Showing posts with label फेसबुक पुस्ताको आख्यान ( समिक्षा ) Published in Nepal Magazine Kartik 15 2072. Show all posts
Showing posts with label फेसबुक पुस्ताको आख्यान ( समिक्षा ) Published in Nepal Magazine Kartik 15 2072. Show all posts

Sunday, November 1, 2015

फेसबुक पुस्ताको आख्यान (समिक्षा) Nepal Magazine Kartik 15 2072




                                                                                   राजकुमार बराल

आदिमकालदेखि नै समाजमा पितृसत्ताको बलियो उपस्थिति छ । जहा“ पुरुषहरूको बोलवाला हुन्छ, उनीहरू आफूलाई ईश्वर, मालिक वा सत्तापक्ष ठान्छन् । महिलामाथि आधिपत्य जमाउ“छन् र उनीहरूलाई आफ्नो अनुकूल प्रयोग गर्न चाहन्छन् । अर्कातर्फ महिलाहरू आफूलाई कमजोर ठान्छन् र पुरुषहरूको हिंसा र अत्याचारको सिकार भएर पनि उनीहरू विरुद्ध विरलै मात्र बोल्न सक्छन् ।

समाजमा पितृसत्ताको जरो यसरी फि“जिएको छ, जसलाई नारीहरूले नै आफू धर्ती बनी मलजल गरिरहेका छन् । तर, यस्तो परिवेशभित्र पनि पितृसत्ताको अन्याय विरुद्ध धावा बोल्ने साहस गर्छे चिम्नी उपन्यासकी नारी पात्र ‘कुसुम’ले । नव साहित्यकार राज सरगमले फेसबुक पुस्तालाई लक्षित गरी उपन्यास पाठकसामु ल्याएका हुन् । नारीमाथि हुने अत्याचार विरुद्ध उभिएर पितृसत्ताकै पुरुषलाई प्रयोग गरी प्रतिशोध साध्ने उनको उपाय नितान्त अनौठो लाग्दछ ।

उपन्यासको अन्त्य दुःखद छ जुन कुरा उपन्यासको ‘प्रवेश’ खण्डबाट नै थाहा हुन्छ जहा“ एक विकराल चित्र प्रश्तुत गरिएको छ जहा“ तिनै प्रमुख पात्र कुसुम मृत्युशैयामा ‘परिचित’ नामक पात्रलाई खोजिरहेकी छन्, र साथमा रगतपच्छे ल्यापटप र रगतमा लत्पतिएका तीन शवहरू  । उपन्यासको बा“की भागमा तिनै मृत्युस“ग लडिरहेकी नारी पात्रले उक्त वीभत्स घटना कसरी घट्न पुग्यो भनेर उनको मृत्यु अघि ‘अर्धबेहोसी’मा लेखिएको तिनेै पात्रहरूको जीवनकहानी ।
कुसुम साधारण महिलाहरूजस्तै उदास र आवाजविहीन एक सामान्य नारी पात्र नै हुन् । उनी पनि एक सीमान्त आमा हुन् जो अत्याचारका विरुद्ध आवाज उठाउन सक्दिनन् । तर परिस्थितिले कुसुमलाई क्रान्तिकारी बनाउ“छ । पुरुष ज्यादतीले बनेको एउटा घाउमा खाटा नबस्दै अर्को पीडा सुरु हुन्छ जब उनी अर्को पुरुषको यातनाको सिकार बन्छिन् ।  पुरुष प्रधानताको प्रतिनिधि उक्त पात्र ती नारी पात्रको भावना नबुझी अप्राकृतिक क्रीडामा मात्र लिप्त हुनाले कुसुमलाई ‘जीवनदेखि नै वितृष्णा पैदा’ हुन्छ । यहि दुःखद वैवाहिक जीवन नै उनको लागि पुरुषप्रति घृणा जगाउने कारण बन्छ । परिणामतः उनले पुरुषस“ग प्रतिशोध लिने निर्णय गर्छिन् । यसै लक्ष्य अनुसार उनी पुरुषहरूको पुरुषत्व विनाश गर्ने अभियानमा लाग्छिन् । पितृसत्ताका विरुद्ध धावा बोल्छिन् र एक पछि अर्को गर्दै गोपी लगायत दस बालकको पुरुषत्व विनाश गर्छिन्, पुरुषार्थ मार्फत महिलामाथि हुने यातनाबाट मुक्ति दिन ।

सत्तामा आसीन पुरुषका बिरुद्ध जाइलाग्न त्यति सहज अवश्य नै हु“दैन । शक्तिको उपयोग गर्ने सत्ताले विभिन्न ‘डिस्कोर्र्र्ष’ मार्फत आफ्नै हितमा सत्यताको सिर्जना गरिरहेकै हुन्छन् वा आफ्नै पक्षमा इतिहास लेखिरहेकै वा लेखाइरहेकै हुन्छन् । पुरुषहरूको इतिहास पनि त्यही शक्तिको आडमा लेखिएको इतिहास नै हो । उनीहरूले स्थापना गरेको सत्यता अनुसार पुरुषहरू पहिलो दर्जाका हुन् भने महिलाचाहि“ ‘सेकेन्ड सेक्स’ ।  त्यसैले पुरुष पात्रलाई प्रयोग गर्दै पुरुष वेश्या बनाएर विदेशको रेड लाइट एरियामा बेच्ने, पुरुष–पुरुष यौनकर्मीहरूको संगठन खोल्ने जस्ता कुसुमका योजना निश्चय नै क्रान्तिकारी हुन् । यस्तै पुरुष पात्रहरूको प्रयोग गर्दै, पुरुषहरूकै नक्कल गरेर उनीहरूमाथि जाइलाग्ने कुसुमको लक्ष्य छ । ‘प्रत्येक पुरुषले नारीलाई जथाभावी प्रयोग गर्न सक्छ भने’ महिलाले पनि बदला लिन सक्छन् भन्ने क्रान्तिकारी विचार पनि उठाइएको छ यस उपन्यासमा ।

तर यी नारी पात्रको लक्ष्य र क्रान्ति त्यतिबेला कमजोर हुन्छ जब उनी आफैं ‘कसैको जीवन संगिनी बन्ने, गृहिणी बन्ने, सा“च्चै आमा बन्ने’ इच्छा लिएर परिचितस“गको सम्बन्ध अघि बढाइरहन्छिन् । तर एक दुर्घटना पश्चात् प्राप्त एक चिठ्ठीले कहिल्यै नसोचेको एक तीतो यथार्थता उजागर गरिदिन्छ  र उमेरको ठूलो भिन्नता भए पनि फेसबुकले जोडिदिएको यिनीहरूको संबन्ध जटिल मोडमा पुग्छ ।

यस उपन्यासमा प्रकाशकले दाबी गरेजस्तै यथार्थ र कल्पनाको संयोग त छ तर यथार्थ भन्दा कल्पनाको पल्ला भारी छ । केही दृृष्य त नाटकीय लाग्ने हिन्दी टेलिशृङ्खलाका नक्कल जस्तै छन् ः छोरीलाई असाध्यै माया गर्ने बुबालाई उनी गर्भवती भएको थाहा नदिई एक वर्ष सम्म भारतमै राख्नु, उनीबाट जन्मिएको बच्चा मरेको भनी बच्चालाई अन्यत्रै पठाउनु, मृत्युशैयामा लेखिएको जीवनकहानी आदि ।

कथा सरल छ, ल्यापटपमा चिम्नी नामक फाइलमा लिपिबद्घ छ । तर कतिपय ठाउ“मा हिज्जेमा समस्या देखिन्छ ः आनो, परिचिय, उच्चरण, गेपी आदि ।
यति हु“दाहु“दै पनि अनौठो प्रेम प्रसंगले पाठकको ध्यान खिच्न सफल छ । चालिस वर्षे महिला र तेइस बर्षे ठिटाको पे्रमालाप र दार्शनिक संवाद कम रोचक छैनन् । एक–अर्कालाई उनीहरूले गरेको प्रशंसा कुनै पनि आदर्श प्रेमी–प्रेमिकाको भन्दा कमजोर छैन । सजिलोमा सबै बाँच्ने तर असजिलो र अफ्ट्यारोमा बाँच्न जान्नु जीबन हो भन्दै चिम्नीतर्फ देखाउँदै शरीरलाई चिम्नी र आत्मालाई धुवा“स“ग तुलना गर्ने परिचित ठिटो भए पनि जीवन बुझेजस्तो लाग्छ ।

कथावस्तु र त्यसको उठानमा कथाकार ग्रीसेली नाटककार सोफोकिल्स बाट प्रभावित देखिन्छन् । जसरी सोफोकिल्सको नाटक ईडिपस रेक्समा योकाष्टा र ईडिपसले आफ्नो यथार्थ सम्बन्ध थाहा पाउ“दा जुन पीडाबोध गर्छन्, उस्तै अवस्था छ कुसुमको यद्यपि सम्बन्ध ज्ञात हुनुअघि नै परिचित स्वर्गे भइसकेको हुन्छ । यही जटिल सम्बन्धको अनुत्तरित प्रश्न उपन्यासकारस“ग अझ पनि छ“दै छ ।

समग्रमा केही कमजोरीका बाबजुद पनि जीवनमा कैयौं पीडा भोगेकी कुसुमको पुरुष प्रधानताका विरुद्ध उठाइएको प्रतिशोधको नया“ शैली अनौठो र डरलाग्दो पनि छ । तर कुसुमको पुरुष बिरुद्धको क्रान्तिलाई असफल देखाएर उपन्यासकारले अन्ततः पुरुषकै पक्षमा वकालत गरेको देखिन्छ । यद्यपि सरगमको चिम्नी वातावरण प्रदूषित बनाउने इ“टाभट्टाको सामान्य चिम्नी होइन बरु एक फरक विषयवस्तुलाई कथारूप दिने प्रतिकात्मक मियो चाहि“ अवश्य नै हो ।


कृति :चिम्नी
लेखक : राज सरगम
प्रकाशक : प्राइम बुक्स प्रा। लि।
विधा : उपन्यास
पृष्ठ : २६५
मूल्य : रु ३०१