Showing posts with label [कबिता]. Show all posts
Showing posts with label [कबिता]. Show all posts

Monday, November 16, 2015

खडेरी महात्म्य (कबिता)


भुकम्प महात्म्य सुनाइसकेपछि
कुमारजी आज्ञा गर्नुहुन्छ
हे अगस्त्य मुनी !
आज म हजूरलाई
खडेरी महात्म्य
सुनाउन चाहान्छु
ध्यानपूर्वक श्रवण गर्नुहोला —
“समय खडेरीको छ
पश्चिमतिरको आकाशमा
बादलका कुनै सप्काहरु छैनन् ।
घडिको सुइको ठीक विपरित दिशातर्फ भने
बादल सफा छैन
दक्षिणबाट आएका बादलहरुको जम्काभेटले होला
आकाशमा गड्याङगुडुङ सुनिन्छ ।
त्यसको ठिक बिपरित दिशातर्फ
टाऽऽऽढा तर केहि निम्बस बादलका धब्बाहरु देखेदेखि
कात्न थालेका योजनाका बातीहरु
पृथ्बीलाई नै बेर्न पुग्ने लामा बनिसके
तर
भावनाका बाती राखेर बालेका
आशाका दियोहरु
धिपधिप मात्र गरिरहेछन ।
अब एकै भय बाँकी छ अगस्त्य मुनी ! —
प्यासी जीबनले
तिर्खा मेट्नुअघि
टट्टाएका आँखाहरुले कतै
बिष्णुलाई अकै स्वरुपमा पो
देख्ने हुन कि ?
र साथमा
नारद मुनिको चर्को
नारायण ! नारायण ! ले
गुञ्जिने पो हो कि मत्र्यलोक ?”

Saturday, August 22, 2015

सपनाको महल


प्रिये
तिमीले पनि हिँड्ने धर्ती यहि नभएको भए
तिमीले पनि देख्ने सपना यस्तै नभएको भए
भन्न सक्दिनथेँ होला
बिचारको भूमध्यरेखामा उभिएर
भरिएका भावनाका गाग्रीहरुले
कस कसलाई भिजाउँथे र
कस कसलाई सिंचित गर्थे भनेर

प्रिये
तिमीले भन्ने प्रेमकहानी अर्कै भैदिएको भए
तिमीले हिँड्ने गोरेटो अर्कै भैदिएको भए
सायद
तिमीले गाउँने पालाम सुन्ने म हुँन्थेन होला वा
मैंले नाँच्ने बालननाचमा गाउँने तिमी हुँन्थेनौ होला

तर बिचार गर प्रिये
धर्ती एकै हुँदैमा
सपना एकै बुन्दैमा
एउटै गोरेटो हिँड्दैमा वा
पालाम बालन सँगै नाच्दैमा वा गाउँदैमा
संबन्धका डोरीहरु तान्दा
काटिएका मनका कित्ताहरु नजोडिन पनि सक्छन

त्यतिबेला तिमीलाई लाग्न सक्छ
तिमीले जिएको जिबन
तिम्रो जस्तो छैन
मैंले पढेको जिबन
मेरो जस्तो छैन ।
अनि ख्याल राख प्रिये
सपनाको आफ्नै बिरासत हुन्छ
यसको आफ्नै महल हुन्छ
तिम्रा विपनाका यादहरु भन्दा पनि बिशाल ।।

Wednesday, August 19, 2015

आधुुनिक भाइ

P efO 
ltdLnfO{ Rofa|'Ë ahfpFg cfpF5 <
8]p8f gfFRg <
‰ofD6f ahfpg< 9f]ns 7f]Sg lg <
df?gL gfFRg <
xfSkf/] ufFpg <
bf]xf]/L a:g <
3f6' gfFRg <
8Dkm" ahfpFg <F
/f]bL a:g <
Wffg gfFRg <

lrQ ga'em]h:tf] x]/]/
efOn] eg]—
æbfO dnfO{
;fN;f gfFRg /

cs]{i6«f ahfpg cfpF5  .Æ

Monday, August 17, 2015

फरक


पसिना पुछ्दै
त्यो उचा ठाउँबाट
तल हेर्छ
तर
देख्दैन मानवता
फगत देख्छ
गगनचुम्बी महलहरु र
पैसाका मान्छे ।


पहिलोपटक उचाईमा चढेको होइन
उसले
पहिलोपटक
पसिना पुछेको पनि होइन
पहिले उचाइबाट
उसले
हरिया डाँडा देखेको थियो
खोलानाला र चउर देखेको थियो
आमाको छाया पनि देखेको थियो ।

तर
उचाई उस्तै भएपनि
पसिना उस्तै भएपनि

आँखाभरि आँसु पार्दै
खुइइय गर्छ ।

Wednesday, July 29, 2015

माल्दाइको अभिवादन


सानो छँदा
हाले कुसाबे?,” “आतान् केबेक्पा?” भनेर जिस्काउने
हाम्रा गाउँका माइला दाइ,
अहिले , बेंसीतिर बसाइँ सरेछन्
खै किन जान्न खोज्थे उनी, मेरो नालीबेली
पोहोर साल घर जाँदा
भेट्नै पाइएन उनलाई
यसपाला उनैलाई भेट्न
बेंसी जाँदा
चियाको तिर्सना लागेर आएका
तल्लोघरका बाहुन बाजेलाई
चिया टक्रयाउँदै थिए
देख्नासाथै, सेवारो भन्दै
ढोकैसम्म मलाई लिन आएका माल्दाइले
एक अभिवादन पठाएका छन्
सुनाइदिनु सरहबासी गाउँलेहरूलाई, भनेर
सेवारो है सुभाष दाइ
सेवारो है पूर्ण दाइ
सेवारो है भीष्म भाइ
सेवारो है डम्बर भाइ
उनलाई के थाह 
उनका ती सहरबासी गाउँले दाजुभाइहरू
गाउँबाट आएको सेवारो भाषा
बुझ्न छोडिसकेका छन्