्रश्नहरु उठाइन—कविताले केहि परिवर्तन गर्न सक्छ ? कविताको कुनै महत्व छ ? यी प्रश्नहरुले कविताका हिमायतीहरुलाई आश्चर्यमा पारे पनि विश्वइतिहास तथा नेपाली परिवेशको अहिलेको साहित्यिक अवश्थाको विश्लेषणले देखाउँछ कि साहित्यका विधामध्ये सबैभन्दा बढी लेखिने र चर्चामा रहिरहने विधा कविता नै हो ।

पेट्रीका प्रश्नहरुको निरपेक्ष उत्तर दिन नसकिएपनि कविताको काव्यिक मूल्यका साथै यसले प्रवाह गर्ने दार्शनिक, सामाजिक, सांस्कृतिक मूल्य र समकालिन इतिहास बुझ्नका लागि महत्वपूर्ण हुन्छन । दार्शनिक होरास, सर फिलिप सिड्नी, रोबर्ट फ्रस्ट कविताका यिनै दुई पक्षको वकालती गर्दै कविताले ‘सिकाउने’ र ‘सुखानुभूति’ प्रदान गर्ने क्षमता राख्नुपर्छ भन्ने तर्क राख्छन ।

कविता जिवन्त मात्र नभई यसका अन्य विविध पक्षका महत्वहरु दर्शाउने प्रमाण स्वरुप पछिल्लो समय दीपेन्द«सिंह थापाको कवितासंग्रह “सहयात्री शब्दहरु” बजारमा आएको छ । छत्तीस कविता संग्रहित यस कृतिले वाध्यता र विश्रृङखलताले सिर्जना गरेका बेचैनी र यसका परिणामहरुलाई प्राथमिकताका साथ चित्रण गरेको छ । एकातफर्, सोचेजस्तो केहि नभएपछि उत्पन्न हुने क्रान्तिभावले कविलाई नराम्ररी तताएको छ भने अर्कातर्फ विविधताका बीचमा अत्यावश्यक भातृत्वभाव, धार्मीक सहिष्णुता तथा राष्ट्रभाव पनि थापाले कविताका विषयवस्तु बनाएका छन् । “माटो र मान्छे” शीर्षकको कवितामा उनी यहि सन्देश दिन्छन् ः
मन्दिर धाउँ या मस्जिद
वेद गाऊँ या कुरान
चैते पुजूँ या चर्च
त्रिपिटक बुझूँ या बाइबल
माटोभन्दा बढी केही रोज्दिन म
मान्छेभन्दा माथि केही खोज्दिन म ।

कवि ‘उपमा’ प्रयोगमा पाण्डित झैं लाग्छन । उनका धेरैजसो कवितामा उपमाको अत्याधिक प्रयोग गरेका छन् । साहित्यमा उपमाको प्रयोग कमजोर तुलनाका लागि गरिने भएतापनि थापाका कवितामा प्रयुक्त उपमाहरु केहि वाहेक अब्बल नै लाग्छन । “पृथक् पात्र” कवितामा मात्र उनले आठ वटा तुलना गरेका छन् । गतिहिन बन्दै गएको अनिश्चित जीवनलाई उनले ः ‘एउटा बग्दाबग्दै बिलाएको छालजस्तो÷एउटा ‘सा रे ग म ...’ हराएको तालजस्तो भनेर चित्रण गरेका छन् भने जीवनका आरोह अवरोहलाई “बाटो” शीर्षकको कवितामा उकाली, ओराली र समथल बाटोसँग तुलना गरेका छन् । त्यस्तै “राजमार्गकी राजकुमारी,” “पुरातन नायक,” “दृष्टिबिनाको दिन,” उपमाले भरिपूर्ण कविताहरु हुन् ।

थापाका कवितामा प्याराडक्स (विरोधाभाष)को प्रधानता छ । सायद जीवन जिउँदाका कतिपय परिवेशहरु विरोधाभाषपूर्ण भएकै कारण हुन सक्छ, कवि यस प्रयोग प्रति लालायीत छन् । “व्याप्ति” कवितामा लेखिएको, ‘आरम्भ नै नभई भएका अन्त्यहरु पनि त छन् यहाँ÷अन्त्य नै नभई भएका आरम्भहरु पनि त छन् यहाँ’ र “अमूर्तपन” कवितामा ब्यक्त ‘सिउँदा ज्यादा उध्रन्छ÷बनाउँदा बढ्ता भत्कन्छ’ले जीवनको यहि जटिलतालाई इङ्कित गर्छ ।

भावना प्रधान कविका केहि कविता आत्मकथा जस्ता लाग्छन् । “नीलो रङकी चरीप्रति” नील बस्त्रधारी ‘ब्लू बर्ड’ प्रति सम्मोहित भइ उनै प्रति सर्मपित छ भने छोरीको ममता भन्दा गहन कविताको बिषय हुन नसक्ने आत्मबोध गरेका छन् “सानी छोरी र कविता” शीर्षकको कवितामा ।

कविले ‘पर्खाल’लाई विम्बका रुपमा प्रयोग गरेका छन् । पर्खालले नियन्त्रण गर्छ, सीमाना कोर्छ तर जव रगत उम्लन्छ, तब पर्खालरुपी सीमाहरु आफैँ विघटन हुन पुग्छन । यद्यपि कतिपय सन्दर्भमा विम्बहरुले कविता बोक्न नसक्दा यस्ता कविताहरु नारा जस्ता सुनिन्छन, यो खतराबाट लेखक सदैव सजग रहनुपर्छ । “मन्त्रणा” कवितामा ‘साँघुरा पर्खालहरुले’ क्षितिजलाई नछेक्ने उद्घोष गर्ने कवि ‘पर्खालभित्र बसेका मान्छेहरुलाई’ संवोधन गर्दै प्रश्न गर्छन्, ‘के अब पनि पर्खालले÷उज्यालो छेक्न सक्छ ?’

यस्तै यस्तै क्रान्तिभाव बोकेका थापाका कविता बुझ्न उति कठिन छैनन् । सरसता, सुबोध्यता, भावपूर्णताका गुणले उनका कविता भरिपूर्ण छन् । कवितामा कुनै ‘वाद’को पक्षपोषण गर्दैनन् न त कुनैको खिलाफमा नै लेख्छन्, विकृति, बिसङ्गति माथि रोष प्रकट गर्छन्, माटोका कविता लेख्छन्, मानवता बोल्छन र भावनाका गीत सुनाउँछन् । यद्यपि कविताका शुरुमा उठाइएका विम्ब र प्रसङ्गहरुलाई सफल अवतरण गराउन भने कवि कतैकतै चुकेका छन् । केहि कविताका अन्त्य उति प्रभावकारी छैनन्,  केहि कविताका पंक्तिहरु नलेखेकै भए ती कविता झन बलिया हुन्थे । उदाहरणका लागि “राजमार्गकी राजकुमारी” कवितामा ‘राजमार्गजस्तै’ भनिइ सकेपछि ‘कतै घुम्ती,’ ‘कतै सपाट रेखामा,’ ‘कतै आरोह’ कविले नभनी बुझ्ने जिम्मा पाठकलाई दिनुपथ्र्यो । त्यस्तै “स्वत्वको विघटन” कविताको अन्तिम अनुच्छेदमा संबोधित ब्यक्तिहरु तथा प्रश्नहरु कमै प्रभावकारी छन् । कताकता कवि कविताको लेखकिय चेतबाट बिमुख भई पाठकलाई सोच्ने अवसर नै नदिइ सबैकुरा आफैँले भनिदिँदा कविताको सौन्दर्य फिका लाग्छ ।

तथापी थापाले आफूलाई कवितामै रमाउने सर्जकको रुपमा स्थापित गराउन सफल देखिन्छन् । गहन काब्यिक चेतबाट निर्देशित भएर कविता लेखिरहेका यूवा कवि थापा समय सँगै परिवर्तन भइरहेका पाठकका साहित्यिक स्वाद सँग परिचित भई आफूलाइ परिवर्तन गर्दै जान सके साँच्चै नै शब्दहरुले कवि थापाको मात्र नभइ समग्र पाठकको सहयात्री बन्न सक्छन् । त्यो भन्दा माथी, कविताको मृत्यू बारे सोच्नेहरुका लागि पनि पूर्नविचार गर्न वाध्य बनाउनेछ ।

पुस्तक : सहयात्री शब्दहरु
लेखक : दीपेन्द«सिंह थापा
प्रकाशक : शब्दहार क्रिएसन्स
पृष्ठ : ६६
मूल्य : रु १२५














Tuesday, April 26, 2016

भाषामा अन्याय



उपन्यास कमै लेखिने बिधा भएर पनि साहित्यमा यसको विशेष स्थान यस अर्थमा छ कि यसका पाठक अन्य बिधाका भन्दा बढी छन । बिश्व साहित्यको इतिहास हेर्ने हो भने पनि यो देखिन्छ कि एक मात्र उपन्यास राम्ररी चलेर पनि नाम र दाम दुबै कमाएका साहित्यकारहरु प्रशस्तै छन । हार्पर ली, एन्ना सेवेल, एड्गार एलन पो, ईमाइल ब्रोन्ट, बोरीस पास्तरनाक, राल्फ एलिसन यस समूहका केहि प्रतिनिधी उदाहरणहरु हुन ।

नेपालको सन्दर्भमा हेर्दा नेपाली लेखकले अंग्रेजी र नेपाली दुबै भाषामा उपन्यास लेख्ने गरेका भएता पनि अंग्रेजी भाषालाई माध्यम बनाएर अभिब्यक्त गर्ने क्षेत्रमा भने उती धेरै काम भएको छैन भनेर भन्यो भने गलत चाहिँ हुँदैन । यसै दुर्लभ परिदृष्यको एक उदाहरण हो शिवानी न्यौपानेको दोश्रो उपन्यास क्रसिङ्ग स्याडोज । यसअघि उनको पहिलो कृति मोनिका प्रकाशित भइसकेको छ ।

भर्खरै बजारमा आएको यो उपन्यास बिषयगत, बिधागत र भाषागत आधारमा ब्याख्या बिश्लेषण गर्न सकिन्छ । उन्नाईस अध्यायमा बाँडिएको यो कृतिले माया— प्रेम, घृणा, द्वेष, घुसखोरी, भ्रष्टाचार जस्ता बिश्वव्यापी तथा जल्दाबल्दा बिषयबस्तुलाइ प्रमुखताका साथ उठाएको छ । जीवन र माया, बिश्वास र मायाका बीचको प्रेमकहानी, ककनी, मसेल, तान्द्राङ र काठमाडौंमा सन् २००७, २००८, २०१० र २०११ मा घटेका चार घटनाहरुको अनुसन्धान र यसमा संलग्न प्रहरी अधिकृत एस. एस. पी. हरिहर सिंह र एस. पी. रतन यादबहरुले अनुसन्धानका सिलसिलामा गर्नु परेका  बिभिन्न क्रियाकलापहरु यस उपन्यासले समेटेका प्रमुख घटनाहरु हुन ।
उपन्यासकी प्रमुख पात्र मायालाई एक सबल नारी पात्रको रुपमा चित्रण गरिएको छ । साथै उनको प्रतिबद्घता पनि प्रसंसनीय छ । कथानक आफैंमा दिक्दारलाग्दो छैन । अब के हुन्छ भनेर कथामा अनुमान गर्न सकिने औषत नेपाली उपन्यास÷कथा भन्दा यो उपन्यास पृथक छ । पाठकले गरेको अनुमान प्रायसः गलत साबित हुन्छन । जिन्दगीका मोडहरुमा बिभिन्न हण्डर र ठक्कर खाएकि, कथाको कुनै अंशमा आत्महत्या गर्न तयार प्रमुख पात्र माया एकाएक काठमाडौं बिश्वविद्यालयमा छात्रवृत्ति पाएर एमबिबिस पढ्न थाल्छिन, पछि फेरि अचानक भारत जाने निधो गर्छिन, जुन पाठकले गर्ने अनुमान भन्दा फरक लाग्छन ।

उपन्यासमा प्रयुक्त सम्पादकिय र समाचारका दृष्टान्तहरुले घटनाहरु एक अर्कालाइ जोड्न सहयोग गरेको देखिन्छ । यस्तो ‘प्रयोग’ को कारण लेखकको पृष्ठभूमीको उपज हुन सक्छ । हत्याको खोज तथा अनुसन्धान जासूसी प्रकृतिको छ जसले जासूसी उपन्यासले ख्याती कमाएको  १९औं शताब्दीको पश्चिमा साहित्यिक प्रवृतिलाइ सम्झाउँछ । यद्यपि खोज तथा अनुसन्धानलाई राजनीतिले कसरी प्रभाव पार्छ भन्ने कुरा पनि देखाउन खोजिएको छ । अनुसन्धानमा संलग्न सिनियर र जुनियर अधिकृत बीचको अहम्को द्वन्द्व (इगो कन्फ्लिक्ट) पनि चित्रित छ । एस. पि. रतनलाई राम्रो चित्रण गर्न खोज्दा खोज्दै पनि कतिपय ठाउँमा घुस लिएको देखाइएको छ । त्यस्तै जनयुद्वको  धङ्गधङ्गीलाई लेखकले उपन्यासमा ल्याएपनि सूर्यले मायासगँ गर्ने क्रान्तिकारी कुरा बाहेक अन्त उल्लेख भएको पाइँदैन । जुनसुकै कारणले जीबनलाई बिभिन्न हत्या गर्न उक्साए पनि उसको चरित्रले नेपाली राजनीतिका हस्तिहरुको अपराधिक पृष्ठभूमिलाई संकेत गर्दछ ।

कथानक राम्रो हुँदाहुँदै पनि रुपगत र भाषागत संतुष्टि लिने ठाउँ भने कतै पनि छैन । लेखक पत्रकारिता पृष्ठभूमीकै भएपनि बाक्यसंरचना, शब्द चयन र हिज्जेमा यसको प्रभाव ज्यादै कमजोर छ । भद्दा लाग्ने बाक्य र बाक्यांशले बिषयबस्तुको गहनतालाइ छाँयामा पारिदिन्छ । धेरै पात्र, बहु कथानक र प्रत्येक पात्रको यस्तो र उस्तो बिशेषता भनेर गरिएको अनावश्यक पात्र चित्रणले कथाको स्वादलाइ नराम्ररी प्रभाव पार्नुका साथै पाठकको मूल्याङ्कन गर्ने अधिकार समेत हनन गरेको छ । भिक्टोरियन समयमा लेखिएका लम्बेतान, बहुकथानक, पात्रहरुको भीड भएका उपन्यासलाई आधुनिक समालोचकहरुले ब्याख्या गर्दा प्रयोग गर्ने अभिब्यक्ति “लुज एण्ड ब्याग्गी मोन्स्टर” यस उपन्यासका सन्दर्भमा प्रयोग गर्दा पनि अनुचित हुँदैन ।

उपन्यास शुरु हुनु भन्दा अगाडिको “कृतज्ञता” खण्ड पढ्दा आशा गरेको कुरा उपन्यास पढ्दा पटक्कै पाईदैन । यस खण्डमा लेखिकाले ‘सम्पादन’को भूमिका मात्र उल्लेख गरेकि छैनन कि यो उपन्यासको सम्पादनमा संलग्न केहि मूर्धन्य सम्पादकको खुलेरै प्रशंसा गरेकि छन । तर वास्तबमा यो उपन्यासको सम्पादन, पश्चिमा विश्वबिद्यालय गएर सम्पादन पढेकी लेखिका र सम्पादन गर्ने सम्पादकले सम्पादन गरेजस्तो लाग्दैन । यो समस्या हिज्जे, ब्याकरणका साथसाथै कर्ता—क्रिया संबन्ध र शब्द चयनमा पनि देखिन्छ । पृष्ठ नं ३ को स्टिभ जोब्सको नाम,  पृष्ठ २७ मा “अन्प्लिजेन्ट” अगाडी प्रयोग गरिएको आर्टिकल, पृष्ठ २८ मा “इन्सेक्ट” अगाडी प्रयोग गरिएको आर्टिकल, पृष्ठ ३२१ मा बहूबचन “विमिन” अगाडी प्रयोग गरिएको आर्टिकल र सोहि पृष्ठमा तृतीय पुरुष एकवचन “सी” सँग प्रयोग गरिएको क्रियापद “ड्रप” यस्ता केहि उदाहरणहरु हुन । त्यसैगरि पृष्ठ १०मा प्रयुक्त पोरिङले फरक अर्थ दिइराखेको छ, पृष्ठ २३० को अन्तिम अनुच्छेदमा ‘अल’ सँग प्रयोग गरिएको “एभिडेन्स”, पृष्ठ ३०० मा लेखिएको “हि टास्क”(सायद हिज टास्क), पृष्ठ ३०१ मा लेखिएको “अ इजि टार्गेट रियल्ली” धेरै मध्ये केहि उदाहरण हुन । पृष्ठ १८ को प्रथम अनुच्छेदमा लेखिएको “आइ ह्याभ एन इक्जाम टु गिभ” ले त झन “कृतज्ञता” लाई गिज्याइरहेको आभाष हुन्छ ।

यसका साथसाथै लेखिकाको जर्वजस्त रोमनमा लेख्ने कुरा पनि सान्दर्भिक लाग्दैन । केहि त्यस्ता शब्दहरु जसले नेपालीपना बोकेको हुन्छ, त्यस्ता शब्दहरुको अनुबादले स्वाद बिग्रने डरले रोमनमा लेख्नुलाई राम्रो मानिन्छ । उपन्यासमा केहि शब्दहरु ‘दाइ’, ‘दिदी’, ‘छोरा’, ‘छोरी’ को रोमन प्रयोगलाइ स्विकार्न सकिए पनि “हे भगवान, हे भगवान, हे भगवान”(पृष्ठ २५), “छोरा के भयो त्यस्तो ? ” (पृष्ठ १०६) लाई रोमनमा लेख्दा आउने साहित्यिक खल्लोपना चियालाइ “टि” नलेखेर “चिया” नै लेखेर आउने स्वादले पनि विस्थापन गर्न सक्दैन बरु झन तिक्तता थप्छ ।

अहिले बहसको बिषय छ— नेपाली साहित्यलाई कसरी अन्तराष्ट्रियकरण गर्ने ? हामीसँग दुईवटा विकल्पहरु छन् । या त अंग्रेजीमा लेख्नुपर्यो, कि नेपालीमा लेखिएकालाई अंग्रेजीमा अनुवाद गर्नुपर्यो । पहिलो विकल्प  सबैले गर्न सक्दैनन न त दोस्रो विकल्प नै सहज छ । यद्यपि दुबै विकल्पमा गर्न सकिने प्रशस्तै संभावनाहरु भने छँदै छन । जसले अंग्रेजीमा कलम चलाउँछन्, उनीहरुले त्यसलाई न्याय गर्न सक्नुपर्यो ताकि पाठकले भाषागत तथा विषयगत खिन्नताको भारी बोक्नु नपरोस । त्यसैगरि अनुवाद गर्नेले पनि अनुवादकीय न्याय गर्न सक्नुपर्यो । यो उपन्यास अन्तराष्ट्रिय भाषामा नै लेखिएको भएता पनि अन्तराष्ट्रिय त के यो समीक्षक जस्ता भाषाका राष्ट्रिय बिद्यार्थीहरुले पनि भाषिक न्यायको खडेरी महसुस गरेको कुरा छर्लङ्गै छ ।

उपन्यासका कथाहरु रोचक र ध्यान तान्ने हुँदाहुँदै पनि सम्पादनजन्य र भाषागत कमजोरीले उपन्यासको ओजलाइ घटाएको मात्र छैन कि एउटा रफ्तारमा उपन्यास पढेर आनन्द लिँदै भाव खोतल्नु पर्ने बेलामा खिन्नता बेहोर्नु पर्ने बाध्यता छ—भाषाले सारलाई न्याय गर्न नसक्दा । पाचँतारे होटलमा  फरक किसिमले तामझामका साथ बिमोचित भएको उपन्यासले आम पाठकको आकांक्षालाई भाषागत न्याय गर्न सकेको छैन । अतः भद्दा बाक्य र बाक्यांश, अमिल्दा शब्द चयन, नमिलेका हिज्जे, अनावश्यक रोमन र ‘प्रयोग’ आदिले रसियन समालोचक मिखायल एम. बाक्थिनको रङ्गमञ्चको नायक अर्थात उपन्यास कुरुप भएको महसुस हुन्छ ।
कृति : क्रसिङ्ग स्याडोज
लेखक : शिवानी न्यौपाने
प्रकाशक : वी रिड
विधा : उपन्यास
पृष्ठ : ३२४
मूल्य : रु ३५०

Sunday, March 20, 2016

सुदूरबाट विनित विद्रोह (Review)



कविता कस्तो हुनुपर्छ वा कस्तो हुनुहुँदैन ? कवितामा के लेख्ने र के नलेख्ने ? कविता कस्का लागि लेख्ने ? आदि वर्षौदेखि उठ्दै आएका उत्तरित तर विवादित प्रश्न हुन । ग्रीक विचारक प्लेटो कवि र कविताका विरोधी थिए । उनी कविलाई देशनिकाला गर्नुपर्ने तर्क राख्थे । उनका विचारमा कविताले उद्वेगहरूलाई सिञ्चित गराउँछ र यथार्थताबाट टाढा लैजान्छ । तर रोमन साम्राज्यमा कविलाई ‘भेट्स्’ अर्थात विचारक मानिन्थ्यो, अनि कवि र कविताको सम्मान गर्थे । स्वच्छन्दतावादी कवि पि.वि. शैलीले त कविलाई “अन्एक्नोलेज्ड लेजिस्लेचर अफ द वल्र्ड” अर्थात विश्वका अवैधानिक विधायक भनेका छन् । अमेरिकी कवि रोबर्ट फ्रष्ट कविता विशेष ज्ञान दिएर अन्त्य हुनुपर्ने तर्क राख्छन् ।

यी त भए केही पश्चिमेली विचारका  कवि र कविताका बारेमा विचारहरू । नेपालको सन्दर्भमा पनि यतिबेला घनिभुत छलफलको विषय छ्र ः कविता कस्तो हुनुपर्छ ? उत्तर दिने प्रयास पनि गरिँदैछ । नेपाली  कविता  हुनुपर्छ ‘नेपालीपन’ उजागर गर्ने किसिमका हुनुपर्छ नकि पश्चिमा विम्व र संकेतको अतिशय प्रयोगबाट प्रताडित । कवितामा नेपाल हुनुपर्छ । माटोको गन्ध हुनुपर्छ । पाखो—पखेरो बोल्नुपर्छ । नसुनिएकाहरू सुनिनुपर्छ , नवाचिएकाहरू वाचिनुपर्छ ।

यही उत्तरलाई मुर्तरुप दिन्छन् हेमन्त बिवसका कविताले । उनले आफ्नो पछिल्लो कविता सङ्ग्रह “सैपालको आँगन” (३४ कविता) मार्फत नेपालको सुदुरपश्चिम भेगमा प्रचलित विभिन्न धार्मिक साँस्कृतिक, ऐतिहासिक पहिचानलाई अभिव्यक्त गरेका छन् । उनका कवितामा सैपाल मुस्कुराइरहेछ , बछेडी खोला, र सेती खोला सुसाइरहेकाछन्, धुर्कोट र खप्तड गर्विलो इतिहास बोकेर उभिरहेछन् । उनले यथार्थ लुकाउँदैन् , कमलरी र देउकीका विडम्बनाहरू समेत खोतलेका छन् । उनका कविता नारामात्र वा कुण्ठाको अभिव्यक्ति मात्र होइनन् ।
विवसका कवितामा शब्दहरूले चित्र निर्माण गरेका छन् । वोधगम्य भाषामा समयवोध प्रतिविम्वित छ । उनका पात्र गरिव छन, तर स्वभिमानी छन्, भीख माग्दैनन् चाहे उनीहरू गरिवी, समस्या, अन्याय र एक्लोपनसँग साक्षात्कार गरिरहेका र पीडाका गीतहरू नै गाइरहेका किन नहुन् ।

वीसौ शताब्दीका महान कवि तथा समालोचक टि. एस. इलियटले “ट्र««ेडिसन एण्ड इण्डिभिजुअल ट्यालेन्ट” निबन्धमा पराम्परागत ज्ञानकै सापेक्षतामा मौलिकताको अभ्युदय हुने तर्क गर्दै लेखेजस्तै हेमन्त विवश परंम्परालाई विषेश स्थान दिन्छन् । इलियटका शब्दमा ‘परम्परा एक विशेष महत्वको विषय हो, जुन पैत्रिक संपत्तिजस्तो एक पुस्ताबाट अर्को पुस्तामा सर्दैन । सो प्राप्त गर्न विशेष परिश्रम आवश्यक छ ।’ विवसले त्यो परिश्रम गरेका छन् । उनका कवितामा पुर्खौदेखिका ऐतिहासिक तथा साँस्कृतिक सन्दर्भहरू, देउडा, धमारी, ठाडी, माघी, तेलेको लेक, वर्छयान, रिपुमल्लका पालाका माटाका भाँडाहरू, अर्जुन शाहीको शिला आदिलाई विम्वका रुपमा प्रयोग गरेका छन् । तर उनी परम्पराका अन्ध समर्थक होइनन् बरु विकृतिहरूको खुलेर विरोध गर्छन् । सुदुर पश्चिममा ब्याप्त अन्धविश्वासका कुरितीलाई हटाउनु पर्ने आवाज वुलन्द गर्छन् । झारफुक, धामी झाँक्री प्रथा, देउकी प्रथा, कमलरी प्रथाका विरुद्ध जोरले चिच्याउँछन् ।

उनका कविताको सबैभन्दा गर्विलो पक्ष त उनी “सत्ता–प्रायोजित इतिहास” का विपक्षमा छन् । उनी सिमान्तकृतको वैकल्पित इतिहास लेख्न चाहान्छन्, नलेखिएको इतिहास लेख्न चाहन्छन् । शक्तिको आडमा लेखिएको इतिहासलाई प्रश्न गर्न चाहन्छन् । यस अर्थमा दार्शनिक मिसेल फुकोले भनेजस्तो उनी नवऐतिहासिक आन्दोलनका हिमायती बन्न पुगेका छन् ।  सुदुरपश्चिमका आम जनताको इतिहास एक अलिखित इतिहास हो । हलीको इतिहास अलिखित इतिहास हो, कमलरी र देउकीको इतिहास अफिसियल इतिहासमा अट्न सकेको छैन । कवि विवश हलीलाई प्रमुख पात्र बनाएर लेख्छनः
हेर्न पनि हुन्न उसले साहुको घरको गोरस
रिसाउँछन् साहुका देवता ः बिग्रिन्छ भैंसी
किनकि
ऊ पानी नचल्ने जातको मान्छे
ऊ हली ।

“हली” नै शीर्षकको अर्को कवितामा अन्यत्र उनको पात्र हली भन्छः

हलो जोतेर सीता उब्जाउने
        सीताको मन्दिरमा कहिल्यै जान नपाउने
        म उही अभागी हली हँु मालिक ।
“सृृष्टिको पूर्ण आकार” भएर पनि सिमान्तकृत बनाइएका आमाहरू, “विद«ोहको आवाज” लिएर “समाजको ऐजेरुलाई” जरै देखि उखेल्न खोज्ने “भविष्यका आमाहरू,” कविका पीडाहरू, परिश्रमी बाबाका पौरखी हातका कथाहरू पनि अटाएका छन् उनका कवितामा । सुदुरपश्चिमका साँस्कृतिक, भाषिक, धार्मिक सम्पदाप्रति गर्व गर्छन् । मानवताका गीतहरू गाँउछन् उनका कविताका पात्रहरू चाहे जतिसुकै दुःखमा परेका किन नहुन् । दुःखको उपल्लो अवस्थामा पनि आत्मा वेच्दैनन्, विचलित हुँदैनन् । बरु देउडा धमारी र ठाडी गाउँदै पिडालाई शक्तिमा वदल्न उद्दत रहन्छन् ।

        सधैँ चर्चामा रहने शहरलाई उनले “क्रोधपुर्ण ध्वनी निकाल्ने” अहंकारको नरसिंहा बजाउने एक विकृत आकृतिको रुपमा चित्रण गरेका छन । प्रेमदिवस लाई धनी र सभ्य कहलिएका सहरियाको दिवसको रुपमा चित्रण गर्दै स्थानिय रितिरिवाज हाम्रा गहना भएको तर्फ आवाज उठाएका छन् । विशेष धार्मीक, साँष्कृतिक तथा ऐतिहासिक शब्दावलीको अर्थ सहित लेखिएका कविताहरू नेपाली माटो र विशेषतः सुदुरपश्चिमका परिचायक कविता हुन् । उनका धेरैजसो कविता सिमान्तकृत वनाइएकाहरूका कथा हुन् । कुनै कवितामा कविको आवाज सानो सुनिए पनि, सामान्यतः उनका कविता आवाजविहिनहरूका पक्षमा उठाइएका आवाज हुन्ः हलीका, परिश्रमी बाबाका, देउकीका, कमलरीका, आमाका, बझाङ्गका, कर्णालीका अनि सैपालको आँगनका । सीमामा उभिएको मानिसले केन्द्रलाई दिने एउटा विनित र अहंकाररहित चेतावनी उनको कविताको मूल स्वर हो, जसको उत्कृष्ट उदाहरणका रुपमा यी हरफहरूलाई लिन सकिन्छः

मलाई थाह छ
माथि, महलबाट
तल, माटोमा उभिएको म हलीलाई
त्यति सजिलै देख्नुहुन्न
आखिर जेसुकै भए पनि
हजुरको गगनचुम्बी महल पनि त
माटोमै उभिएको छ ।

भावना प्रधान विवशका कविताहरु दर्जनौं ‘उपमा’ले भरिपूर्ण छन । समाजको पूर्ण चित्रण सम्भ्रान्तको दृष्टिकोण समेतबाटमात्र पूरा हुन्छ भन्ने सत्यतालाई आत्मसात गर्न सकेका भए सुनमा सुगन्ध हुने थियो कि ? यपद्यी केन्द्रका बिरुद्वका सूदुरबाट गरिएको बिनित बिद्रोहको संग्रह अवस्य नै एक संग्रहणीय पुस्तक हो ।

कृति : सैपालको आँगन
विधाः  कविता
कृतिकार :  हेमन्त विवश
प्रकाशकः  स्कलर्स पब्लिकेशन एण्ड प्रिन्टिङ् प्रा.लि.
पृष्ठः ९३

ईराक युद्धको त्रासदी (Review)




दोस्रो विश्वयुद्धको समाप्तिपछि उपन्यास लेखनको क्रम उल्लेख्य रुपमा वृद्धि भयो । ति उपन्यासहरुले विगतमा नउठाएका विविध विषयवस्तुहरु तथा विचारहरुलाई साहित्यमा भिœयाए । लेखकद्वय रोनाल्ड कार्टर र जोन म्याक्टेका अनुसार मुख्यगरि युवा तथा तल्लो वर्गका, नवशिक्षित मध्यम वर्ग, महिला तथा जातिय अल्पसंख्यक, समलिंगी लगायतका समुहहरुका आवाजहरु त्यस समयका उपन्यासले स्थापित गरायो ।

बिसांै शताब्दीको सुरुवाती देखिनै विश्वले दर्जनौ युद्धहरुको सामना गर्नुपर्यो । बोअर वार, पहिलो विश्वयुद्ध , दोस्रो विश्वयुद्ध, भियतनाम युद्ध, खाडी युद्ध, जस्ता युद्धहरुले विश्वलाई तहसनहस वनायो र ति युद्धहरुले निम्त्याएकोे विभिषिका तत समयका साहित्यका प्रमुख विषयवस्तु वने । अझ महत्वपूर्ण त दोस्रो विश्वयुद्ध पछि वेलायतको सामरिक शक्ति ओझेलमा पर्दै गयो र यसको स्थान अमेरिकाले लियो । तत्पश्चात अमेरिकाले बिभिन्न बहानामा इराक, अफगानिस्तान, सिरिया जस्ता राष्ट्रहरुमाथि धावा बोल्यो र परिणामस्वरुप हजारांैको ज्यान गयो र अरवौंको सम्पत्ति नोक्सान भयो ।

यसै सन्दर्भमा वंगलादेशी लेखक साद जी होसेनले अमेरिकाले इराकमाथी गरेको आक्रमणको घटनालाई आधार वनाएर सन् २०१५ को अन्त्यमा “ईस्केप फ्रम बग्दाद !” अर्थात “बग्दाद बाट भाग्दा” शीर्षकमा एक उपन्यास लेखेका छन् । उपन्यासको शीर्षकले नै उपन्यासको सारांश बोक्छ अर्थात कोहि पात्र युद्धको त्रासदीले विचलित भई कतै भागेको कथा हो यो ।

प्रायस : प्रागकल्पना, विज्ञान कथा तथा ब्ल्याक कमेडी लेख्ने कथाकार होसेनले यस उपन्यासमा  पनि ऐतिहासिक कालखण्डमा घटेको इराक युद्धलाई हाँस्यको शैलीमा प्रस्तुत गरेका छन् । साथसाथै यथार्थ घटनामा आधारित भए तापनि कल्पनाको कलेवरले वरिपरिबाट छोपेर एक सुन्दर सिर्जना  जन्माउने प्रयास गरेका छन् । यद्यपि लेखक युद्धको पक्षमा भने पटक्कै छैनन् बरु उनले युद्धलाई एक निकृष्ट र अमानविय तथा साँच्चै नै कुरुप घटनाको रुपमा चित्रित गरेका छन् । युद्धग्रस्त इराकमा वाँच्दाका विसंगतिहरुलाई हाँसोको शैलीमा व्यक्त गर्दै गर्दा उनी युद्धका परिणामहरुप्रति उत्तिकै तिखा वाणहरु फ्याँकिरहेका छन । विश्वभर मानिसहरु अन्याय, थिचोमिचोका साथसाथै हिंसाका घटनाहरुको सिकार हुन परेको प्रति लेखक अति नै चिन्तित छन् ।

चित्ताकर्षक बुक कभर भित्र ३६ वटा कथामा उनिएको उपन्यासको अन्त्यमा ‘एपिलग’ (उपसंहार) र नोट्सहरु पनि समाविष्ट छन् । कथामा प्रयोग भएका वा सन्दर्भका रुपमा चर्चा गरिएका तर सम्पूर्ण पाठकहरुका लागि बोधगम्य नहुन सक्ने शव्दावली तथा सन्दर्भहरुलाई नोट्समा दिएको जानकारीले सुबोध्य वनाएको छ ।
यस उपन्यासको कथानक नौलो छैन । बिसौं शताव्दीका एक महान प्रयोगात्मक आख्यानकार कुर्त भोनेगटको उपन्यास स्लटरहाउस फाईभसँग यो उपन्यास धेरै हदसम्म मिल्दोजुल्दो छ । सन् १९४४ डिसेम्वर १९ मा भोनेगट वास्तविक जिवनमानै जर्मन फौजदारा बन्दी वनाईएका थिए र जर्मनीको एक शहर ‘ड्रेसडेन’ पठाईएका थिए र सन् १९४५ को फेव्््रूअरी १३—१४मा अमेरिकी फौजले गरेको बमवारीमा ज्यान जोगाउन सफल भएका थिए । भोनेगटको माथि उल्लेखित उपन्यासको पात्र बिल्लि पिलग्रिम पनि अमेरिकी फौजको बमवारीबाट सोही शहर ड्रेसडेनमा ज्यान जोगाउन सफल भएको देखाईएको छ  ।

ठीक त्यसैगरि, यो उपन्यास ईस्केप फ्रम वग्दाद ! का दूई प्रमूख पात्रहरु दागर र किन्जाले ईराक युद्धको समयमा बग्दाद शहरमा दुःखले ज्यान जोगाउन सफल हुन्छन् । युद्धले सवै कुरा गुमाईसकेका उनीहरुको गुमाउन बाँकी अरु केही थिएन । जव अमेरिकी सेनाले ईराक र मूख्यगरि राजधानी शहर बग्दादमाथि आक्रमण गर्छन तव यी दुई पात्रहरुले ज्यान जोगाउनका लागि हरतरहले प्रयास गर्छन् जुन प्रयास भोनेगटको पात्र बिल्लिको संघर्षसँग ठ्याक्कै मिल्छ । भोनेगटले प्रयोग गरेको ह्यूमरको शैली पनि उपन्यासकारले दुरुस्तै उतारेका छन् । फरक यतिमात्र हो कि भोनेगटको कथाको सन्दर्भ दास्रो विश्वयुद्धको अन्त्यतिरको हो भने होसेनको कथाको सन्दर्भ  एक्काईसौ शताव्दीको शुरुका वर्षको इराक युद्धको । उस्तै प्रकृतिको आततायी घटनाक्रमलाई भोनेगटले प्रयोगात्मक शैलीमा व्यक्त गरेका छन् भने होसेनले परम्परागत शैलीमा ।

यो उपन्यासले नयाँ मोड लिन्छ जब दागर, किन्जा र उनीहरुले वन्दी वनाएको सद्धाम हुसेनको एक समर्थक समेतलाई “लायन अफ अक्कड” नाम दिईएको एक हत्यारालाई पत्ता लगाउने जिम्मेवारी दिईन्छ । उनीहरु यस लक्ष्यमा सफल हुन नसकेपनि एक अनौठो प्रकृतिको घडी भेटाउछन् जसको पछि केही शक्तिशाली व्यक्तिहरु पनि लागेका हुन्छन । यी पात्रहरुलाई मोसुल नामक स्थानमा पुग्ने लगायतका विभिन्न चरणमा एक भ्रष्ट अमेरिकी शैन्य प्राईभेट हफम्यानले सहयोग गरिरहेको हुन्छ ।

मध्य बिसांै शताब्दीमा समालोचकहरुले भन्ने गरेको “उपन्यासको मृत्यू” यस उपन्यासको सन्दर्भमा उति लागू हुदैन । समालोचकहरुले सो समयमा वास्तममा उपन्यासको मृत्यू घोषणा नगरि परम्परागत ढर्रामा लेखिने उपन्यासका दिन गएको घोषणा गरेका थिए । अर्थात शुरुवात, मध्य र अन्त्य खोज्ने एरिस्टोटलियन धारका कथाको समय सकिएको घोषणा गरेका थिए ।

वास्तममा नै दोस्रो विश्वयुद्ध पश्चात साहित्य लेखनमा विभिन्न प्रयोगहरु भए । कुर्त भोनेगट, मार्टिन अमिस, जोन अपडाईक, टाकेहिको इनोही , स्टेफन किङ्गहरुले उपन्यासका विभिन्न पक्षहरुमा प्रयोगहरु गरेका छन् । माथि उल्लेखित भोनेगटको उपन्यासमा पनि मूख्यगरि “समय”लाई प्रयोग गरिएको भएतापनि एक्काईसौ शताब्दीको शुरुमा लेखिएको होसेनको यो उपन्यासमा भने कथा पुरानै शैलीका लेखिएको छ । यद्यपी यस उपन्यासले प्रागकल्पना, इतिहास, विसंगति, र हाँसोलाई एकै ठाउँमा ल्याएर विधागत दिवारलाई भने भत्काएको छ । उनले युद्धको दृश्यात्मक नारकिय चित्रण पस्केको छन् तर पाठकहरु यी घटनाहरु पढ्दा नहाँसीकन रहन सक्दैनन् । होसेनले युद्धको विभिषिकाको साथसाथै मदर डाभाला र गेवरका सन्दर्भहरु प्रयोग गरेर इस्लामका सुनौला युगसँग सम्वन्धित  बिभिन्न पक्षहरुलाइ पनि उजागर गर्न भ्याएका छन् ।
पछिल्ला दुई दशकका इराकसँग सम्वन्धित विभिन्न घटनाक्रमका बारेमा ज्ञान दिने यो पुस्तक भाषागत रुपमा भने  सवै पाठकका लागि पँहुचयोग्य छैन । तथापि युद्धको नियतिको विरुद्धमा लेखिएको यो एक दृश्यात्मक उपन्यास हो ।

पुस्तक : स्केप फ्रम बग्दाद !
लेखक : साद जी होसेन
विधा : उपन्यास
प्रकाशक : एलेफ
मूल्य : भा.रु. ३९९


अल्बानियालीको आख्यान (Review)




समय दोस्रो बिश्वयुद्धको । इटालीका तत्कालिक शासक बेनिटो मुसोलिनिको आदेशमा सन् १९३९ अप्रिल ७ मा जनरल अलफ्रेडो गुजोनीको नेतृवको फौजले अल्बानियाका तत्कालिन राजा जोग (जोगु) माथि विजय प्राप्त ग¥यो । उनको यो आक्रमण रणनैतिक थियो । उनी अल्बानियाबाट ग्रीस हुँदै अन्य छिमेकी मुलुक माथी आधिपत्य कायम गर्न चाहान्थे । तर उनी यस लक्ष्यमा भने सफल हुन सकेनन् । बरु एडोल्फ हिटलरका नाजी सैन्यले युगोस्लाभिया, ग्रीस जस्ता छिमेकी मुलुकहरुका साथसाथै अन्ततः इटाली नियन्त्रित अल्बानिया पनि आफ्नो अधिनमा लियो ।

यहि समय अर्थात् सन् १९४३ मा अल्बानियामाथि जर्मनी ले आधिपत्य कायम गर्ने क्रमका र त्यस पछिका घटनाचक्रलाई उपन्यासको प्रमुख विषयवस्तु बनाएका छन्, ईस्माइल कादरीले उनको उपन्यास द फल अफ द स्टोन सिटी अर्थात् ‘ढुङ्गे शहरको अवसान’मा ।

अल्बानिया इतिहासका विभिन्न कालखण्डमा तानाशाहबाट शासित मुलुक हो । अटोम्यान शासनका समयमा क्रिष्टियन धर्म मान्ने अल्बानियालीहरु इटाली, ग्रीस, इजिप्ट लगायतका मुलुकमा शरण लिन गएका थिए । नभागेका वा अल्बानियामा नै रहेकाहरु भने धर्म परिवर्तन गरेर मुस्लिम बने । भनिन्छ, अठारौं शताब्दी सम्ममा दुई तिहाई अल्बानियालीहरुले धर्म परिवर्तन गरेका थिए । ठूलो संख्यामा मुस्लिम जनसंख्या बनाउन सफल भएकै कारण सन् १९१३ सम्म अटोम्यान शासन टिकेको थियो ।

प्रथम विश्वयुद्धताका अल्बानियामा कुनै निश्चित सरकार नभएकोमा जोग ले शासन सुरु गरे । यो देश दोस्रो विश्वयुद्धताका सन् १९३९ देखि १९४३ सम्म इटाली र त्यसपछि जर्मन नाजीहरुको नियन्त्रणमा रह्यो । दोस्रो विश्वयुद्धपछि स्टालीन समर्थक कम्युनिष्ट नेता इन्भर होक्साले अल्बानियामा कम्युनिष्ट शासनको सुत्रपात गरे ।

यिनै ऐेतिहासिक घटनाहरु कादरीका उपन्यासका प्रमुख विषयवस्तु हुन् । विशेष गरी उपन्यासले हिटलरका नाजी सैन्य अल्बानियामा आएपश्चात् देखि कम्युनिष्ट शासनसम्मको घटनाक्रमलाइ समेट्छ । जर्मनी सैन्य स्वघोषित “स्वतन्त्रताका पुजारी”को भेषमा अल्बानिया छिरेपश्चातको पहिलो स्टेशन हो −जिरोकाष्टर अर्थात् प्राचिन ‘स्टोन सिटी’ । यहि शहर र यसको वरिपरी बिकसित घटना र मुख्यतः यस शहरले देख्नु भोग्नु परेका सन्दर्भहरुको सेरोफेरोमा कथा घुमेको छ । सोहि सहरमा एउटै नामधारी दुईजना डाक्टरहरु बस्थे, जसलाई छुट्याउन ‘बिग डाक्टर गुरामेटो’ र ‘लिटिल डाक्टर गुरामेटो’ भन्ने गरिन्थ्यो जसमध्ये भूमिकाको आधारमा पहिलो डाक्टर प्रमुख पात्र हुन ।

हुनत नाजी फौजको अघि अल्बानियालीले आत्मसमर्पण गर्नु सिवाय अर्को विकल्प थिएन यद्यपी केहिले प्रतिकार स्वरुप जर्मनका मोटरसाइकलमाथि आक्रमण गरेपछिको परिणाम स्वरुप सयौं अल्बानियालीलाई नाजी सैन्यले बन्दी बनाइसकेका थिए । तर कथाले एक फरक मोड लिन्छ जब बिग डाक्टर गुरामेटोले नाजी फौजका कमान्डर फ्रिज भोन स्वाबेलाई एक विशिष्ट आतिथ्यताका साथ आफ्नै घरमा रात्रीभोज आयोजना गरेर स्वागत गर्छन्, सन् १९४३ सेप्टेम्बर १६ तारिखका दिन । युद्घले थकित र बुढा देखिने सैन्य कमाण्डर र डा. गुरामेटो बिश्वविद्यालय पढ्दाका दोस्तीहरु थिए । तर यहि विषयलाई लिएर अल्बानियाली जनताहरु दुई खेमामा बाडिन्छन्— डाक्टर देशद्रोही या राष्ट्रसेवक ?

कमान्डरसँगको चिनजानी र डाक्टरको प्रयासको परिणामस्वरुप नाजी फौजले बन्दी बनाइएकाहरु  छुट्छन् जसमा सामान्य अल्बानियालीका साथै एक प्रसिद्ध औषधि व्यापारी यहुदी पनि थिए । डाक्टरका प्रसंशकले उनलाई एक कुशल कुटनीतिज्ञ भनेर उनको सफलताका प्रशंसा गरे भने विपक्षीहरुले जर्मनीमा पढेको स्त्रीरोग विशेषज्ञ डाक्टरले शत्रुलाई आतिथ्यता ग¥यो भनेर उनको खोइरो खने ।

डाक्टरलाई त्यतिबेला समस्या पर्छ जब दोस्रो विश्वयुद्धको समाप्ति पछि अल्बानियामा कम्युनिष्टहरुको शासन शुरु हुन्छ । उनीहरुले डाक्टरलाई नाजीहरुसँग सहकार्य गरेकोमा आलोचना मात्र गरेनन् उनी र उनीसँग नाम मिलेकै कारण दुबै डाक्टर यातनाको भागिदार बन्छन् । मुख्यतः यहुदीलाई छुटाएको विषयलाई लिएर डाक्टरलाई बढी नै केरकार गर्छन । जर्मनका शत्रु मानिने यहुदीलाई समेत छुटाएको यो घटनालाई एक संकास्पद देशद्रोही घटनाको रुपमा हेरिन्छ । यस घटनाका अनुसन्धानकर्ताले दबाब दिँदै सोध्छन, “तपाइँले भनेका सब कुरा साँचो हुन । तर यी सब कुराहरु हामीलाइ थाहा छन । हामीलाइ बाँकी कुरा भन्नुस, जुन हामीलाइ थाहा छैन । त्यो रहस्य ।” कथाको पछिल्लो भागमा त्यहाँ आएका सैन्य कमान्डर भोन स्वाबे साँच्ची नै डाक्टर गुरामेटोका पुराना मित्र थिए वा अरु कोहि ? भन्ने रहस्यले विशेष स्थान पाउँछ ।

भनिन्छ इतिहास आफैमा पनि सत प्रतिशत सत्य हुँदैन । इतिहासमा पनि केही न केही बढाइ—चढाइ हुन्छ भने इतिहास लेखन प्रायशः शक्तिबाट सञ्चालिन हुन्छ र सोही अनुसार लेखिन्छ र लेखाइन्छ । अर्कातर्फ साहित्य जहिले पनि कपोकल्पित मात्र हुँदैन बरु सामाजिक, राजनीतिक, साँस्कृतिक, घटना तथा परिघटनाबाट प्रभावित हुन्छ । यो उपन्यासमा बर्णित घटना पनि तत्कालिन समयका उपज हुन । जर्मनी, इटाली, अल्बानिया, रुस जस्ता यूरोपेली देशहरुको मध्य बिसौं शताब्दीको तत्कालिन संबन्धलाइ यो उपन्यासले प्रतिनिधित्व गर्छ । जर्मनी—ईटाली समूहको हार पछि बिजेता बनेका रुस लगायतका मुलुकले हारेका मुलुकहरु माथी गरेको ब्यबहारको चित्रणको एक प्रतिनिधि पात्र डाक्टर गुरामेटो आफैं हुन ।

यस उपन्यासमा पनि सत प्रतिशत सत्यताको दाबी गर्न नसकिए पनि तानाशाह र कम्युनिजमको चेपुवामा परेको डाक्टर गुरामेटो तत्कालिन यूरोपेली राजनैतिक अवस्थाको प्रतिनिधी पात्र भने अवश्य नै हुन । पुरातन शैलीमा समयको क्रमबद्घताका साथ (१९४३, १९४४, १९५३) लेखिएको यो उपन्यास ब्यङ्गबाण, उत्सुकता र यर्थाथता मिश्रित अल्बानियाको मध्य बिसौं शताब्दीको ‘फिक्सनलाइज्ड हिस्ट्री’ आख्यानात्मक इतिहास हो ।

लेखक : ईस्माइल कादरी
पुस्तक :  द फल अफ द स्टोन सिटी
अंग्रेजीमा अनुबाद  : जोन हड्सन
प्रकाशक : क्यानोनगेट
पृष्ठ संख्या : १६८


Sunday, January 17, 2016

Article "Only Money" on Kathmandu Post (2072-10-03)


https://t.co/Di3EN2rYP3

Only Money
Raj Kumar Baral
I could never understand the meaning of God nor could I be assured on His existence. When I was a student or as a teacher I have heard a lot about Him, sometimes as the Creator of the entire universe who with the decrees like, "let there be light, hill, oceans . . .", (in Christianity) could create anything of His desire and as the Nurturer and Destroyer at other times in different guises like Vishnu and Mahesh in Hindu mythology. Again, declaration of His 'death', (though metaphorically, which I learnt later) had baffled me seriously in those early days as a novice theory learner.

My understanding about gods, if they really do exist is— they transcend the worldly things, have transcendental values and they can’t be evaluated in terms of any material things. But I find my understanding gone ashtray when I go or happen to reach the vicinity of temples and religious shrines like Pashupatinath or Daksinkali, where I am found rounded and surrounded by some shopkeepers who want to sell their pooja samagri (materials for worshipping) by hook or crook. In observation, almost every time I see the same amount of materials; flowers, coconut, leaves of flower etc. in their plates but there is a fierce competition among themselves in selling even by lessening the price. The shop-surrounding looks like a place for perfect competition.  To attract the people/pilgrims (?) like me towards their shop (not others), they heartily ask to wash hands with the water offered by them. Such incidents instigate multiple questions: what is the actual price of those materials for worshipping? Do they, in fact, have any price? Why is there competition in lessening the price while selling their worshiping materials? More seriously, do Gods themselves have prices? Do expensive worshipping materials make Gods happier than the cheaper one? I don’t have answers of these questions till date.

This is not the only incident that baffles me. The advertising agencies too are found busy in reifying religion and deities being motivated by economic boon and social recognition. Not only an object but the idea of spirituality itself becomes a commodity when it is valued vis-a-vis exchange value or sign-exchange value. Similarly, 'images' of deities have been tattooed on arms and sold on t-shirts, shoes and billboards.

In 2012, one of the California-based multinational companies, for example, used icon of Lord Buddha on the shoes, the perishable object, perhaps to accomplish the vested interest. The incident outraged the Tibetan and the Buddhist community since the company used the images for promoting a range of shoes with the Lord Buddha's images. Tibetans and Bhutanese Buddhists have written to the company, Icon Shoes, to express their disgust. They have flooded the company's Facebook page with protest notes.

The International Buddhist Community had to issue a note addressing to the concerned business houses, designers and production companies immediately stop using any type of Buddhist images on any of their goods. The community requested the concerned companies to pull-out all existing catalogs from their retailers or online shops and stop selling such goods which is against the sentiments of all Buddhist around the world. Additionally, they also informed that they wanted any companies to repeat such a disrespectful act.

Similarly, the image of Jesus Christ has been used to influence the individuals to wine culture. The myth of Christianity— Jesus mixed water and fire to make the wine, has been misused to promote the culture of alcoholism. The board (in the picture) shows Jesus holding a can of Budweiser between the phrases, "King Of Jews" and "King Of Beers which is ultimately backing the same vested interest. 

Such incident, that had taken place in the early year of 21 st century in Baltimore, Maryland, created havoc and that was eventually defaced with white paint after complaints from a local radio station, but similar incident recurred after few years as a propagandists' business formula.
In shops around Kathmandu, one can see jumble of the religious things like the book of Veda, Ramayana, Mahabharata, Swasthani, the statue of the gods and goddesses and the everyday necessities together. During Tihar festival at Lagankhel area, even I had seen the posters of deities in frame just under the pieces of recently killed buffalo or pig—both for the same purpose, i.e, selling.
In all these instances mentioned above, what seems dominating is the influence of growing capitalism that has corrupted human society. What satisfies the modern people is the materialistic gain in the quickest even at the cost of selling the gods and spiritualism. Using icons of deities, tattooing them and printing them or competing for selling the worshiping materials or selling their images as other goods of everyday needs; or visiting their shrines contrary to their philosophy with some declaration for donation have eventually promoting the same selfish agenda of backing capitalism through consumerism. Therefore, now I conclude, every other thing has become pale and fragile under the influence of capitalistic ideology.

Baral teaches at the Central Department of English, TU, Kirtipur




Monday, December 28, 2015

Experimental experimentation (Review)




 Raj Kumar Baral, Dec 26, 2015- 
Although some friends recommended me not to wallow on Kumar Nagarkoti’s Mistika, with its loose and baggy plotline, twisty narrative and a bizarre story structure, I decided to pick it up nevertheless. Encouraged, perhaps, by my experience of excavating highly experimental western texts like Ulysses by James Joyce and V by Thomas Pynchon, though in several attempts, I was ready to commit to deciphering Nagarkoti’s latest offering. 

Writing this review, I am mindful that many may charge me of being regressive and not accepting new trends in literature, rather still advocating a straightforward movement of the story—alienating modern trends in fiction writing. More importantly, writing this review, I am preparing  to committing suicide! The writer Nagarkoti, himself, in the very novel quotes reviewers who profess, “rather than reviewing Nagarkoti’s texts, it is better to commit suicide.” But I am prepared to face the charges, and commit self-murder in the name of literature. 

Writer of any genre should either embrace changes to stay relevant or be ready to lag behind.  Nagarkoti is well aware of this fact and therefore he experiments with new trends of literature by rambling on this and that, pilling digression upon digression, instead of delivering a discernible story.  True to that nature of experimental fiction, Mistika, Nagarkoti’s first novel, as in his previous texts like Fossil, Akchyargunj, and Coma: A Political Sex, too goes beyond the boundaries of traditional realistic fiction, and veers away from reality. It, instead, experiments with black magic, mysticism, surrealism, which directly challenges the hitherto existing trend/criterion of writing fiction.   But the primary problem of Nagarkoti’s novel is his over-stretched and unrelated narratives, which the reader struggles to link up. The story without a decipherable link—be it in the form of symbols or images, if not thematic—frustrates the readers, who, at least, spend hours in the intellectual, as well as imaginative labyrinth of the story(ies). This undoubtedly has forced many a reader (my friends included) to put down the book, leaving it unfinished.

 His only strength lies in the creation of some abstract characters, who partake in intellectual and philosophical discussions and thereby breathe life into the text. The use of pun and play of the words, however, has added some literary taste to the text. Had there been no such characters invited in the Dream Valley, and paradoxes and puns not used, the novel would have been a fiasco. 

Among the four spectrums of fiction—history, realism, romance and fantasy, as critic Robert Scholes’ forwards—this novel represents one extreme, that is, bringing the readers to a world of fantasy. A fog named Kundalini, regular conversations between a telephone and a typewriter, writer’s desire to make a film entitled Taste of Vagina, black cats appearing here and there, the hypothetical Dream Valley, all are the creations of the author’s fantasy. His treatment of the theme of sex; masturbation in the bushes, sex with kichkanya—a ghostly image, whispering scenes, the black cats, the journey towards Euphoria, are highly imaginative. To quote the critic Scholes again, “. . . only a recording angel, taking note of all the deeds of men without distorting or omitting anything, could be called a “pure” historian. And only a kind of deity, creating a world out of his own imagination, could be called a “pure” fantasist. Both ends of the spectrum are invisible to the mortal eyes.” Ambitious Nagarkoti, in the book, has tried to visualise, fantasise and play God by creating everything out of his imagination. That, perhaps, is the book’s saving grace.

 Linguistically, Nagarkoti has decimated the standard of Nepali language used in literature. General code mixing and figurative representation are ‘expected’ in experimental fiction but in the name of ‘poetic license,’ he has overdone it by mixing almost half a dozen languages together—Nepali, English, Hindi, Sanskrit, and Nepangreji.  He has not only used a few words or phrases from other languages, rather he has written paragraphs after paragraphs. Language lovers have been disappointed at the seemingly wanton use of different languages—some even going as far as to rejecting to call the book a Nepali novel.  Though this book that can be read in any order, with chapters that can be left out or left in, depending on the mood of the reader, though it redraws generic as well as some conceptual boundaries, though it has poetic prose (though intruded by other languages), it  does not attract the reader. And keeping these things in mind, my position is unlike that of poet and critic Pablo Neruda, who famously wrote vis-à-vis William Cortazar’s texts—“People who do not read Cortazar are doomed. Not to read him is a serious invisible disease.” Even after serious and several efforts by readers, the desire to understand the mystery of Mistika remains unfulfilled, leaving many readers frustrated. 

This complicated experiment, however, should not dishearten the author. After all, not every experiment is necessarily successful, and it is only through trials and errors that masterpieces are created. 
Baral teaches at the Central Department of English, Tribhuvan University, Kirtipur

http://kathmandupost.ekantipur.com/news/2015-12-26/experimental-experimentation.html

http://bit.ly/1kkbdt5

Friday, November 20, 2015

इतिहाँस सँगै आत्मश्लागा (समीक्षा)



साभार नागरिक दैनिक,२०७२ मंसिर ५

लेखकद्वय सिडोनी स्मिथ र जुलिया वाट्सनले उनीहरुको पुस्तक “रिडिङ अटोबायोग्राफी: अ गाईड फर ईन्टरप्रेटिङ लाईफ न्यारेटिभ्स” को एपेन्डिक्समा सुचिबद्ध गरेका जीवनी लेखनका प्रमुख बाउन्न (५२) विधाहरु मध्ये ‘आत्मलेखन’ अर्थात ‘आत्मकथा’ एक हो । यो विधाको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने यो शब्द अर्थात ‘अटोबायोग्राफी’ ग्रीक भाषाका शव्दहरु ‘अटस’ (आत्म), ‘बाओस’ (जीवन) र ‘ग्राफे’ (लेखन) बाट बनेको हो जसको अर्थ ‘आत्मजीवनी लेखन’ हुन्छ । ब्रीटिस कवि तथा समालोचक स्टेफेन स्पेन्डरले यस विधालाई “आफैंद्वारा आफ्नै बारेमा लेखिएको कथा” हो भनेर परिभाषित गरेका छन् भने फे्रन्च बिचारक फिलिपे लेजुनेले आत्मकथाको क्षेत्रलाई व्यापक वनाउदै परिभाषित गर्दै लेखेका छन्—“आत्मलेखन आफ्नो अस्तित्व वा पहिचान निर्माणको लागि विगतको वारेमा गद्यमा लेखिएको कथन हो ।” 
साहित्यमा आत्मलेखन शव्दको शुरुवात कहिलेदेखि भयो भन्ने विषयमा विद्वानहरुका विचमा मतैक्यता भने छैन । अठारौ शताव्दीका अंग्रेज कवि एवं विद्वान एन ईयसर््लेले आफ्नो कविता संग्रहको ‘भूमिका’मा यो शव्दको प्रयोग गरेको भए तापनि केही समालोचकहरु भने रोवर्ट साउदीलाई यस शब्दको प्रथम प्रयोगकर्ताको श्रेय दिन्छन् । अर्का खोजकर्ता रोवर्ट फोल्केनफ्लिकले अटोवायोग्राफीको विस्तृत अध्ययनमा यो शव्दको शुरुवात अठारौ शताब्दीको अन्त्यमा भएको हो भनेर उल्लेख गरेका छन् । 
पछिल्ला केही वर्षहरुमा नेपालमा पनि आत्मलेखनको चलन ह्वात्तै वढेको छ । आफैंले लेखेर वा लेखाएर होस् बिनोद चौधरी, हरिवंश आचार्य, लोकराज बराल, रुक्मांगत कटुवाल हुदै महेस वस्नेत सम्मका आत्मकथाहरु वजारमा पाईन्छन् । यही सिलसिलाको निरन्तरता स्वरुप रमेशनाथ पाण्डेको “कूटनीति र राजनीति” शिर्षकको आत्मकथा हालसालै वजारमा आएको छ । 
पाण्डेको आत्मलेखनले अटोवायोग्राफी समालोचनाका पहिलो पुस्ताका विचारक जर्ज मिस्चको परिभाषालाई मात्र पुष्टि गर्छ । मिस्चले परिभाषामा भनेका छन्— “आत्मलेखन तिनीहरुले लेख्छन जसले सार्वजनिक जीवन विताएका छन्, जसले देशका महत्वपूर्ण ऐतिहासिक घटनाहरुमा भूमिका खेलेका छन्, जसले सामाजिक जीवनमा ख्याती वा कुख्याती कमाएका छन् र समाजको प्रतिनिधित्व गर्दछन् ।” 
पाण्डेले आफूलाई नेपाली समाजका राजनैतिक, सामाजिक क्षेत्रमा प्रभाव पार्न सफल व्यक्तिका रुपमा चित्रित गरेका छन् । युवाअवस्था देखिनै सक्रिय रहेर आफू नेपाली राजनीति र कुटनीतिको एक अभिन्न अंग रहेको प्रमाणित गर्ने प्रयास नै यो पुस्तकको प्रमूख विषयवस्तु हो । हुनत आत्मलेखन आत्मरति अर्थात आत्मश्लागा अभिव्यक्ति गर्ने विधा नै हो यद्यपी घटनाहरुको समिक्षात्मक विश्लेषण पाठकहरुको चाहाना हुन सक्छ । 
लेखकले आफ्ना दलिलहरुको प्रमाणस्वरुप देशी विदेशी पत्रिकामा प्रकाशित लेख तथा समाचार, पारिवारिक तथा अफिसियल फोटाहरु, पोष्टकार्ड, बीपी. कोईराला, क्रिस्टिना रोक्काले उनलाई पठाएका पत्रहरु, कार्टुन चित्र, सम्पादकलाई चिठ्ठी आदिलाई समेत समावेश गरेका छन् । किताबको अन्त्यको अन्र्तबार्ता लगायतका यी प्रमाणहरुको सहायताबाट उनी आफ्ना तर्कहरुलाई थप विश्वासिला वनाउन चाहान्छन् तथापी घटनाहरुको पत्रकारीय जानकारीले पुस्तकलाई साँघु¥याएको छ । 
पुस्तकमा उनले पत्रकार, राजनीतिज्ञ र कुटनीतिज्ञ हुदाँका अनुभवहरुलाई सारगर्वित रुपमा प्रस्तुत गरेका छन् । पत्रकारको रुपमा “नयाँ सन्देश” साप्ताहिक निकाल्न शुरु गरेदेखि बीच बीचमा भोग्नुपरेका प्रतिवन्ध र यसको निरन्तरताका सकस, उनको अन्य पत्रिकाहरुमा संलग्नता तथा पत्रकारको नाताले देश बिदेश सयर गर्दाका सुखानुभूति र विभिन्न रमाईला क्षणहरु पुस्तकमा वर्णन गरेका छन् ।  
राजनीतिज्ञका रुपमा लगभग सत्र वर्षको उमेरदेखिनै नेपाली राजनीतिमा सक्रिय हुदै आएका प्रमाणहरु प्रस्तुत गरेको छ, पाण्डेको अटोवायोग्रफीकल ‘आई’ले । यद्यपी भनिएको अर्थात ‘न्यारेटेड आई’ले व्यक्त गरेका कुराको निर्णायक चाँिह पाठकवर्ग नै हुन् । यति सानै उमेरदेखि नै राजनीतिको प्रभाव परेका पाण्डे परराष्ट्र मन्त्री समेत भए, देशको प्रतिनिधिसमेत भएर देश देशावर घुमे तथापि राजदूत वन्ने चाहाना भने पुरा नभएको कुरालाई पटक पटक अभिव्यक्त गरेका छन् । 
नेपालका नेताहरुले राष्ट्रियता कसरी बन्धक राखेका रहेछन भन्ने कुराको झलक पनि पाइन्छ पुस्तकमा । आफू विभिन्न भूमिकामा रहेको बेलामा सम्पर्क र सम्वन्धमा आएका व्यक्तिहरुप्रति उनको गजवको मूल्याङ्कन छ । पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको “आफ्नो स्वार्थ पूरा गर्ने मामिलावाहेक वचन पालना गर्ने स्वभावै थिएन । कुरा फेर्ने , अन्तिम घडीमा सम्पर्कमा नै नआउने उहाँको वानी नै थियो ।”  सन्दर्भ थियो पाण्डेलाई राष्ट्रिय सभाको अध्यक्ष वनाउने सिलसिला । सोही प्रसंगमा उनले माधव नेपाल र बामदेव गौतमलाई अडान भएका नेताको रुपमा चित्रण गरेका छन् ।
उनको पुस्तकमा नेपालका छिमेकी राष्ट्रहरु भारत र चीन तथा मित्रराष्ट्रहरु अमेरिका, रुस, ब्रिटेनसँगको विभिन्न कालखण्डमा रहदै आएको नेपालको सम्वन्धलाई समेत उजागर गर्न खोजेका छन् ।  सार्कको स्थापना, ईरानी क्रान्ति, सन १९५० को नेपाल—भारत शान्ति तथा मैत्री सन्धि, नेपालको माओवादी आन्दोलन र विदेशी भूमिका जस्ता विषयहरु समेटेर पुस्तकलाई ऐतिहासिक स्वरुप दिने प्रयास गरेका छन् । उनले बेलायतले नेपालको गुन तिर्न नसकेको तथा भारतको कर्मचारीतन्त्र भने कमजोर प्रधानमन्त्री भएको बेला देश नै चलाउने गरेको भन्ने तर्क गरेका छन् । विक्रम संवत २०१७ सालको सेरोफेरोबाट शुरु भएको यस पुस्तकले त्यस यताका महत्वपूर्ण ऐतिहासिक सुचनाहरु उतार्न भने सफल छ ।
उनको कच्चा उमेरमा नै तत्कालिन राजनीतिका दुई ध्रुव— राजा महेन्द्र र बीपी कोईराला—लाई एकै ठाउँमा ल्याउन उनले खेलेको भूमिका अवश्य नै महत्वपूर्ण छ । यस सन्र्दभमा तत्कालिन फिल्ड मार्सल निरसमसेर समेत चकित परेको कुरा उनले पुस्तकमा लेखेका छन् — “त्यस्तो सङ्गिन बेलामा राजा र बीपीबीच बार्ता गराउने मानिस भर्खर जुँगाको रेखी मात्रै बसेको केटो होला भन्ने मैंले कल्पना पनि गरेको थिइनँ ।” यद्यपी जेलमा रहेका बीपी लाई उनले भेट्दा बीपी को प्रतिक्रिया र बीपी ले परिवारमा पठाएको एक चिठ्ठीमा लेखिएको “रमेशलाई पनि छिट्टै नहडवढाउनु भन्नु । उसका वारे तिमीले सुृुनेका कुरा साचो वा झुट्टा पनि हुुन सक्छन् । त्यसैले सतर्क रहनु ।” बाट पनि बीपी को पाण्डे प्रतिको विश्वास थाहा हुन्छ । 
पाण्डे पछिल्लो समयमा खच्किदै गएको नेपालको कूटनीति प्रति चिन्तित देखिन्छन् । वि. सं २०२६ र २०४४ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी राष्ट्रमा निर्वाचित नेपाल त्यसपछि राष्ट्रसंघको कुनै महत्वपूर्ण पदहरुमा स्थान नपाउनुमा हाम्रो कुटनीतिलाई दोषी देख्छन् । वि. सं २०६१ मा यूनेस्कोको कार्यकारी समितिमा नेपाल पराजित हुनु यसको उदाहरण ठान्छन् पाण्डे । 
समग्रमा, विचारक मिस्चले भनेझै पाण्डेले पनि आफूलाई नेपाली पत्रकारीता, राजनीति र कूटनीतिको केन्द्रमा नै राखेर यो पुस्तक लेखेका छन् । जुनसुकै समस्याको पनि समाधानका लागि नेताहरु आफूकहाँ आउने प्रसंग पटक पटक उल्लेख गरेर, प्रायशः आफ्ना सकारात्मक कुराहरुलाई केन्द्रमा राखिएको यो आत्मलेखनले विश्व ईतिहास तथा राष्ट्रिय इतिहासका विभिन्न घटनाक्रमलाई उल्लेख गरेता पनि पाण्डेको ‘अटोवायोग्राफीकल आई’ सधै केन्द्रको वरिपरि नै घुमेको देखाएका छन् । बिसौं सताव्दीका प्रखर बिनिर्वाणबादी समालोचक तथा अटोवायोग्राफी समालोचनाका तेश्रो पुस्ताका बिचारक पल दि माँ ले सन् १९७९ मा उनको निवन्ध “अटोवायोग्रफी एज डि—फेसमेन्ट” मा लेखेका छन्— “आत्मलेखन ‘प्रोसोपोपिया’ अर्थात काल्पनिक वा अनुपस्थित व्यक्तिको अभिव्यक्ति र क्रियाकलापहरुको प्रतिनिधित्वको उदाहरण हो ।” तसर्थ लेखकले यो अटोवायोग्राफी समालोचनामा आएको पछिल्लो परिवर्तनलाई समेत ध्यान दिन सकेको भए लेखकीय ‘सेल्फ’ मात्र केन्द्रमा रहने थिएन की ?
लेखक  :  रमेशनाथ पाण्डे
पुस्तक  : कुटनीति र राजनीति
प्रकाशक : साङग्रीला वुक्स प्रा. लि.
पृष्ठ संख्या : ७३२
मूल्य : रु ७७७


Monday, November 16, 2015

खडेरी महात्म्य (कबिता)


भुकम्प महात्म्य सुनाइसकेपछि
कुमारजी आज्ञा गर्नुहुन्छ
हे अगस्त्य मुनी !
आज म हजूरलाई
खडेरी महात्म्य
सुनाउन चाहान्छु
ध्यानपूर्वक श्रवण गर्नुहोला —
“समय खडेरीको छ
पश्चिमतिरको आकाशमा
बादलका कुनै सप्काहरु छैनन् ।
घडिको सुइको ठीक विपरित दिशातर्फ भने
बादल सफा छैन
दक्षिणबाट आएका बादलहरुको जम्काभेटले होला
आकाशमा गड्याङगुडुङ सुनिन्छ ।
त्यसको ठिक बिपरित दिशातर्फ
टाऽऽऽढा तर केहि निम्बस बादलका धब्बाहरु देखेदेखि
कात्न थालेका योजनाका बातीहरु
पृथ्बीलाई नै बेर्न पुग्ने लामा बनिसके
तर
भावनाका बाती राखेर बालेका
आशाका दियोहरु
धिपधिप मात्र गरिरहेछन ।
अब एकै भय बाँकी छ अगस्त्य मुनी ! —
प्यासी जीबनले
तिर्खा मेट्नुअघि
टट्टाएका आँखाहरुले कतै
बिष्णुलाई अकै स्वरुपमा पो
देख्ने हुन कि ?
र साथमा
नारद मुनिको चर्को
नारायण ! नारायण ! ले
गुञ्जिने पो हो कि मत्र्यलोक ?”

Sunday, November 1, 2015

फेसबुक पुस्ताको आख्यान (समिक्षा) Nepal Magazine Kartik 15 2072




                                                                                   राजकुमार बराल

आदिमकालदेखि नै समाजमा पितृसत्ताको बलियो उपस्थिति छ । जहा“ पुरुषहरूको बोलवाला हुन्छ, उनीहरू आफूलाई ईश्वर, मालिक वा सत्तापक्ष ठान्छन् । महिलामाथि आधिपत्य जमाउ“छन् र उनीहरूलाई आफ्नो अनुकूल प्रयोग गर्न चाहन्छन् । अर्कातर्फ महिलाहरू आफूलाई कमजोर ठान्छन् र पुरुषहरूको हिंसा र अत्याचारको सिकार भएर पनि उनीहरू विरुद्ध विरलै मात्र बोल्न सक्छन् ।

समाजमा पितृसत्ताको जरो यसरी फि“जिएको छ, जसलाई नारीहरूले नै आफू धर्ती बनी मलजल गरिरहेका छन् । तर, यस्तो परिवेशभित्र पनि पितृसत्ताको अन्याय विरुद्ध धावा बोल्ने साहस गर्छे चिम्नी उपन्यासकी नारी पात्र ‘कुसुम’ले । नव साहित्यकार राज सरगमले फेसबुक पुस्तालाई लक्षित गरी उपन्यास पाठकसामु ल्याएका हुन् । नारीमाथि हुने अत्याचार विरुद्ध उभिएर पितृसत्ताकै पुरुषलाई प्रयोग गरी प्रतिशोध साध्ने उनको उपाय नितान्त अनौठो लाग्दछ ।

उपन्यासको अन्त्य दुःखद छ जुन कुरा उपन्यासको ‘प्रवेश’ खण्डबाट नै थाहा हुन्छ जहा“ एक विकराल चित्र प्रश्तुत गरिएको छ जहा“ तिनै प्रमुख पात्र कुसुम मृत्युशैयामा ‘परिचित’ नामक पात्रलाई खोजिरहेकी छन्, र साथमा रगतपच्छे ल्यापटप र रगतमा लत्पतिएका तीन शवहरू  । उपन्यासको बा“की भागमा तिनै मृत्युस“ग लडिरहेकी नारी पात्रले उक्त वीभत्स घटना कसरी घट्न पुग्यो भनेर उनको मृत्यु अघि ‘अर्धबेहोसी’मा लेखिएको तिनेै पात्रहरूको जीवनकहानी ।
कुसुम साधारण महिलाहरूजस्तै उदास र आवाजविहीन एक सामान्य नारी पात्र नै हुन् । उनी पनि एक सीमान्त आमा हुन् जो अत्याचारका विरुद्ध आवाज उठाउन सक्दिनन् । तर परिस्थितिले कुसुमलाई क्रान्तिकारी बनाउ“छ । पुरुष ज्यादतीले बनेको एउटा घाउमा खाटा नबस्दै अर्को पीडा सुरु हुन्छ जब उनी अर्को पुरुषको यातनाको सिकार बन्छिन् ।  पुरुष प्रधानताको प्रतिनिधि उक्त पात्र ती नारी पात्रको भावना नबुझी अप्राकृतिक क्रीडामा मात्र लिप्त हुनाले कुसुमलाई ‘जीवनदेखि नै वितृष्णा पैदा’ हुन्छ । यहि दुःखद वैवाहिक जीवन नै उनको लागि पुरुषप्रति घृणा जगाउने कारण बन्छ । परिणामतः उनले पुरुषस“ग प्रतिशोध लिने निर्णय गर्छिन् । यसै लक्ष्य अनुसार उनी पुरुषहरूको पुरुषत्व विनाश गर्ने अभियानमा लाग्छिन् । पितृसत्ताका विरुद्ध धावा बोल्छिन् र एक पछि अर्को गर्दै गोपी लगायत दस बालकको पुरुषत्व विनाश गर्छिन्, पुरुषार्थ मार्फत महिलामाथि हुने यातनाबाट मुक्ति दिन ।

सत्तामा आसीन पुरुषका बिरुद्ध जाइलाग्न त्यति सहज अवश्य नै हु“दैन । शक्तिको उपयोग गर्ने सत्ताले विभिन्न ‘डिस्कोर्र्र्ष’ मार्फत आफ्नै हितमा सत्यताको सिर्जना गरिरहेकै हुन्छन् वा आफ्नै पक्षमा इतिहास लेखिरहेकै वा लेखाइरहेकै हुन्छन् । पुरुषहरूको इतिहास पनि त्यही शक्तिको आडमा लेखिएको इतिहास नै हो । उनीहरूले स्थापना गरेको सत्यता अनुसार पुरुषहरू पहिलो दर्जाका हुन् भने महिलाचाहि“ ‘सेकेन्ड सेक्स’ ।  त्यसैले पुरुष पात्रलाई प्रयोग गर्दै पुरुष वेश्या बनाएर विदेशको रेड लाइट एरियामा बेच्ने, पुरुष–पुरुष यौनकर्मीहरूको संगठन खोल्ने जस्ता कुसुमका योजना निश्चय नै क्रान्तिकारी हुन् । यस्तै पुरुष पात्रहरूको प्रयोग गर्दै, पुरुषहरूकै नक्कल गरेर उनीहरूमाथि जाइलाग्ने कुसुमको लक्ष्य छ । ‘प्रत्येक पुरुषले नारीलाई जथाभावी प्रयोग गर्न सक्छ भने’ महिलाले पनि बदला लिन सक्छन् भन्ने क्रान्तिकारी विचार पनि उठाइएको छ यस उपन्यासमा ।

तर यी नारी पात्रको लक्ष्य र क्रान्ति त्यतिबेला कमजोर हुन्छ जब उनी आफैं ‘कसैको जीवन संगिनी बन्ने, गृहिणी बन्ने, सा“च्चै आमा बन्ने’ इच्छा लिएर परिचितस“गको सम्बन्ध अघि बढाइरहन्छिन् । तर एक दुर्घटना पश्चात् प्राप्त एक चिठ्ठीले कहिल्यै नसोचेको एक तीतो यथार्थता उजागर गरिदिन्छ  र उमेरको ठूलो भिन्नता भए पनि फेसबुकले जोडिदिएको यिनीहरूको संबन्ध जटिल मोडमा पुग्छ ।

यस उपन्यासमा प्रकाशकले दाबी गरेजस्तै यथार्थ र कल्पनाको संयोग त छ तर यथार्थ भन्दा कल्पनाको पल्ला भारी छ । केही दृृष्य त नाटकीय लाग्ने हिन्दी टेलिशृङ्खलाका नक्कल जस्तै छन् ः छोरीलाई असाध्यै माया गर्ने बुबालाई उनी गर्भवती भएको थाहा नदिई एक वर्ष सम्म भारतमै राख्नु, उनीबाट जन्मिएको बच्चा मरेको भनी बच्चालाई अन्यत्रै पठाउनु, मृत्युशैयामा लेखिएको जीवनकहानी आदि ।

कथा सरल छ, ल्यापटपमा चिम्नी नामक फाइलमा लिपिबद्घ छ । तर कतिपय ठाउ“मा हिज्जेमा समस्या देखिन्छ ः आनो, परिचिय, उच्चरण, गेपी आदि ।
यति हु“दाहु“दै पनि अनौठो प्रेम प्रसंगले पाठकको ध्यान खिच्न सफल छ । चालिस वर्षे महिला र तेइस बर्षे ठिटाको पे्रमालाप र दार्शनिक संवाद कम रोचक छैनन् । एक–अर्कालाई उनीहरूले गरेको प्रशंसा कुनै पनि आदर्श प्रेमी–प्रेमिकाको भन्दा कमजोर छैन । सजिलोमा सबै बाँच्ने तर असजिलो र अफ्ट्यारोमा बाँच्न जान्नु जीबन हो भन्दै चिम्नीतर्फ देखाउँदै शरीरलाई चिम्नी र आत्मालाई धुवा“स“ग तुलना गर्ने परिचित ठिटो भए पनि जीवन बुझेजस्तो लाग्छ ।

कथावस्तु र त्यसको उठानमा कथाकार ग्रीसेली नाटककार सोफोकिल्स बाट प्रभावित देखिन्छन् । जसरी सोफोकिल्सको नाटक ईडिपस रेक्समा योकाष्टा र ईडिपसले आफ्नो यथार्थ सम्बन्ध थाहा पाउ“दा जुन पीडाबोध गर्छन्, उस्तै अवस्था छ कुसुमको यद्यपि सम्बन्ध ज्ञात हुनुअघि नै परिचित स्वर्गे भइसकेको हुन्छ । यही जटिल सम्बन्धको अनुत्तरित प्रश्न उपन्यासकारस“ग अझ पनि छ“दै छ ।

समग्रमा केही कमजोरीका बाबजुद पनि जीवनमा कैयौं पीडा भोगेकी कुसुमको पुरुष प्रधानताका विरुद्ध उठाइएको प्रतिशोधको नया“ शैली अनौठो र डरलाग्दो पनि छ । तर कुसुमको पुरुष बिरुद्धको क्रान्तिलाई असफल देखाएर उपन्यासकारले अन्ततः पुरुषकै पक्षमा वकालत गरेको देखिन्छ । यद्यपि सरगमको चिम्नी वातावरण प्रदूषित बनाउने इ“टाभट्टाको सामान्य चिम्नी होइन बरु एक फरक विषयवस्तुलाई कथारूप दिने प्रतिकात्मक मियो चाहि“ अवश्य नै हो ।


कृति :चिम्नी
लेखक : राज सरगम
प्रकाशक : प्राइम बुक्स प्रा। लि।
विधा : उपन्यास
पृष्ठ : २६५
मूल्य : रु ३०१

Wednesday, October 14, 2015

[अनुवाद] Alice Walker's story "Am I Blue's translation as "किन दुख्छ मलाई त्यस बन्दी घोडाको आँसु?"


किन दुख्छ मलाई त्यस बन्दी घोडाको आँसु?

                                                                                                — एलिस वाकर
                                                                                       अनुवादक ः राजकुमार बराल

“यी आखाँका आँसुहरूले तिमीलाई केही भनिरहका छैनन्?”१
लगभग तीन वर्षका लागि म र मेरा साथीले गाउँमा एउटा सानो घर भाडामा लियाँै । ठूलो चउरको किनारामा उभिएको त्यो घर सिधै पहाडतर्फ दर्गुन तम्तयार परेजस्तो देखिन्थ्यो । केही टाढा रहेको पहाड र हाम्रो विचमा एउटा शहर थियो । घरका धरै राम्रा पक्षहरूमध्ये यो पनि एक थियो तर तिमीलाई त्यस कुराको कहिल्यै महसुस भएन ।
घरमा धेरै झ्यालहरू थिएः होचा, चौडा, भुइँदेखि छतसम्म फैलिएका, चउरतिर फर्किएका । यिनै मध्ये एउटा झ्यालबाट मैले पहिलोपटक सबैभन्दा नजिकैको छिमेकीलाई देखेँ—एउटा ठूलो सेतो घोडा, विस्तारै हिँड्दै, गर्धन हल्लाउँदै चरिरहेको । तर ऊ पूरै चउरमा हिँडिरहेको थिएन । बरु हामीले भाडामा लिएको जमिनबाट नजिकै जमिनसँग जोडिएको पाँच एकड तारबेरा गरिएको जमिनमा मात्र हिँडिरहेको थियो । मैले चाँडै थाहा पाएँ कि त्यो ब्लू नामको घोडाको मालिक अर्कै सहरमा बस्थे तर त्यस घोडाको हेरचाह भने हाम्रा पल्ला घरका छिमेकीले गरिरहेका थिए । कहिलेकाहीँ एउटा बच्चो— प्रायजसो एउटा पुड्को किशोर र अरु बेला अझ भर्खरकी केटी वा केटाले त्यो घोडा कुदाइरहेको देखिन्थ्यो । तिनीहरू एकपटक चउरमा देखिन्थे, घोडाको पिठ्यूँमा चढ्थे, दश—पन्ध्र मिनेट जवरजस्त घोडा दौडाउँथे र एक महिना वा सोभन्दा वढी हराउँथे ।
बगँैचामा धरै स्याउका रुखहरू थिए, एउटा त बारको यति नजिकै थियो कि  त्यसलाई ब्लूले जमिनबाटै लगभग भेट्थ्यो । छिट्टै नै हामीहरूले उसलाई स्याउ खुवाउने बानी बसाल्यौ । खासगरी मध्य गृष्मबाट पानीको अभावले हरिया र रसिला घाँस सुकिसकेका हुनाले ब्लूले स्याउ खुव मनपराएर खान्थ्यो तर सुकेका घाँस मन नलागी–नलागी खान्थ्यो । कहिलेकाहीँ त  ऊ स्याउको बोटमुनि आएर चुपचाप उभिन्थ्यो र हामीमध्ये एक जना जब वाहिर आँउन्थ्यौ, उ, खुसीले  कराउथ्यो, हिनहिनाँउथ्यो र खुट्टा भुइँमा बजाथ्र्यो । त्यसको अर्थ हुन्थ्यो— मलाई स्याउ देऊ ।
केही स्याउहरू टिप्नु, राती जमिनमा खसेका स्याउहरू जम्मा गर्नु र एक एक गरेर उसको ठूलो र दाँतैदाँत भएको मुखमा हालिदिनु आफँमा रमाइलो अनुभव थियो । उसका लचकदार काला ओठहरू, ठूला घनाकार दाँत सिङ्गै स्याउ चपाउन सक्थे । उसका चौडा छातीको विशालताले त मलाई आफू साँच्चै सानो भएको महसुस गराउँथ्यो । म पनि सानी हँुदा घोडा दौडाउँथे । म “नान” नामको घोडासँग वढी नजिक थिएँ । तर एकपटक मैले घोडा दौडाउँदै गर्दा नानलाई मेरो भाइले जानीजानी जिस्क्यायो र म घोडाबाट लडेँ । टाउको गएर रुखमा बज्रियो । मैले थाहा पाउँदा मेरी आमा चिन्तित भएर मलाई हेरिरहनुभएको थियो । त्यसपश्चात हामीले चुपचाप सहमति जनायौँ की घोडचढी मेरो लागि सुरक्षित खेल होइन । त्यसदिन देखि म हिँड्न थालेकी छु । घोडा चढ्नभन्दा हिँड्न रुचाउँछु तर दुर्भाग्यको कुरा के छ भने मैले त्यसै बेलादेखि घोडाको आँखामा देखिने भावनाको गहिराइ वुझ्न छोडेकीे छु ।
यही कारणले मैले ब्लूको भावना पनि बुझ्न सकिनँ । ब्लू एक्लो थियो । हो, ब्लू फगत एक्लो र दुःखी थियो । मलाई लागेको थिएन कि सुन्दर चउरको पाँच एकड जमिनमा विचरण गर्न पाउँदा ऊ दुःखी हुन्छ भनेर । तर म अचम्भ्ति त्यति बेला भएँ जति बेला मैले मानव र गैरमानव जनावरहरू राम्ररी सम्वाद गर्न सक्दछन् भन्ने कुरा भुलेकी थिएँ । सायद हामीलाई बच्चाकालमा जनावरका बीचमा हुर्काइएको भए सो कुरा बुझ्न कठिन पर्थेन होला । जुन बेला हामी वयस्क हुन्छाँै हामी सम्झदैनाँ,ै तर जनावरले सम्झन्छन् । तिनीहरू पूर्ण जीवहरू हुन्, परिवर्तन हुँदैनन् । आफूलाई व्यक्त गर्नु उनीहरूको प्रकृति हो । आखिर के भन्न चाहन्छन उनीहरू? उनीहरू जे चाहन्छन व्यक्त गर्छन् तर सामान्यतयाः वेवास्ता गरिइन्छन् ।
जब ब्लूलाई स्याउहरू दिइसकेर म घर फर्कन्थँे— लाग्थ्यो ऊ मलाई हेरिराखेको छ । अरु पनि स्याउ पाइन्छ कि? आजको रमाइलो यतिमात्र हो कि ? मेरो साथीको सानो छोरा शिरक बनाउने सिप सिक्न चाहन्थ्यो । म मेरै ध्याउन्नमा हुन्थेँ । लाग्थ्यो,  हामी आआफ्नै सौखका क्षेत्रमा चुपचाप काम गथ्र्यौ ।
हो, दासत्वको बारेमा कथा छुट्टै छ । ती गोरा बच्चाहरू जसलाई काला जातिका मानिसले हुर्काए, सबभन्दा पहिलो माया पनि काला महिलाहरूबाट पाए । तर जब ती बच्चाहरू बाह्र वर्ष जतिका हुन्छन् उनीहरूलाई सिकाइन्छ कि तिमीले म्याम्मी अर्थात् काला जातको सुसारेसँग गहिरो सम्बन्ध नराख्नू । पछि उनीहरू भन्न थाल्छन् “मेरी बुढी म्याम्मीलाई अर्को राम्रो परिवारमा बेचियो ।” “मेरी बूढी म्याम्मी———” खाली ठाउँ भर । धेरै वर्षपछि एउटी गोरी महिलाले भन्नेछिन्, “म यी हप्सीहरूलाई बुझ्नै सक्दिनँ । आखिर तिनीहरू के चाहान्छन्? तिनीहरू हामीहरूभन्दा कति फरक छन् ।”
काला आदिवासीलाई आगन्तुक गोराहरूले जनावरजस्ता ठान्छन् र उनीहरूलाई गरेको प्रशंसा वुझ्दैनन । तर आप्रवासीले जनावरतुल्य ठानेका यी आदिवासीहरू भने आफूहरूलाई कुटिलतापूर्वक प्रयोग गरिएको जनावर शब्द गाली हो कि प्रशंसा हो भन्ने सम्म पनि बुझ्दैनन् ।
हजारौँ अमेरिकी पुरुषहरू जापानी, कोरियन, फिलिपिनो तथा अन्य अङ्ग्रजी बोल्न नजान्ने महिलाहरूसँग विवाह गर्छन् र तिनीहरूका श्रीमतीहरूले अङ्ग्रजी बोल्न नजान्दा सम्म “अत्यन्तै खुसी” भएको अभिव्यक्ति दिन्छन् । तर त्यस बेला सम्ममा उनीहरूको विवाह नै समस्याग्रस्त भैसकेका हुन्छ  । त्यति बेला अमेरिकी पुरुषहरूले तिनै विवाहित तर अङ्ग्रेजी बोल्न जानीनसकेको महिलाहरूका आँखामा हेर्दा देख्छन् त फगत आफ्नै प्रतिविम्ब ।
म सोच्छु समाज किन युवाहरूप्रति अधीर छ? “तिनीहरू किन यति चर्को आवाजमा सङ्गीत बजाउँछन्?” सायद उनीहरू जन्मनुभन्दा अगाडि उनीहरूका बुवाआमाले नाचेका “प्रताडित” मानिसहरूको सङ्गितभन्दा बढी सङ्गीत त उनीहरूले अहिले नै सुनिसकेका  छन् — माया र स्वीकृतिको मधुर आवाजको साथ । र छक्क पर्छन् किन तिनीहरूका बुवाआमाहरूले ती सङ्गीत सुन्न सकेनन् !
मलाई थाहा छैन, ब्लू कहिलेदेखि त्यही सुन्दर तर दिक्दारलाग्दो पाँच एकड चउरमा बसिरहेको छ । हामी एकवर्ष अघि यस घरमा आएपश्चात पनि धेरै ठाउँ घुमिसक्यांै । तर ब्लू त्यहीँको त्यहीँ छ ।
तर, हामी यस घरमा आएको दोस्रो वर्षमा ब्लूको जीवनमा केही घटना घट्यो । एक बिहान, रिबनजस्तो देखिने कुहिरो लागेको चउरमा झ्यालबाट हेर्दा मैले अर्काे एउटा खैरो रङ्गको घोडा सोही चउरको एक किनारामा देखँे । ब्लू डराएजस्तो देखिन्थ्यो र धेरै दिनसम्म मैले उसको नजिकमा जाने प्रयास गरिनँ । एक हप्ताका लागि हामी पनि घरबाहिर गयांै । जब हामी फक्र्याै, ब्लूले त्यसलाई साथी बनाएछ र सँगसँगै हिड्ने, दौडने गरिरहेका थिए—यतिसम्म कि ब्लू स्याउको बोटमुनि पहिलेजस्तो निरन्तर आइरहेको पनि थिएन ।
जब उसले नयाँ साथी पायो, उसको आँखामा भिन्न किसिमको हेराइ थियो—घोडा हुनुको भावको, स्वतन्त्रताको र स्वामित्वको । अन्ततोगत्वाः उसकी साथी गर्भवती भई । मलाई लाग्थ्यो, महिनौँदेखि न्याय र शान्तिको घोडाहरू र मेरो बिचमा परस्पर सम्बन्ध थियो । मैले तिनीहरू दुबैलाई स्याउ ख्वाएँ । जब मैले ब्लूको आखाँमा हेरेँ, एकप्रकारको निच्छल  “आफ्नोपन” व्याप्त थियो ।
ब्लूको यो खुसी चिरस्थायी भने हुन सकेन । एक दिन सहरबाट फर्केपछि म ब्लूलाई स्याउ दिन गएँ । मैले सोचेँ ऊ कतै पर्खिरहेको होला । मैले रुख हल्लाएँ, रुखबाट तल झरँे तर उसलाई हलचल गराउन सकिनँ । मैले उसका लागि केही स्याउ लिएर आएँ तर उसले दुःखले आधामात्र खायो र आधालाई जमिनमा नै छोडिदियो । जब मैले थाहा पाएँ उसको खैरो रङ्गको साथी गइरहेको थियो, मैले डराउँदै डराउँदै उसको आँखामा हेरँे । यदि म दासत्वमा जन्मेको भए र मेरो साथीलाई बेचिएको वा मारिएको भए, मेरा आँखा पनि ब्लूका जस्तै हुन्थे । छिमेकी बच्चाहरूले व्याख्या गरेअनुसार ब्लूको साथीलाई त्यहाँ “राख्दा” उनीहरूबीच क्रिडा भई उनी गर्भवती भइन् (दासत्वको बेला दासहरूलाई मालिकले त्यसै गर्ने गर्थे )। उनीहरूको कार्य सम्पादन भइसकेपछि साथीलाई अन्यत्र कतै बस्ने मालिकले फिर्ता लगे ।
“उनी फिर्ता आउँछिन्?” मैले सोधँे ।
उनीहरूलाई थाहा थिएन ।
ब्लू बहुलाएको मानिसजस्तै थियो । मेरा लागि ब्लू बहुलाहा जस्तै थियो । ऊ पाँच एकड चौरमा रिसले चूर भएर यता उता दगु¥थ्यो । उसले सकुञ्जेल बिलौना ग¥यो । खुरले जमिन खोतल्यो, एउटा मात्र छाँया दिने रुखमा टाउको बेस्मारी रगड्यो । उसले आफ्नो साथी गएको बाटोतर्फ निरन्तर हेरिरह्यो । कहिलेकाहीँ मात्र ऊ स्याउका लागि आँउदा वा मैले उसलाई स्याउ दिँदा ऊ मलाई हेथ्र्यो । उसको हेराइ यति टिठलाग्दो, पिडायुक्त र यति “मानवीय” थियो कि जनावरहरू पनि दुःखी हुन्छन् भनेर नजान्ने मानिसहरूलाई सम्झेर म झण्डैले हाँसे (किनकि मलाई रुन दुःख लाग्छ) । म जस्तै दैनिक बिर्सिनेलाई जनावरहरू एक सत्य भन्ने प्रयास गर्छन् — “तिमीहरू हामीहरूलाई जे गर्छौ, तिमीहरूलाई पनि त्यही हुन्छ । हामीहरू तिमीहरूका शिक्षक हौं जसरी तिमीहरू हाम्रा । हामीहरू एक पाठ हौँ ।” त्यस्ता मानिसहरू पनि छन् जसले जनावरको पनि अधिकार हुन्छ भनेर सोचेका पनि हुदैनन् । कसैलाई त जनावरहरू प्रयोग हुन र दुरुपयोग गरिन चाहन्छन् जसरी साना बच्चाहरू तर्सिइन मन पराउछन् या महिलाहरू प्रताडित हुन र बलात्कृत हुन मन पराउछन् भनेर सिकाइन्छ । तिनीहरू त्यस्ता मानिसका पनातिहरू हुन् जसलाई सिकाइएको थियो कि “महिलाहरू सोच्न सक्दैनन्” र “काला जातकाहरू अनुभुत गर्न सक्दैनन्” । सबैभन्दा दुःख लाग्दो कुरा त ब्लूका ठूला र खैरा आँखामा एक नयाँ दृश्य थियो—निराशाको दृश्य भन्दा पनि बढी पीडादायी, मानव र जीवनप्रतिको घृणाको दृश्य । घृणाको दृश्यले दिएको यो अनौठो अनुभव थियो । यही अनुभवले उसलाई जीवनमा पहिलोपटक हिंस्रक जङ्गली जनवारको हेराइको अनुभुति दियो । यसको अर्थ थियो — उसले थप हिंसाबाट आत्मसुरक्षाका लागि एउटा पर्खाल खडा ग¥यो जुन सत्यतालाई संसारका सबै स्याउहरूले पनि परिवर्तन गर्न सक्ने छैनन् ।
ब्लू हाम्रो भौगोलिक परिदृश्यको एक सुन्दर अंश रह्यो — झ्यालबाट हेर्दा हरियो घाँस माथिको सेतो घोडा ज्यादै शान्त देखिन्थ्यो । एकपटक एक जना साथीले बाहिरको मनोरम दृश्य हेर्दै सोधे “सेतो घोडा स्वतन्त्रताको विम्ब हुनुपर्छ ।” खिन्न भएर मैले सोचेँ, हो जनवारहरू हाम्रा लागि विम्बमात्र भएका छन् । हामी “सन्तुष्ट” गाईलाइ देखाउँछौँ र कन्टेनरबाट दुध पिउँछौं, “खुसी” कुखुरीका अण्डा र ड्रमस्टिक खान्छौं, विज्ञापित हेम्बर्गर चपाउँछौं, तर ती जनवारका वास्तविक जीवनबारे केही पनि सुन्न वा बुझ्न चाहँदैनौं ।
एक दिन स्टिक खान बस्दा हामीले सबैका लागि स्वतन्त्रता र न्यायका कुरा ग¥यौं । जब मैले पहिलो गाँस लिएँ, मैले सोचेँ म पीडा खाइरकेही छु ।  मैले तुरुन्तै, खाँदै गरेको कुरा थुकेँ ।