Monday, December 28, 2015

Experimental experimentation (Review)




 Raj Kumar Baral, Dec 26, 2015- 
Although some friends recommended me not to wallow on Kumar Nagarkoti’s Mistika, with its loose and baggy plotline, twisty narrative and a bizarre story structure, I decided to pick it up nevertheless. Encouraged, perhaps, by my experience of excavating highly experimental western texts like Ulysses by James Joyce and V by Thomas Pynchon, though in several attempts, I was ready to commit to deciphering Nagarkoti’s latest offering. 

Writing this review, I am mindful that many may charge me of being regressive and not accepting new trends in literature, rather still advocating a straightforward movement of the story—alienating modern trends in fiction writing. More importantly, writing this review, I am preparing  to committing suicide! The writer Nagarkoti, himself, in the very novel quotes reviewers who profess, “rather than reviewing Nagarkoti’s texts, it is better to commit suicide.” But I am prepared to face the charges, and commit self-murder in the name of literature. 

Writer of any genre should either embrace changes to stay relevant or be ready to lag behind.  Nagarkoti is well aware of this fact and therefore he experiments with new trends of literature by rambling on this and that, pilling digression upon digression, instead of delivering a discernible story.  True to that nature of experimental fiction, Mistika, Nagarkoti’s first novel, as in his previous texts like Fossil, Akchyargunj, and Coma: A Political Sex, too goes beyond the boundaries of traditional realistic fiction, and veers away from reality. It, instead, experiments with black magic, mysticism, surrealism, which directly challenges the hitherto existing trend/criterion of writing fiction.   But the primary problem of Nagarkoti’s novel is his over-stretched and unrelated narratives, which the reader struggles to link up. The story without a decipherable link—be it in the form of symbols or images, if not thematic—frustrates the readers, who, at least, spend hours in the intellectual, as well as imaginative labyrinth of the story(ies). This undoubtedly has forced many a reader (my friends included) to put down the book, leaving it unfinished.

 His only strength lies in the creation of some abstract characters, who partake in intellectual and philosophical discussions and thereby breathe life into the text. The use of pun and play of the words, however, has added some literary taste to the text. Had there been no such characters invited in the Dream Valley, and paradoxes and puns not used, the novel would have been a fiasco. 

Among the four spectrums of fiction—history, realism, romance and fantasy, as critic Robert Scholes’ forwards—this novel represents one extreme, that is, bringing the readers to a world of fantasy. A fog named Kundalini, regular conversations between a telephone and a typewriter, writer’s desire to make a film entitled Taste of Vagina, black cats appearing here and there, the hypothetical Dream Valley, all are the creations of the author’s fantasy. His treatment of the theme of sex; masturbation in the bushes, sex with kichkanya—a ghostly image, whispering scenes, the black cats, the journey towards Euphoria, are highly imaginative. To quote the critic Scholes again, “. . . only a recording angel, taking note of all the deeds of men without distorting or omitting anything, could be called a “pure” historian. And only a kind of deity, creating a world out of his own imagination, could be called a “pure” fantasist. Both ends of the spectrum are invisible to the mortal eyes.” Ambitious Nagarkoti, in the book, has tried to visualise, fantasise and play God by creating everything out of his imagination. That, perhaps, is the book’s saving grace.

 Linguistically, Nagarkoti has decimated the standard of Nepali language used in literature. General code mixing and figurative representation are ‘expected’ in experimental fiction but in the name of ‘poetic license,’ he has overdone it by mixing almost half a dozen languages together—Nepali, English, Hindi, Sanskrit, and Nepangreji.  He has not only used a few words or phrases from other languages, rather he has written paragraphs after paragraphs. Language lovers have been disappointed at the seemingly wanton use of different languages—some even going as far as to rejecting to call the book a Nepali novel.  Though this book that can be read in any order, with chapters that can be left out or left in, depending on the mood of the reader, though it redraws generic as well as some conceptual boundaries, though it has poetic prose (though intruded by other languages), it  does not attract the reader. And keeping these things in mind, my position is unlike that of poet and critic Pablo Neruda, who famously wrote vis-à-vis William Cortazar’s texts—“People who do not read Cortazar are doomed. Not to read him is a serious invisible disease.” Even after serious and several efforts by readers, the desire to understand the mystery of Mistika remains unfulfilled, leaving many readers frustrated. 

This complicated experiment, however, should not dishearten the author. After all, not every experiment is necessarily successful, and it is only through trials and errors that masterpieces are created. 
Baral teaches at the Central Department of English, Tribhuvan University, Kirtipur

http://kathmandupost.ekantipur.com/news/2015-12-26/experimental-experimentation.html

http://bit.ly/1kkbdt5

Friday, November 20, 2015

इतिहाँस सँगै आत्मश्लागा (समीक्षा)



साभार नागरिक दैनिक,२०७२ मंसिर ५

लेखकद्वय सिडोनी स्मिथ र जुलिया वाट्सनले उनीहरुको पुस्तक “रिडिङ अटोबायोग्राफी: अ गाईड फर ईन्टरप्रेटिङ लाईफ न्यारेटिभ्स” को एपेन्डिक्समा सुचिबद्ध गरेका जीवनी लेखनका प्रमुख बाउन्न (५२) विधाहरु मध्ये ‘आत्मलेखन’ अर्थात ‘आत्मकथा’ एक हो । यो विधाको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने यो शब्द अर्थात ‘अटोबायोग्राफी’ ग्रीक भाषाका शव्दहरु ‘अटस’ (आत्म), ‘बाओस’ (जीवन) र ‘ग्राफे’ (लेखन) बाट बनेको हो जसको अर्थ ‘आत्मजीवनी लेखन’ हुन्छ । ब्रीटिस कवि तथा समालोचक स्टेफेन स्पेन्डरले यस विधालाई “आफैंद्वारा आफ्नै बारेमा लेखिएको कथा” हो भनेर परिभाषित गरेका छन् भने फे्रन्च बिचारक फिलिपे लेजुनेले आत्मकथाको क्षेत्रलाई व्यापक वनाउदै परिभाषित गर्दै लेखेका छन्—“आत्मलेखन आफ्नो अस्तित्व वा पहिचान निर्माणको लागि विगतको वारेमा गद्यमा लेखिएको कथन हो ।” 
साहित्यमा आत्मलेखन शव्दको शुरुवात कहिलेदेखि भयो भन्ने विषयमा विद्वानहरुका विचमा मतैक्यता भने छैन । अठारौ शताव्दीका अंग्रेज कवि एवं विद्वान एन ईयसर््लेले आफ्नो कविता संग्रहको ‘भूमिका’मा यो शव्दको प्रयोग गरेको भए तापनि केही समालोचकहरु भने रोवर्ट साउदीलाई यस शब्दको प्रथम प्रयोगकर्ताको श्रेय दिन्छन् । अर्का खोजकर्ता रोवर्ट फोल्केनफ्लिकले अटोवायोग्राफीको विस्तृत अध्ययनमा यो शव्दको शुरुवात अठारौ शताब्दीको अन्त्यमा भएको हो भनेर उल्लेख गरेका छन् । 
पछिल्ला केही वर्षहरुमा नेपालमा पनि आत्मलेखनको चलन ह्वात्तै वढेको छ । आफैंले लेखेर वा लेखाएर होस् बिनोद चौधरी, हरिवंश आचार्य, लोकराज बराल, रुक्मांगत कटुवाल हुदै महेस वस्नेत सम्मका आत्मकथाहरु वजारमा पाईन्छन् । यही सिलसिलाको निरन्तरता स्वरुप रमेशनाथ पाण्डेको “कूटनीति र राजनीति” शिर्षकको आत्मकथा हालसालै वजारमा आएको छ । 
पाण्डेको आत्मलेखनले अटोवायोग्राफी समालोचनाका पहिलो पुस्ताका विचारक जर्ज मिस्चको परिभाषालाई मात्र पुष्टि गर्छ । मिस्चले परिभाषामा भनेका छन्— “आत्मलेखन तिनीहरुले लेख्छन जसले सार्वजनिक जीवन विताएका छन्, जसले देशका महत्वपूर्ण ऐतिहासिक घटनाहरुमा भूमिका खेलेका छन्, जसले सामाजिक जीवनमा ख्याती वा कुख्याती कमाएका छन् र समाजको प्रतिनिधित्व गर्दछन् ।” 
पाण्डेले आफूलाई नेपाली समाजका राजनैतिक, सामाजिक क्षेत्रमा प्रभाव पार्न सफल व्यक्तिका रुपमा चित्रित गरेका छन् । युवाअवस्था देखिनै सक्रिय रहेर आफू नेपाली राजनीति र कुटनीतिको एक अभिन्न अंग रहेको प्रमाणित गर्ने प्रयास नै यो पुस्तकको प्रमूख विषयवस्तु हो । हुनत आत्मलेखन आत्मरति अर्थात आत्मश्लागा अभिव्यक्ति गर्ने विधा नै हो यद्यपी घटनाहरुको समिक्षात्मक विश्लेषण पाठकहरुको चाहाना हुन सक्छ । 
लेखकले आफ्ना दलिलहरुको प्रमाणस्वरुप देशी विदेशी पत्रिकामा प्रकाशित लेख तथा समाचार, पारिवारिक तथा अफिसियल फोटाहरु, पोष्टकार्ड, बीपी. कोईराला, क्रिस्टिना रोक्काले उनलाई पठाएका पत्रहरु, कार्टुन चित्र, सम्पादकलाई चिठ्ठी आदिलाई समेत समावेश गरेका छन् । किताबको अन्त्यको अन्र्तबार्ता लगायतका यी प्रमाणहरुको सहायताबाट उनी आफ्ना तर्कहरुलाई थप विश्वासिला वनाउन चाहान्छन् तथापी घटनाहरुको पत्रकारीय जानकारीले पुस्तकलाई साँघु¥याएको छ । 
पुस्तकमा उनले पत्रकार, राजनीतिज्ञ र कुटनीतिज्ञ हुदाँका अनुभवहरुलाई सारगर्वित रुपमा प्रस्तुत गरेका छन् । पत्रकारको रुपमा “नयाँ सन्देश” साप्ताहिक निकाल्न शुरु गरेदेखि बीच बीचमा भोग्नुपरेका प्रतिवन्ध र यसको निरन्तरताका सकस, उनको अन्य पत्रिकाहरुमा संलग्नता तथा पत्रकारको नाताले देश बिदेश सयर गर्दाका सुखानुभूति र विभिन्न रमाईला क्षणहरु पुस्तकमा वर्णन गरेका छन् ।  
राजनीतिज्ञका रुपमा लगभग सत्र वर्षको उमेरदेखिनै नेपाली राजनीतिमा सक्रिय हुदै आएका प्रमाणहरु प्रस्तुत गरेको छ, पाण्डेको अटोवायोग्रफीकल ‘आई’ले । यद्यपी भनिएको अर्थात ‘न्यारेटेड आई’ले व्यक्त गरेका कुराको निर्णायक चाँिह पाठकवर्ग नै हुन् । यति सानै उमेरदेखि नै राजनीतिको प्रभाव परेका पाण्डे परराष्ट्र मन्त्री समेत भए, देशको प्रतिनिधिसमेत भएर देश देशावर घुमे तथापि राजदूत वन्ने चाहाना भने पुरा नभएको कुरालाई पटक पटक अभिव्यक्त गरेका छन् । 
नेपालका नेताहरुले राष्ट्रियता कसरी बन्धक राखेका रहेछन भन्ने कुराको झलक पनि पाइन्छ पुस्तकमा । आफू विभिन्न भूमिकामा रहेको बेलामा सम्पर्क र सम्वन्धमा आएका व्यक्तिहरुप्रति उनको गजवको मूल्याङ्कन छ । पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको “आफ्नो स्वार्थ पूरा गर्ने मामिलावाहेक वचन पालना गर्ने स्वभावै थिएन । कुरा फेर्ने , अन्तिम घडीमा सम्पर्कमा नै नआउने उहाँको वानी नै थियो ।”  सन्दर्भ थियो पाण्डेलाई राष्ट्रिय सभाको अध्यक्ष वनाउने सिलसिला । सोही प्रसंगमा उनले माधव नेपाल र बामदेव गौतमलाई अडान भएका नेताको रुपमा चित्रण गरेका छन् ।
उनको पुस्तकमा नेपालका छिमेकी राष्ट्रहरु भारत र चीन तथा मित्रराष्ट्रहरु अमेरिका, रुस, ब्रिटेनसँगको विभिन्न कालखण्डमा रहदै आएको नेपालको सम्वन्धलाई समेत उजागर गर्न खोजेका छन् ।  सार्कको स्थापना, ईरानी क्रान्ति, सन १९५० को नेपाल—भारत शान्ति तथा मैत्री सन्धि, नेपालको माओवादी आन्दोलन र विदेशी भूमिका जस्ता विषयहरु समेटेर पुस्तकलाई ऐतिहासिक स्वरुप दिने प्रयास गरेका छन् । उनले बेलायतले नेपालको गुन तिर्न नसकेको तथा भारतको कर्मचारीतन्त्र भने कमजोर प्रधानमन्त्री भएको बेला देश नै चलाउने गरेको भन्ने तर्क गरेका छन् । विक्रम संवत २०१७ सालको सेरोफेरोबाट शुरु भएको यस पुस्तकले त्यस यताका महत्वपूर्ण ऐतिहासिक सुचनाहरु उतार्न भने सफल छ ।
उनको कच्चा उमेरमा नै तत्कालिन राजनीतिका दुई ध्रुव— राजा महेन्द्र र बीपी कोईराला—लाई एकै ठाउँमा ल्याउन उनले खेलेको भूमिका अवश्य नै महत्वपूर्ण छ । यस सन्र्दभमा तत्कालिन फिल्ड मार्सल निरसमसेर समेत चकित परेको कुरा उनले पुस्तकमा लेखेका छन् — “त्यस्तो सङ्गिन बेलामा राजा र बीपीबीच बार्ता गराउने मानिस भर्खर जुँगाको रेखी मात्रै बसेको केटो होला भन्ने मैंले कल्पना पनि गरेको थिइनँ ।” यद्यपी जेलमा रहेका बीपी लाई उनले भेट्दा बीपी को प्रतिक्रिया र बीपी ले परिवारमा पठाएको एक चिठ्ठीमा लेखिएको “रमेशलाई पनि छिट्टै नहडवढाउनु भन्नु । उसका वारे तिमीले सुृुनेका कुरा साचो वा झुट्टा पनि हुुन सक्छन् । त्यसैले सतर्क रहनु ।” बाट पनि बीपी को पाण्डे प्रतिको विश्वास थाहा हुन्छ । 
पाण्डे पछिल्लो समयमा खच्किदै गएको नेपालको कूटनीति प्रति चिन्तित देखिन्छन् । वि. सं २०२६ र २०४४ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी राष्ट्रमा निर्वाचित नेपाल त्यसपछि राष्ट्रसंघको कुनै महत्वपूर्ण पदहरुमा स्थान नपाउनुमा हाम्रो कुटनीतिलाई दोषी देख्छन् । वि. सं २०६१ मा यूनेस्कोको कार्यकारी समितिमा नेपाल पराजित हुनु यसको उदाहरण ठान्छन् पाण्डे । 
समग्रमा, विचारक मिस्चले भनेझै पाण्डेले पनि आफूलाई नेपाली पत्रकारीता, राजनीति र कूटनीतिको केन्द्रमा नै राखेर यो पुस्तक लेखेका छन् । जुनसुकै समस्याको पनि समाधानका लागि नेताहरु आफूकहाँ आउने प्रसंग पटक पटक उल्लेख गरेर, प्रायशः आफ्ना सकारात्मक कुराहरुलाई केन्द्रमा राखिएको यो आत्मलेखनले विश्व ईतिहास तथा राष्ट्रिय इतिहासका विभिन्न घटनाक्रमलाई उल्लेख गरेता पनि पाण्डेको ‘अटोवायोग्राफीकल आई’ सधै केन्द्रको वरिपरि नै घुमेको देखाएका छन् । बिसौं सताव्दीका प्रखर बिनिर्वाणबादी समालोचक तथा अटोवायोग्राफी समालोचनाका तेश्रो पुस्ताका बिचारक पल दि माँ ले सन् १९७९ मा उनको निवन्ध “अटोवायोग्रफी एज डि—फेसमेन्ट” मा लेखेका छन्— “आत्मलेखन ‘प्रोसोपोपिया’ अर्थात काल्पनिक वा अनुपस्थित व्यक्तिको अभिव्यक्ति र क्रियाकलापहरुको प्रतिनिधित्वको उदाहरण हो ।” तसर्थ लेखकले यो अटोवायोग्राफी समालोचनामा आएको पछिल्लो परिवर्तनलाई समेत ध्यान दिन सकेको भए लेखकीय ‘सेल्फ’ मात्र केन्द्रमा रहने थिएन की ?
लेखक  :  रमेशनाथ पाण्डे
पुस्तक  : कुटनीति र राजनीति
प्रकाशक : साङग्रीला वुक्स प्रा. लि.
पृष्ठ संख्या : ७३२
मूल्य : रु ७७७


Monday, November 16, 2015

खडेरी महात्म्य (कबिता)


भुकम्प महात्म्य सुनाइसकेपछि
कुमारजी आज्ञा गर्नुहुन्छ
हे अगस्त्य मुनी !
आज म हजूरलाई
खडेरी महात्म्य
सुनाउन चाहान्छु
ध्यानपूर्वक श्रवण गर्नुहोला —
“समय खडेरीको छ
पश्चिमतिरको आकाशमा
बादलका कुनै सप्काहरु छैनन् ।
घडिको सुइको ठीक विपरित दिशातर्फ भने
बादल सफा छैन
दक्षिणबाट आएका बादलहरुको जम्काभेटले होला
आकाशमा गड्याङगुडुङ सुनिन्छ ।
त्यसको ठिक बिपरित दिशातर्फ
टाऽऽऽढा तर केहि निम्बस बादलका धब्बाहरु देखेदेखि
कात्न थालेका योजनाका बातीहरु
पृथ्बीलाई नै बेर्न पुग्ने लामा बनिसके
तर
भावनाका बाती राखेर बालेका
आशाका दियोहरु
धिपधिप मात्र गरिरहेछन ।
अब एकै भय बाँकी छ अगस्त्य मुनी ! —
प्यासी जीबनले
तिर्खा मेट्नुअघि
टट्टाएका आँखाहरुले कतै
बिष्णुलाई अकै स्वरुपमा पो
देख्ने हुन कि ?
र साथमा
नारद मुनिको चर्को
नारायण ! नारायण ! ले
गुञ्जिने पो हो कि मत्र्यलोक ?”

Sunday, November 1, 2015

फेसबुक पुस्ताको आख्यान (समिक्षा) Nepal Magazine Kartik 15 2072




                                                                                   राजकुमार बराल

आदिमकालदेखि नै समाजमा पितृसत्ताको बलियो उपस्थिति छ । जहा“ पुरुषहरूको बोलवाला हुन्छ, उनीहरू आफूलाई ईश्वर, मालिक वा सत्तापक्ष ठान्छन् । महिलामाथि आधिपत्य जमाउ“छन् र उनीहरूलाई आफ्नो अनुकूल प्रयोग गर्न चाहन्छन् । अर्कातर्फ महिलाहरू आफूलाई कमजोर ठान्छन् र पुरुषहरूको हिंसा र अत्याचारको सिकार भएर पनि उनीहरू विरुद्ध विरलै मात्र बोल्न सक्छन् ।

समाजमा पितृसत्ताको जरो यसरी फि“जिएको छ, जसलाई नारीहरूले नै आफू धर्ती बनी मलजल गरिरहेका छन् । तर, यस्तो परिवेशभित्र पनि पितृसत्ताको अन्याय विरुद्ध धावा बोल्ने साहस गर्छे चिम्नी उपन्यासकी नारी पात्र ‘कुसुम’ले । नव साहित्यकार राज सरगमले फेसबुक पुस्तालाई लक्षित गरी उपन्यास पाठकसामु ल्याएका हुन् । नारीमाथि हुने अत्याचार विरुद्ध उभिएर पितृसत्ताकै पुरुषलाई प्रयोग गरी प्रतिशोध साध्ने उनको उपाय नितान्त अनौठो लाग्दछ ।

उपन्यासको अन्त्य दुःखद छ जुन कुरा उपन्यासको ‘प्रवेश’ खण्डबाट नै थाहा हुन्छ जहा“ एक विकराल चित्र प्रश्तुत गरिएको छ जहा“ तिनै प्रमुख पात्र कुसुम मृत्युशैयामा ‘परिचित’ नामक पात्रलाई खोजिरहेकी छन्, र साथमा रगतपच्छे ल्यापटप र रगतमा लत्पतिएका तीन शवहरू  । उपन्यासको बा“की भागमा तिनै मृत्युस“ग लडिरहेकी नारी पात्रले उक्त वीभत्स घटना कसरी घट्न पुग्यो भनेर उनको मृत्यु अघि ‘अर्धबेहोसी’मा लेखिएको तिनेै पात्रहरूको जीवनकहानी ।
कुसुम साधारण महिलाहरूजस्तै उदास र आवाजविहीन एक सामान्य नारी पात्र नै हुन् । उनी पनि एक सीमान्त आमा हुन् जो अत्याचारका विरुद्ध आवाज उठाउन सक्दिनन् । तर परिस्थितिले कुसुमलाई क्रान्तिकारी बनाउ“छ । पुरुष ज्यादतीले बनेको एउटा घाउमा खाटा नबस्दै अर्को पीडा सुरु हुन्छ जब उनी अर्को पुरुषको यातनाको सिकार बन्छिन् ।  पुरुष प्रधानताको प्रतिनिधि उक्त पात्र ती नारी पात्रको भावना नबुझी अप्राकृतिक क्रीडामा मात्र लिप्त हुनाले कुसुमलाई ‘जीवनदेखि नै वितृष्णा पैदा’ हुन्छ । यहि दुःखद वैवाहिक जीवन नै उनको लागि पुरुषप्रति घृणा जगाउने कारण बन्छ । परिणामतः उनले पुरुषस“ग प्रतिशोध लिने निर्णय गर्छिन् । यसै लक्ष्य अनुसार उनी पुरुषहरूको पुरुषत्व विनाश गर्ने अभियानमा लाग्छिन् । पितृसत्ताका विरुद्ध धावा बोल्छिन् र एक पछि अर्को गर्दै गोपी लगायत दस बालकको पुरुषत्व विनाश गर्छिन्, पुरुषार्थ मार्फत महिलामाथि हुने यातनाबाट मुक्ति दिन ।

सत्तामा आसीन पुरुषका बिरुद्ध जाइलाग्न त्यति सहज अवश्य नै हु“दैन । शक्तिको उपयोग गर्ने सत्ताले विभिन्न ‘डिस्कोर्र्र्ष’ मार्फत आफ्नै हितमा सत्यताको सिर्जना गरिरहेकै हुन्छन् वा आफ्नै पक्षमा इतिहास लेखिरहेकै वा लेखाइरहेकै हुन्छन् । पुरुषहरूको इतिहास पनि त्यही शक्तिको आडमा लेखिएको इतिहास नै हो । उनीहरूले स्थापना गरेको सत्यता अनुसार पुरुषहरू पहिलो दर्जाका हुन् भने महिलाचाहि“ ‘सेकेन्ड सेक्स’ ।  त्यसैले पुरुष पात्रलाई प्रयोग गर्दै पुरुष वेश्या बनाएर विदेशको रेड लाइट एरियामा बेच्ने, पुरुष–पुरुष यौनकर्मीहरूको संगठन खोल्ने जस्ता कुसुमका योजना निश्चय नै क्रान्तिकारी हुन् । यस्तै पुरुष पात्रहरूको प्रयोग गर्दै, पुरुषहरूकै नक्कल गरेर उनीहरूमाथि जाइलाग्ने कुसुमको लक्ष्य छ । ‘प्रत्येक पुरुषले नारीलाई जथाभावी प्रयोग गर्न सक्छ भने’ महिलाले पनि बदला लिन सक्छन् भन्ने क्रान्तिकारी विचार पनि उठाइएको छ यस उपन्यासमा ।

तर यी नारी पात्रको लक्ष्य र क्रान्ति त्यतिबेला कमजोर हुन्छ जब उनी आफैं ‘कसैको जीवन संगिनी बन्ने, गृहिणी बन्ने, सा“च्चै आमा बन्ने’ इच्छा लिएर परिचितस“गको सम्बन्ध अघि बढाइरहन्छिन् । तर एक दुर्घटना पश्चात् प्राप्त एक चिठ्ठीले कहिल्यै नसोचेको एक तीतो यथार्थता उजागर गरिदिन्छ  र उमेरको ठूलो भिन्नता भए पनि फेसबुकले जोडिदिएको यिनीहरूको संबन्ध जटिल मोडमा पुग्छ ।

यस उपन्यासमा प्रकाशकले दाबी गरेजस्तै यथार्थ र कल्पनाको संयोग त छ तर यथार्थ भन्दा कल्पनाको पल्ला भारी छ । केही दृृष्य त नाटकीय लाग्ने हिन्दी टेलिशृङ्खलाका नक्कल जस्तै छन् ः छोरीलाई असाध्यै माया गर्ने बुबालाई उनी गर्भवती भएको थाहा नदिई एक वर्ष सम्म भारतमै राख्नु, उनीबाट जन्मिएको बच्चा मरेको भनी बच्चालाई अन्यत्रै पठाउनु, मृत्युशैयामा लेखिएको जीवनकहानी आदि ।

कथा सरल छ, ल्यापटपमा चिम्नी नामक फाइलमा लिपिबद्घ छ । तर कतिपय ठाउ“मा हिज्जेमा समस्या देखिन्छ ः आनो, परिचिय, उच्चरण, गेपी आदि ।
यति हु“दाहु“दै पनि अनौठो प्रेम प्रसंगले पाठकको ध्यान खिच्न सफल छ । चालिस वर्षे महिला र तेइस बर्षे ठिटाको पे्रमालाप र दार्शनिक संवाद कम रोचक छैनन् । एक–अर्कालाई उनीहरूले गरेको प्रशंसा कुनै पनि आदर्श प्रेमी–प्रेमिकाको भन्दा कमजोर छैन । सजिलोमा सबै बाँच्ने तर असजिलो र अफ्ट्यारोमा बाँच्न जान्नु जीबन हो भन्दै चिम्नीतर्फ देखाउँदै शरीरलाई चिम्नी र आत्मालाई धुवा“स“ग तुलना गर्ने परिचित ठिटो भए पनि जीवन बुझेजस्तो लाग्छ ।

कथावस्तु र त्यसको उठानमा कथाकार ग्रीसेली नाटककार सोफोकिल्स बाट प्रभावित देखिन्छन् । जसरी सोफोकिल्सको नाटक ईडिपस रेक्समा योकाष्टा र ईडिपसले आफ्नो यथार्थ सम्बन्ध थाहा पाउ“दा जुन पीडाबोध गर्छन्, उस्तै अवस्था छ कुसुमको यद्यपि सम्बन्ध ज्ञात हुनुअघि नै परिचित स्वर्गे भइसकेको हुन्छ । यही जटिल सम्बन्धको अनुत्तरित प्रश्न उपन्यासकारस“ग अझ पनि छ“दै छ ।

समग्रमा केही कमजोरीका बाबजुद पनि जीवनमा कैयौं पीडा भोगेकी कुसुमको पुरुष प्रधानताका विरुद्ध उठाइएको प्रतिशोधको नया“ शैली अनौठो र डरलाग्दो पनि छ । तर कुसुमको पुरुष बिरुद्धको क्रान्तिलाई असफल देखाएर उपन्यासकारले अन्ततः पुरुषकै पक्षमा वकालत गरेको देखिन्छ । यद्यपि सरगमको चिम्नी वातावरण प्रदूषित बनाउने इ“टाभट्टाको सामान्य चिम्नी होइन बरु एक फरक विषयवस्तुलाई कथारूप दिने प्रतिकात्मक मियो चाहि“ अवश्य नै हो ।


कृति :चिम्नी
लेखक : राज सरगम
प्रकाशक : प्राइम बुक्स प्रा। लि।
विधा : उपन्यास
पृष्ठ : २६५
मूल्य : रु ३०१

Wednesday, October 14, 2015

[अनुवाद] Alice Walker's story "Am I Blue's translation as "किन दुख्छ मलाई त्यस बन्दी घोडाको आँसु?"


किन दुख्छ मलाई त्यस बन्दी घोडाको आँसु?

                                                                                                — एलिस वाकर
                                                                                       अनुवादक ः राजकुमार बराल

“यी आखाँका आँसुहरूले तिमीलाई केही भनिरहका छैनन्?”१
लगभग तीन वर्षका लागि म र मेरा साथीले गाउँमा एउटा सानो घर भाडामा लियाँै । ठूलो चउरको किनारामा उभिएको त्यो घर सिधै पहाडतर्फ दर्गुन तम्तयार परेजस्तो देखिन्थ्यो । केही टाढा रहेको पहाड र हाम्रो विचमा एउटा शहर थियो । घरका धरै राम्रा पक्षहरूमध्ये यो पनि एक थियो तर तिमीलाई त्यस कुराको कहिल्यै महसुस भएन ।
घरमा धेरै झ्यालहरू थिएः होचा, चौडा, भुइँदेखि छतसम्म फैलिएका, चउरतिर फर्किएका । यिनै मध्ये एउटा झ्यालबाट मैले पहिलोपटक सबैभन्दा नजिकैको छिमेकीलाई देखेँ—एउटा ठूलो सेतो घोडा, विस्तारै हिँड्दै, गर्धन हल्लाउँदै चरिरहेको । तर ऊ पूरै चउरमा हिँडिरहेको थिएन । बरु हामीले भाडामा लिएको जमिनबाट नजिकै जमिनसँग जोडिएको पाँच एकड तारबेरा गरिएको जमिनमा मात्र हिँडिरहेको थियो । मैले चाँडै थाहा पाएँ कि त्यो ब्लू नामको घोडाको मालिक अर्कै सहरमा बस्थे तर त्यस घोडाको हेरचाह भने हाम्रा पल्ला घरका छिमेकीले गरिरहेका थिए । कहिलेकाहीँ एउटा बच्चो— प्रायजसो एउटा पुड्को किशोर र अरु बेला अझ भर्खरकी केटी वा केटाले त्यो घोडा कुदाइरहेको देखिन्थ्यो । तिनीहरू एकपटक चउरमा देखिन्थे, घोडाको पिठ्यूँमा चढ्थे, दश—पन्ध्र मिनेट जवरजस्त घोडा दौडाउँथे र एक महिना वा सोभन्दा वढी हराउँथे ।
बगँैचामा धरै स्याउका रुखहरू थिए, एउटा त बारको यति नजिकै थियो कि  त्यसलाई ब्लूले जमिनबाटै लगभग भेट्थ्यो । छिट्टै नै हामीहरूले उसलाई स्याउ खुवाउने बानी बसाल्यौ । खासगरी मध्य गृष्मबाट पानीको अभावले हरिया र रसिला घाँस सुकिसकेका हुनाले ब्लूले स्याउ खुव मनपराएर खान्थ्यो तर सुकेका घाँस मन नलागी–नलागी खान्थ्यो । कहिलेकाहीँ त  ऊ स्याउको बोटमुनि आएर चुपचाप उभिन्थ्यो र हामीमध्ये एक जना जब वाहिर आँउन्थ्यौ, उ, खुसीले  कराउथ्यो, हिनहिनाँउथ्यो र खुट्टा भुइँमा बजाथ्र्यो । त्यसको अर्थ हुन्थ्यो— मलाई स्याउ देऊ ।
केही स्याउहरू टिप्नु, राती जमिनमा खसेका स्याउहरू जम्मा गर्नु र एक एक गरेर उसको ठूलो र दाँतैदाँत भएको मुखमा हालिदिनु आफँमा रमाइलो अनुभव थियो । उसका लचकदार काला ओठहरू, ठूला घनाकार दाँत सिङ्गै स्याउ चपाउन सक्थे । उसका चौडा छातीको विशालताले त मलाई आफू साँच्चै सानो भएको महसुस गराउँथ्यो । म पनि सानी हँुदा घोडा दौडाउँथे । म “नान” नामको घोडासँग वढी नजिक थिएँ । तर एकपटक मैले घोडा दौडाउँदै गर्दा नानलाई मेरो भाइले जानीजानी जिस्क्यायो र म घोडाबाट लडेँ । टाउको गएर रुखमा बज्रियो । मैले थाहा पाउँदा मेरी आमा चिन्तित भएर मलाई हेरिरहनुभएको थियो । त्यसपश्चात हामीले चुपचाप सहमति जनायौँ की घोडचढी मेरो लागि सुरक्षित खेल होइन । त्यसदिन देखि म हिँड्न थालेकी छु । घोडा चढ्नभन्दा हिँड्न रुचाउँछु तर दुर्भाग्यको कुरा के छ भने मैले त्यसै बेलादेखि घोडाको आँखामा देखिने भावनाको गहिराइ वुझ्न छोडेकीे छु ।
यही कारणले मैले ब्लूको भावना पनि बुझ्न सकिनँ । ब्लू एक्लो थियो । हो, ब्लू फगत एक्लो र दुःखी थियो । मलाई लागेको थिएन कि सुन्दर चउरको पाँच एकड जमिनमा विचरण गर्न पाउँदा ऊ दुःखी हुन्छ भनेर । तर म अचम्भ्ति त्यति बेला भएँ जति बेला मैले मानव र गैरमानव जनावरहरू राम्ररी सम्वाद गर्न सक्दछन् भन्ने कुरा भुलेकी थिएँ । सायद हामीलाई बच्चाकालमा जनावरका बीचमा हुर्काइएको भए सो कुरा बुझ्न कठिन पर्थेन होला । जुन बेला हामी वयस्क हुन्छाँै हामी सम्झदैनाँ,ै तर जनावरले सम्झन्छन् । तिनीहरू पूर्ण जीवहरू हुन्, परिवर्तन हुँदैनन् । आफूलाई व्यक्त गर्नु उनीहरूको प्रकृति हो । आखिर के भन्न चाहन्छन उनीहरू? उनीहरू जे चाहन्छन व्यक्त गर्छन् तर सामान्यतयाः वेवास्ता गरिइन्छन् ।
जब ब्लूलाई स्याउहरू दिइसकेर म घर फर्कन्थँे— लाग्थ्यो ऊ मलाई हेरिराखेको छ । अरु पनि स्याउ पाइन्छ कि? आजको रमाइलो यतिमात्र हो कि ? मेरो साथीको सानो छोरा शिरक बनाउने सिप सिक्न चाहन्थ्यो । म मेरै ध्याउन्नमा हुन्थेँ । लाग्थ्यो,  हामी आआफ्नै सौखका क्षेत्रमा चुपचाप काम गथ्र्यौ ।
हो, दासत्वको बारेमा कथा छुट्टै छ । ती गोरा बच्चाहरू जसलाई काला जातिका मानिसले हुर्काए, सबभन्दा पहिलो माया पनि काला महिलाहरूबाट पाए । तर जब ती बच्चाहरू बाह्र वर्ष जतिका हुन्छन् उनीहरूलाई सिकाइन्छ कि तिमीले म्याम्मी अर्थात् काला जातको सुसारेसँग गहिरो सम्बन्ध नराख्नू । पछि उनीहरू भन्न थाल्छन् “मेरी बुढी म्याम्मीलाई अर्को राम्रो परिवारमा बेचियो ।” “मेरी बूढी म्याम्मी———” खाली ठाउँ भर । धेरै वर्षपछि एउटी गोरी महिलाले भन्नेछिन्, “म यी हप्सीहरूलाई बुझ्नै सक्दिनँ । आखिर तिनीहरू के चाहान्छन्? तिनीहरू हामीहरूभन्दा कति फरक छन् ।”
काला आदिवासीलाई आगन्तुक गोराहरूले जनावरजस्ता ठान्छन् र उनीहरूलाई गरेको प्रशंसा वुझ्दैनन । तर आप्रवासीले जनावरतुल्य ठानेका यी आदिवासीहरू भने आफूहरूलाई कुटिलतापूर्वक प्रयोग गरिएको जनावर शब्द गाली हो कि प्रशंसा हो भन्ने सम्म पनि बुझ्दैनन् ।
हजारौँ अमेरिकी पुरुषहरू जापानी, कोरियन, फिलिपिनो तथा अन्य अङ्ग्रजी बोल्न नजान्ने महिलाहरूसँग विवाह गर्छन् र तिनीहरूका श्रीमतीहरूले अङ्ग्रजी बोल्न नजान्दा सम्म “अत्यन्तै खुसी” भएको अभिव्यक्ति दिन्छन् । तर त्यस बेला सम्ममा उनीहरूको विवाह नै समस्याग्रस्त भैसकेका हुन्छ  । त्यति बेला अमेरिकी पुरुषहरूले तिनै विवाहित तर अङ्ग्रेजी बोल्न जानीनसकेको महिलाहरूका आँखामा हेर्दा देख्छन् त फगत आफ्नै प्रतिविम्ब ।
म सोच्छु समाज किन युवाहरूप्रति अधीर छ? “तिनीहरू किन यति चर्को आवाजमा सङ्गीत बजाउँछन्?” सायद उनीहरू जन्मनुभन्दा अगाडि उनीहरूका बुवाआमाले नाचेका “प्रताडित” मानिसहरूको सङ्गितभन्दा बढी सङ्गीत त उनीहरूले अहिले नै सुनिसकेका  छन् — माया र स्वीकृतिको मधुर आवाजको साथ । र छक्क पर्छन् किन तिनीहरूका बुवाआमाहरूले ती सङ्गीत सुन्न सकेनन् !
मलाई थाहा छैन, ब्लू कहिलेदेखि त्यही सुन्दर तर दिक्दारलाग्दो पाँच एकड चउरमा बसिरहेको छ । हामी एकवर्ष अघि यस घरमा आएपश्चात पनि धेरै ठाउँ घुमिसक्यांै । तर ब्लू त्यहीँको त्यहीँ छ ।
तर, हामी यस घरमा आएको दोस्रो वर्षमा ब्लूको जीवनमा केही घटना घट्यो । एक बिहान, रिबनजस्तो देखिने कुहिरो लागेको चउरमा झ्यालबाट हेर्दा मैले अर्काे एउटा खैरो रङ्गको घोडा सोही चउरको एक किनारामा देखँे । ब्लू डराएजस्तो देखिन्थ्यो र धेरै दिनसम्म मैले उसको नजिकमा जाने प्रयास गरिनँ । एक हप्ताका लागि हामी पनि घरबाहिर गयांै । जब हामी फक्र्याै, ब्लूले त्यसलाई साथी बनाएछ र सँगसँगै हिड्ने, दौडने गरिरहेका थिए—यतिसम्म कि ब्लू स्याउको बोटमुनि पहिलेजस्तो निरन्तर आइरहेको पनि थिएन ।
जब उसले नयाँ साथी पायो, उसको आँखामा भिन्न किसिमको हेराइ थियो—घोडा हुनुको भावको, स्वतन्त्रताको र स्वामित्वको । अन्ततोगत्वाः उसकी साथी गर्भवती भई । मलाई लाग्थ्यो, महिनौँदेखि न्याय र शान्तिको घोडाहरू र मेरो बिचमा परस्पर सम्बन्ध थियो । मैले तिनीहरू दुबैलाई स्याउ ख्वाएँ । जब मैले ब्लूको आखाँमा हेरेँ, एकप्रकारको निच्छल  “आफ्नोपन” व्याप्त थियो ।
ब्लूको यो खुसी चिरस्थायी भने हुन सकेन । एक दिन सहरबाट फर्केपछि म ब्लूलाई स्याउ दिन गएँ । मैले सोचेँ ऊ कतै पर्खिरहेको होला । मैले रुख हल्लाएँ, रुखबाट तल झरँे तर उसलाई हलचल गराउन सकिनँ । मैले उसका लागि केही स्याउ लिएर आएँ तर उसले दुःखले आधामात्र खायो र आधालाई जमिनमा नै छोडिदियो । जब मैले थाहा पाएँ उसको खैरो रङ्गको साथी गइरहेको थियो, मैले डराउँदै डराउँदै उसको आँखामा हेरँे । यदि म दासत्वमा जन्मेको भए र मेरो साथीलाई बेचिएको वा मारिएको भए, मेरा आँखा पनि ब्लूका जस्तै हुन्थे । छिमेकी बच्चाहरूले व्याख्या गरेअनुसार ब्लूको साथीलाई त्यहाँ “राख्दा” उनीहरूबीच क्रिडा भई उनी गर्भवती भइन् (दासत्वको बेला दासहरूलाई मालिकले त्यसै गर्ने गर्थे )। उनीहरूको कार्य सम्पादन भइसकेपछि साथीलाई अन्यत्र कतै बस्ने मालिकले फिर्ता लगे ।
“उनी फिर्ता आउँछिन्?” मैले सोधँे ।
उनीहरूलाई थाहा थिएन ।
ब्लू बहुलाएको मानिसजस्तै थियो । मेरा लागि ब्लू बहुलाहा जस्तै थियो । ऊ पाँच एकड चौरमा रिसले चूर भएर यता उता दगु¥थ्यो । उसले सकुञ्जेल बिलौना ग¥यो । खुरले जमिन खोतल्यो, एउटा मात्र छाँया दिने रुखमा टाउको बेस्मारी रगड्यो । उसले आफ्नो साथी गएको बाटोतर्फ निरन्तर हेरिरह्यो । कहिलेकाहीँ मात्र ऊ स्याउका लागि आँउदा वा मैले उसलाई स्याउ दिँदा ऊ मलाई हेथ्र्यो । उसको हेराइ यति टिठलाग्दो, पिडायुक्त र यति “मानवीय” थियो कि जनावरहरू पनि दुःखी हुन्छन् भनेर नजान्ने मानिसहरूलाई सम्झेर म झण्डैले हाँसे (किनकि मलाई रुन दुःख लाग्छ) । म जस्तै दैनिक बिर्सिनेलाई जनावरहरू एक सत्य भन्ने प्रयास गर्छन् — “तिमीहरू हामीहरूलाई जे गर्छौ, तिमीहरूलाई पनि त्यही हुन्छ । हामीहरू तिमीहरूका शिक्षक हौं जसरी तिमीहरू हाम्रा । हामीहरू एक पाठ हौँ ।” त्यस्ता मानिसहरू पनि छन् जसले जनावरको पनि अधिकार हुन्छ भनेर सोचेका पनि हुदैनन् । कसैलाई त जनावरहरू प्रयोग हुन र दुरुपयोग गरिन चाहन्छन् जसरी साना बच्चाहरू तर्सिइन मन पराउछन् या महिलाहरू प्रताडित हुन र बलात्कृत हुन मन पराउछन् भनेर सिकाइन्छ । तिनीहरू त्यस्ता मानिसका पनातिहरू हुन् जसलाई सिकाइएको थियो कि “महिलाहरू सोच्न सक्दैनन्” र “काला जातकाहरू अनुभुत गर्न सक्दैनन्” । सबैभन्दा दुःख लाग्दो कुरा त ब्लूका ठूला र खैरा आँखामा एक नयाँ दृश्य थियो—निराशाको दृश्य भन्दा पनि बढी पीडादायी, मानव र जीवनप्रतिको घृणाको दृश्य । घृणाको दृश्यले दिएको यो अनौठो अनुभव थियो । यही अनुभवले उसलाई जीवनमा पहिलोपटक हिंस्रक जङ्गली जनवारको हेराइको अनुभुति दियो । यसको अर्थ थियो — उसले थप हिंसाबाट आत्मसुरक्षाका लागि एउटा पर्खाल खडा ग¥यो जुन सत्यतालाई संसारका सबै स्याउहरूले पनि परिवर्तन गर्न सक्ने छैनन् ।
ब्लू हाम्रो भौगोलिक परिदृश्यको एक सुन्दर अंश रह्यो — झ्यालबाट हेर्दा हरियो घाँस माथिको सेतो घोडा ज्यादै शान्त देखिन्थ्यो । एकपटक एक जना साथीले बाहिरको मनोरम दृश्य हेर्दै सोधे “सेतो घोडा स्वतन्त्रताको विम्ब हुनुपर्छ ।” खिन्न भएर मैले सोचेँ, हो जनवारहरू हाम्रा लागि विम्बमात्र भएका छन् । हामी “सन्तुष्ट” गाईलाइ देखाउँछौँ र कन्टेनरबाट दुध पिउँछौं, “खुसी” कुखुरीका अण्डा र ड्रमस्टिक खान्छौं, विज्ञापित हेम्बर्गर चपाउँछौं, तर ती जनवारका वास्तविक जीवनबारे केही पनि सुन्न वा बुझ्न चाहँदैनौं ।
एक दिन स्टिक खान बस्दा हामीले सबैका लागि स्वतन्त्रता र न्यायका कुरा ग¥यौं । जब मैले पहिलो गाँस लिएँ, मैले सोचेँ म पीडा खाइरकेही छु ।  मैले तुरुन्तै, खाँदै गरेको कुरा थुकेँ ।

Friday, October 9, 2015

"So many Selves" [Review on Dhungana's Ghazal Anthology "AAFAIN BHITRA" (2072-06-23)



 'Ghazal,' an ancient form of poetry, practiced in the Middle East since long before the birth of Islam, mostly explores the theme of unrequited love. Oxford Dictionary defines it as "a lyric poem with a fixed number of verses and a repeated rhyme, typically on the theme of love and normally set to music." Today the form, having expanded its horizons, incorporates themes of not only 'love' but also the larger issues around pain and loss.  Made of rhyming couplets with  structural, thematic and emotional unity, modern ghazals can be used by skilled poets to express almost everything.
In his second anthology, Gopi Krishna Dhungana has used ghazals to explore his own self and the selves we create amid this flux called reality, and thus the title of the collection- Aafai Bhitra- which comprises fifty-two poems altogether.  Dhungana's poems oftentimes paeans to the nation, nature of god, but primarily work as vehicles through which the poet achieves catharsis. Some of the poems are also used to express anger against political, social, cultural ills rampant in our surroundings and they call out the politicians'penchant for mudslinging and back-stabbing.
Some of Dhungana's more patriotic ghazals seemchillingly prescient given the milieu we are living in, and they shine a light upon our society's constructs, which lead to divisions and the creation of hierarchies. He calls for national unity despite our differences, for example, one ghazal entitled Chandi (Silver) Jhulne asks the Tarai and the Himalayan regions to come together and Dukhnuparcha Aaba warns about foreign interference if the nation cant take care of matters itself:
            Najogae jhuknasakxa Sagarmatha shira
            Mauka chhopi bidesile parlan lutuputu.
Buddhalai Bali is another political poem that asks Nepalese to shun violence and live up to the ideals of  by Lord Buddha.
The poet also explores the usual ghazal fare- romantic love, usually among youngsters-- and all trials and tribulations that they have to live through. Perhaps the form does not allow the cynicism and weariness, when it is used to explore the theme of love, Dhungana's love poems mostly sing the praises of the beloved.

Although ghazals mostly try to make the mundane transcendent or sometimes elevate quotidian pain into tragic pathos, Dhungana does not desist from creating poetic material out of the lived stories that made up our daily grind: even isuues such as unemployment and inflation get the ghazal treatment. Dhungana seems to be attempting to widen, at least for himself, the scope that the form can be used to encompass --to transform the ghazal into a poetics of the people.
But despite his willingness to work with novel themes, Dhungana does not attempt to give too experimental with his prosody. Every title of the anthology begins with the first two words of the first line, a practice that is  acceptable in the recent ghazal writing circles. Out of fifty-two poems , fourteen ghazals have four shers (couplets), twenty-two have five, eight have six, and remaining eight have seven shers. Almost all the ghazals have used full rhyming and a few have used partial rhyming kafias (the words before the radeef). Undoubtedly, the use of radeef  adds a certain harmony to the compositions, but the executions are not flawless.There is also the matter of the poet's drawing from eclectic influences--a technique that great experimental poets can pull off with elan when the going is good--but the mixing of folk sensibilities with English words in Dhungana's creations sometimes comes across as instances of overcoming.
     To break the monotony, the poet could perhaps opt for more stylistic variations in his future collections. The poet does have a way with proverbs, idioms, and phrases, using them in supple configurations to produce a novel euphony, and thus holds much promise.







Saturday, September 26, 2015

तादीकिनारको अन्तर्कथा (समिक्षा) Nagarik daily





रसियन समालोचक मिखायल एम. बाख्तिनले भनेका छन्— “साहित्यिक रङ्गमन्च” मा उपन्यास हिरो हो । अन्य साहित्यिक कृतिहरू बेता बसिसकेका छन् तर उपन्यास भने निरन्तर बिकासको क्रममा छ र यसै कारणले अन्य बिधाहरू धमाधम “औपन्यासिकरण” तर्फ उन्मुख छन् ।

बीसौं शताब्दीका एक महान बिश्लेषकको यो भनाइले  उपन्यासको बढ्दो ख्यातिलाई पुष्टी गर्दछ । यही निरन्तर उचाइतर्फ गइरहेको साहित्यिक बिधालाई अभिव्यक्तिको माध्यम बनाएका छन् कवि तथा समालोचकको छवि बनाइसकेका महेश पौड्यालले आफ्नो दशौं साहित्यिक कृतिको रुपमा “तादी किनारको गीत” नामक उपन्यास बजारमा ल्याएर ।
बुक आर्ट नेपालले प्रकाशन गरेको उक्त पुस्तकले दोलालघाटको माझी गाउँबाट विभिन्न कारणले बसाइँ सरेर नुवाकोटको तादी नदीको किनारामा गएर बसेका माझीहरू तादी किनारमा पसिना, पिडा र मिहिनेतका सुनकोसी र इन्द्रावतीहरू बगाइरहेका छन् भन्ने यथार्थलाई उपन्यासको बिषयबस्तु बनाइएको छ ।
युवा तथा वयस्कलाई लक्षित गरेर तथा कल्पनाको कलेबर लगाएर परम्परागत कथावाचन शैलीमा लेखिएको यो एक यथार्थवादी उपन्यास हो । यसमा सामाजिक र मनोवैज्ञानिक यथार्थवादका प्रशस्तै दृष्टान्तहरू छन् । बिश्लेषक रोबर्ट स्कोल्सले तर्क गरेका छन् — उपन्यास यथार्थवादी हुनका लागि उपन्यासमा प्रयुक्त शव्दावलीहरू समाजशास्त्र र मानवशास्त्रवाट लिइएका हुनुपर्छ, प्रयोग गरिएका पात्रहरू आफ्नै परिवेशका हुनुपर्छ र उनीहरूले आफ्नै कथा भनिरहेका हुनुपर्छ । स्कोल्सको भनाइलाई पुष्टि गर्ने पात्र, परिवेश र शब्दावलीहरू यस उपन्यासमा यत्रतत्र भेटिन्छन् ।

सत्ताकेन्द्रित सङ्कथनले न्याय गर्न नसकेको माझी समुदाय यस उपन्यासको केन्द्रमा छ र उनीहरूकै जीवनको  वरिपरि यो उपन्यास घुम्छ । उनीहरूको जीवनपद्धति, संस्कृति, संस्कार र रहनसहनका राम्रा नराम्रा पक्ष उपन्यासमा वर्णित छन् । दृष्टान्तका लागि, माझीहरूको निजी विशेषता  लखुमलाई सुनाउँदै काहिँला माझीबा भन्छन् “हेर्, हामी माझी हौ । हाम्रो समाजमा आइमाईलाई थिचोमिचो गर्नु , कुटपिट गर्नु महापाप हो । बुझिस् ? दुिखनीलाई सधँै माया गरेस् ...छोराछोरी जे जन्मिए पनि बराबर माया गरेर पालेस् तालेस् । पाहुना पासा आउँदा माछा खुवाएर आदरपूर्वक राखेस् । बर्षको पहिलो दिन मारेको पहिलो माछा कुलदेवीलाई चढाएस् । . . . गाईभैँसीलाई कहिल्यै दुःख नदिनू अनि छोराछोरीलाई पनि त्यही सिकाउनू । बुढापाकाको सधैँ आदर गर्नू । कहिल्यै मुख नलाग्नू  ।”
यति सभ्य र शालीन जीवनशैली भएका माझीहरूको जीवनमा भने सधैंभरि ग्रहण लागिर¥ह्यो । उनीहरू निधारबाट पसिनाका तादी र आँखाबाट सुनकोशी र इन्द्रावती बगाइरहे । “भोकाउनु र भोकाइरहनु” उनीहरूको बिवशता बन्यो । यिनै बिवशहरूको उपन्यास हो “तादी किनारको गीत” ।
यस उपन्यासका पात्रहरू सवाल्र्टन हुन् तर उनीहरूको सचेतता भने गज्जबको छ । माझीबा समझदार छन्, माझीहरूका अभिभावक हुन्, परिस्थिति अनुसार सहि निर्णय गर्छन्, तिल्केले कसैलाई कहिल्यै धोका दिदैन । सायद उपन्यासकारले यो उपन्यास मार्फत भन्न चाहान्छन्—कानूनी तथा संवैधानिक ब्यवस्थालाई मात्र परिवर्तन गरेर लक्षित समुदायमा आशातित परिवर्तन ल्याउन सकिदैन । लक्षित वर्गको सोच्ने क्षमता, कल्पना  शैलीलाई परिवर्तन ल्याउनु पहिलो दायित्व हो । त्यसो गर्दा सम्बन्धित समुदायकै भाषा र परिवेशबाट कथा उन्नुपर्छ भन्ने लेखकीय दृष्टिकोण देखिन्छ, यद्यपि उनले माझीले नै बोल्ने भाषाशैली भने प्रयोग गरेका छैनन् ।
उनै समालोचक बाख्तिनले भन्ने गरेको “हेटेरोग्लोसिया÷पोलिग्लोसिया” अर्थात बहुभाष्यको विशेषता यस उपन्यासमा पनि भेटिन्छ । पौड्यालका अन्य कृतिहरूलाई जस्तै यस पुस्तकलाई पनि वालमनोविज्ञानको  दृष्टिबिन्दुबाट व्याख्या बिश्लेषण गर्न सकिन्छ । बिकवा र मालश्रीको पे्रमकथा, लखुम र दुखिनीका बाल्यकालको मनोविज्ञान, जानुकीको लखुमप्रतिको चाह, मचुङ्गेनी भाउजूकी छोरी बुल्कीले दश बर्षकी हुँदा देखाएको व्यवहार त्यसका आधारहरू हुन् । साथै यो उपन्यासले वयस्क प्रेमीहरूका मानसपटलमा आउने भावनाहरूलाई पनि संवोधन गरेको छ ।
लेखकले बालविवाहको विरोध गरेका छन्, यस्ता सामाजिक कुरीति यथासम्भव छिटो अन्त्य  गर्नुपर्ने चाह लेखकमा छ । एउटा लहडको निर्णयले बालखमै निश्चित हुने बिवाह र त्यसका दुष्परिणामलाई समेत समाविष्ट गरेका छन् । विश्वव्यापीकरणले माझीहरूको पेशामा पारेको प्रभावप्रति पनि लेखक सजक छन् । माझीहरूको पुखर््यौली देखिको पेशालाई मोटरबोटले विस्थापन गरेपछि निराश बनेका लखुमहरू थातथलो नै छाडेर बसाइँ सरेका छन् ।
कथाकी एक प्रमुख पात्र ‘दुखिनी’को भाग्य उनकै नाम जस्तै छ । उनी हाम्रै समाजकी एक प्रतिनिधि पात्र हुन् । उनका पनि हाम्रा जस्तै कयौं ससाना सपनाहरू छन् र हाम्रा पनि उनका जस्तै कयौं सपनाहरू अधुरै र अपुरै छन् । उनको धरहरा हेर्ने रहर सपनामा मात्र सिमित भएजस्तै हाम्रा पनि कयौं रहरहरू सपनामैं सिमित छन् । ‘कुमार’ जस्ता समाजमा आतङ्क फैलाउनेहरू पनि प्रशस्तै छन् हाम्रो समाजमा । उनीहरू मानवता बुझ्दैनन् र गरिबका श्रमहरू  लुटिरहन्छन्, निधारबाट सुनकोशी बगाउनेको पिडा बुझ्दैनन र थिचोमिचो गरिरहन्छन् । ‘लखुम’ जस्ता मिहिनेती माझीहरू पनि छन् हाम्रो समाजमा, गरिब हुनुका पिडा छन् उसका जस्तै हामीसँग । ऊ भोक लागे पनि नलागेको अभिव्यक्ति दिन्छ, गरिब छ तर मानवता छ, मजदुरी गर्छ तर आत्मा बेच्दैन ।
यथार्थवादी कथा हुँदाहुँदै पनि आख्यानात्मक कृति भएकोले कल्पनाको संसार पनि सानो छैन । बिकवाले आफू सात वर्षको हुँदो कल्पेको संसार उसको उमेर भन्दा ठूलो छ ।
लक्षित समुहले बुझ्ने भाषाको उपन्यास बोधगम्य छ ।  सामान्य भाषगत त्रुटिहरू भएपनि पाठकलाई  रुँदारुँदै हसाउने र हाँस्दाहाँस्दै रुवाउने क्षमता राख्ने यो कृति कमै मात्र लेखिने युवा–वयष्क साहित्यको एक कोशेढुङ्गा नै हो । केही सामान्य वेमेलहरू छन्, जसको जवाफ लेखकले दिनुपर्ने हुनसक्छ पाठकलाई । उदाहरणार्थ, सबैको न्यायको कुरा गर्ने पौड्यालले सुर्पणखालाई कुरुपताको विम्बको रुपमा चित्रण गरेर पुरानो विभेदकारी सङ्कथलाई दोहो¥याएका त होइनन् ?

Friday, September 18, 2015

नदीको सूरमा निग्रोको आत्मगीत [अनुबाद]


http://www.ekabita.com/%e0%a4%a8%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%a4%e0%a5%8d/
                                                                                     कवि : ल्याङ्गस्टन ह्यूजे (१९०२–१९६७)
अनुबादक : राजकुमार बराल
नदीको सूरमा निग्रोको आत्मगीत

धेरै भयो मैले बुझेको, नदीहरूको रहस्यगान ।
मलाई संसार जतिकै आदिम र मानव नलीहरूमा बग्ने रक्तप्रवाह भन्दा पनि पुराना नदीहरूको महात्म्य थाह छ
मेरो आत्माको गहिराइ तिनै नदीहरू जस्तै छ ।

मिर्मिरेहरू कलिलै हुँदा मैले युफ्रेट्स नदीमा नुहाएँ ।
एउटा झुप्रो बनाएँ कङ्गो नदी तटमा र नदीले मेरा लागि लोरी गायो ।
मैले नील नदीतिर आँखा बिछ्याएँ, र त्यसमाथि पिरामिड ठड्याएँ
जब एबि लिङ्कन न्यू ओल्र्याण्डबाट झरे, मैले मिसिसिपिको गाना सुनेँ
र देखेँ सूर्यास्तमा यसको धमिलो छाति पहेँलो रङ्गमा बदरिहेको ।

मलाई नदीहरूको बारेमा थाह छ :
प्राचिन, गोधुली नदीहरू ।

मेरो आत्माको गहिराइ तिनै नदीहरू जस्तै छ ।

कविता समर्पण : डबल्यू इ. बि. डूबोइस





Wednesday, August 26, 2015

अंग्रेजीका कुरा [History of English Language]

युबामञ्च २०७१, बैशाख अंकबाट साभार    
अंग्रेजी भाषाको लामो गौरवशाली इतिहास यो आफैँमा ओरिजनल भाषा नभई विभिन्न भाषाको चरणवद्ध विकास सँगै आजको अवस्थामा आइपुगेको हो यसको इतिहासको सुरुवात तव हुन्छ जव तीन जर्मेनिक जातिहरुएङगल्स (डेनिस पेनिन्सुलाको दक्षिण भागबाट), स्याक्सन (इल्वेको पश्चिम राइनकोे पूर्वबाट) जुट्सहरु(उत्तरी डेनमार्कको जुटल्याण्डबाट) व्रिटोन प्रवेश गर्छन्, पाँचौ शताब्दीबाट तत्कालिन समयमा व्रिटोनका बासिन्दाहरु केल्टिक भाषा वोल्थे एङगल्सहरु वस्न थालेको ठाउँ (इस्ट एङगल्स वेस्ट एङगल्स) उनीहरुको भाषाइङग्लिस्क जसबाट नै इङलिस इङल्याण्ड शब्दहरुको उत्पत्ति भयो
       सुरुमा वेसेक्स पछि एङ्गलो स्याक्सनका राजा अल्फ्रेड ग्रेटले अंग्रेजी भाषाको विकासमा विशेष जोड दिएका थिए उनले नोबलहरूलाइ पढाउन कोर्ट स्कूलहरु स्थापना गर्नुका साथै बिभिन्न पुस्तकहरु जस्तै हिष्ट्रि अफ भेनेरेवल बेद,डायलग अफ ग्रेगरी ग्रेटविथियसस कन्सोलेसन अफ फिलोसफि आदिको अनुबाद ल्याटिनबाट अंग्रेजीमा गर्नमा समेत योगदान गरे उनकै योगदानका कारण अंग्रेजी लेख्य भाषाको रुपमा स्थापित भयो सन् ८६६ माडेनिस ग्रेट आर्मी जसलाई भाइकिङ्ग पनि भनिन्थ्यो ले इष्ट एङ्गलिया, नर्थुराम्बिया मर्सियाको धेरै भागमा कब्जा जमाए यिनीहरुको भाषाले अंग्रेजी भाषालाई प्रभाव पा¥र्यो तथापि भाषागत भिन्नता धेरैै नभएकोले अंग्रेजहरुले पनि यो भाषा वुझ्दथे
       सन् १०६६ मा ह्यास्टिङ्गको युद्ध भयो अंग्रेज राजा ह्यारोल्ड यस युद्धमा मारिए, नर्मनहरुले युद्ध जिते नर्मनहरु फ्रेन्च भाषा वोल्थे यद्यपि फ्रेन्च इङ्गल्याण्डको राष्ट्रभाषा हुनचाहिँ सकेन यो कोर्ट, नोविलिटी, पोलाइट सोसाइटी लिट्रेचरको भाषाको रुपमा रह्यो फ्रेन्च उपल्लो वर्गको, ल्याटीन चर्चको अंग्रेजी सर्वसाधारणको भाषा वन्यो फ्रेन्च शब्दहरु अंग्रेजी भाषामा उल्लेख्य संख्यामा ल्याइए मुख्य गरी सन १२००१३५० को वीचमा यो प्रभाव जारी नै रह्यो सन् १४१५ मा जहिले राजा हेनरी पाँचौले फ्रेन्च भाषालाई इन्कार गरे यो भन्दा अघि सन् १३६२ मा नै अंग्रेजी भाषालाई कोर्टको भाषाको रुपमा स्विकारिएको थियो पन्ध्रौँ शताब्दीमा स्तरीय अंग्रेजी (स्ट्याण्डर्ड इङ्गलिस)को विकास भयो र्र गे्रट भवेल सिफ्ट ले अंग्रेजी भाषाको स्तरोन्तिको लागि महत्वपूर्ण योगदान गर्यो सन् १४७६ मा विलियम क्याक्सटनले प्रिन्टिङ्ग प्रेसको स्थापना गरे पश्चात वाइवल लगायत महत्वपूर्ण कृतिहरु मुद्रित भए अंग्रेजी भाषामा अंग्रेजीको व्यापकता वढ्दै गयो सन् १६०४ मा प्रकासित पहिलो शब्दकोस (टेवल अल्फावेटिकल) अंग्रेजी भाषा विस्तारमा कोशेढुङ्गा सावित भयो

नेपालमा अंग्रेजी प्रभाव

नेपाल कुनै वेला पनि अंगे्रज औपनिवेशमा नपरे पनि अंग्रेजी कार्यालयको भाषा नभए पनि अंग्रेजी भाषाको वढ्दो विस्तारकोे प्रभाव नेपालमा पनि उल्लेख्य रुपमा परेको देखिन्छ मुख्यतयाः सन् १९५० मा राणा शासनको पतन पछि नेपालले जव विदेशीहरुका लागि ढोका खोल्यो तव देखि नै विभिन्न क्षेत्रहरुः पर्यटन, अनुसन्धान, व्यापार, धार्मिक प्रयोजन, आदिमा विदेशीहरुको आगमन वढ्यो साथै अंग्रेजी भाषाको पनि नेपालले विभिन्न राष्ट्रहरुसँग दौत्य सम्बन्ध स्थापना गरेपछि तथा विश्व बैँक, विश्व व्यापार सङ्गठन, संयुक्त राष्ट्र सङ्घ जस्ता अन्तराष्ट्रिय सङ्गठनहरुको सदस्यता लिएपछि नेपालमा विभिन्न वहुराष्ट्रिय कम्पनी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको चहल पहल पनि वढ्यो साथमा अंग्रेजी भाषाको पनि
       पर्यटकहरुको आगमनको प्रभावसँगै अंग्रेजीको प्रभाव वढ्दै गयो जुन प्रमुख सहरहरु काठमाडाँै, पोखरा आदिमा महसुस गर्न सकिन्थ्यो ग्रामिण इलाकाका पर्यटकिय क्षेत्रहरुमा समेत पर्यटकिय क्षेत्रमा वसोवास गर्दै जीवन गुजारा गर्नेहरु निरक्षर नै भए पनि कामचलाउ अंग्रेजी प्रयोग गर्न सक्ने भएका छन्, अंग्रेजीको आवश्यकता विस्तारले हालका वर्षहरुमा शैक्षिक संस्थाहरुमा अंग्रेजी भाषाको प्रभाव वढ्दो सरकारी विद्यालयहरुले पनि पठनपाठनको माध्यमलाई अंग्रेजीमा परिर्वत गर्न थालेका प्रशस्त उदाहरणहरु छन् प्राविधिक विकास सँगसँगै अंग्रेजी भाषाको विस्तार अपरिहार्य वनेको यसको आवश्यकता नेपालमा समेत परेको
       सन् १९९० को प्रजातान्त्रिक आन्दोलन पछि नेपालले उदार आर्थिक नीति अवलम्बन ¥र्यो जसको फलस्वरुप दाता राष्ट्रहरु, संस्थाहरु नीजि क्षेत्रहरुले राष्ट्र निर्माणको भुमिकामा महत्वपूर्ण योगदान गरे नीजिसरकारी साझेदारीले अंग्रेजीलाई बिश्वब्यापी भाषाको रुपमा स्थापना गर्न सहयोग गर्यो अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयहरुले अंग्रेजी भाषालाई नै प्रमुख विज्ञापनको माध्यम बनाए अंग्रेजी सिक्नु नै गुणात्मक शिक्षा लिनु हो  भन्ने भ्रम पनि स्थापित भयो यद्यपि यो तर्कलाई प्रत्येक वर्ष प्रकाशित हुने एस.एल.सि. नतिजाले स्थापित गराइरहेको किनकि अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयहरुको नतिजा तुलनात्मक रूपमा उच्च

नेपाली शिक्षामा अंग्रेजी

       सामान्यतः सन् १८५३ मा अंग्रेजी भाषाको पठनपाठन सुरु भएको मानिएता पनि यसभन्दा अघि देखि नै अंग्रेजी भाषाको प्रभाव पर्न थालिसकेको थियो इतिहासकारहरुका अनुसार १७आँै शताब्दीतिर नै क्रिस्चियन मिसनरीहरुले हिन्दु धर्मसँग सम्बन्धित महत्वपूर्ण ग्रन्थहरु अनुबाद गर्ने उद्देश्य स्वरुप नेपाल आएको तथ्याङ्ग भेटिन्छ
       पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका माथि विजय प्राप्त गर्नु अघि देखिनै काठमाडौँमा विदेशीहरु वस्दै आएका थिए उनी विदेशी विरोधी थिए उनले उपत्यका विजय पश्चात सवै विदेशीहरुलाई हट्न आदेश दिए तर विडम्बना के भयो भने छिमेकी देश भारतमा अंग्रेजहरु आइसकेका थिए त्यसको प्रभाव नेपालमा पर्नु सामान्य नै थियो नेपालका प्रथम  प्रधानमन्त्री भिमसेन थापा अंग्रेज विरोधी थिए तर उनको प्रभाव सून्य प्रायः भयो जव नेपाल अंग्रेज युद्धको समाप्ति स्वरुप सुगौलि सन्धि भयो सुगौलि सन्धिको प्रावधान अनुसार अंग्रेजहरु काठमाडौँमा वस्ने अनुमति पाएको लगभग चार दशकपछि औपचारिक रुपमा अंग्रेजी शिक्षा नेपालमा सुरुवात भयो
जङ्गबहादुर राणा सत्तामा आएपछि वेलायत भ्रमणमा गए त्यतिवेला वेलायतमा रहदा अंग्रेजहरुले छोएको पनि नखाएका उनीहरुलाई अछुतको जस्तो व्यवहार गरेका जंगवहादुर र्फकदा अंग्रेजी भाषाको भूत लिएर आए तथापी आउने वित्तिकै अंग्रेजी भाषा अध्ययन अध्यापन सुरु गराएनन् सन् १८५१ मा फर्केका उनले सन् १८५३ मा मात्र दुइ जना अंग्रेज शिक्षकको व्यवस्था गराए, उनका भाइ भतिजा पढाउने प्रयोजनका लागि, थापाथली दरवारमा
सन् १९७१ सम्म स्कुल पाठ्यक्रमको प्रशासन अनुगमन गर्ने सरकारी संयन्त्र नभएकाले अंग्रेजी भाषाको पनि सिलेवस वनेको अभिलेख पाइदैन यद्यपी सन् १९३४ मा प्रथमपटक एस.एल.सी. दिने विद्यार्थीहरुले अंग्रेजी विषयका दुइ पेपर दिनुपथ्र्यो भारतमा व्रिटिस राजको अन्त्यसँगै नेपालमा अंग्रेजी भाषाको भविष्य पनि अन्योलमा ¥र्यो सन् १९५४ मा राष्ट्रिय शिक्षा पद्धति योजना (नेसनल एजुकेसन प्लानिङ्ग कमिसन) ले अंग्रेजी भाषालाई स्कुल पाठ्यक्रमबाट हटायो अंग्रेजी नेपालमा आवश्यक नभएको तर्क गर्दै
सन् १९६४ मा नेपालमा पञ्चायती शासन थियो उक्त समयमा गठित राष्ट्रिय शिक्षा समितिले (नेसनल एजुकेसन कमिटि) अंग्रेजी भाषा पुनः पढाउने निर्णय गर्योः निम्न मा.वि. मा.वि. मा अनिवार्य विषयको रुपमा पुनः सन् १९७१ मा अंग्रेजीलाई अनिवार्य विषयको रुपमा पाठ्यक्रमबाट हटाइयो सोहि वर्ष पञ्चायत सरकारले नेपाली राष्ट्रियताको व्याख्या गर्यो जुन कुनै पनि कोहि पनि विदेशीको विरुद्धमा थियो सन् १९८१ देखि भने अंग्रेजी विषय माध्यमिक विद्यालयमा अनिवार्य विषयको रुपमा पठनपाठन हुँदै आइरहेको भने उच्च शिक्षामा पनि अंग्रेजीलाई अनिवार्य विषयको रुपमा पढाइ हुँदै आइरहेको , प्रायजस्तो सङ्कायहरुमा स्नातक तह सम्म
यसरी विकास हुँदै आएको अंग्रेजी भाषाको आवश्यकता आजका दिनहरुमा अझ बढ्दो यहि कारणले नै होला विभिन्न संघ संस्थाहरुले अनौपाचारिक रुपमा पनि अंग्रेजी भाषाको अध्ययन अध्यापन गराउने चलन बढिरहेको