Tuesday, July 28, 2015

"तिमी को ?"



तिमी को ?
पारि क्षितिजबाट
चोर औंला ठड्याएर
मेरो तटिय जिन्दगीको गणित सोध्ने
तिमी को ?
झिसमिस उज्यालो नहुँदै
खण्डहर बनेका सपनाका विस्कुनहरु
उठाउन नपाउँदै
मेरो गोधुली जिन्दगीको हरहिसाब सोध्ने
तिमी को ?
आफ्नै अष्टवक्र जिन्दगीका मोडहरुको
ज्यामितिय परिमिति ननापी
मेरा भावनाहरुको 
तौल सोध्ने
तिमी को ?

1 comment: