Wednesday, July 29, 2015

नेपाल चिनाउने कथानक


अष्ट्रेलियामा बस्दै आएका न्यूजिल्याण्डका गेरी ¥च्यूको नेपालसँग गहिरो सम्बन्ध पर्यटन व्यवसयायीका रुपमा नेपाल आएका ¥च्यूले काठमाडौंमा व्यालुनिङ्ग कम्पनी खोलेका थिए साथै गोक्यो लेकबाट तिब्बतसम्म सन् १९८७ मा सगरमाथामाथि ब्यालुन पनि उडाएका थिए यिनले ब्यस्त काठमाडौंको आकाशमा ब्यालुन उडाइरहन सकेनन् तर अष्ट्रेलियामा फर्केर काठमाडौंको सेटिङ्गमा काठमाण्डू नामक उपन्यास लेखे जसको एक भाग वजारमा उपलब्ध यसलाई उनले ड्रिमर्स स्किमर्स, हिरोज एण्ड होलीमेनको किताब भनेका छन् अर्को भाग आउने तयारीमा भन्ने जानकारी गराएका छन्
काठमाण्डू उपन्यास साहस षड्यन्त्रको सनसनीपूर्ण कथा हो यसमा अनेका षड्यन्त्रका फेहरिस्तहरु छन्, रहस्यहरु छन्, जासुसी तानावाना छन, रहस्यमयी पात्रहरु छन्एण्ड्रयू, अशोक, मेरिक, साधुबा षडानन्द यीनै विविद्यतालाई संगठित गर्ने कथा संरचना एड वर्कर एण्ड्रयूले काठमाडौंको होटलमा भूलवस पाएको एक चिठीको घटनाबाट शुरु भएको यसको कथा रत्नको मृत्यू हराइरहेको मेरिकको रहस्योद्घाटन हुनु अघि नै सकिएको
अचानक प्राप्त उक्त चिठीले उनको जीवन असुरक्षित बनाउँछ उनी मेरिकको जासुस संस्थाको निगरानीमा पर्छन्, उनको खोजी बढेपछि सोहि होटलको किचन ब्वाय अशोकले एण्ड्रयू उनको अंग्रेज साथी केटलाई सल्लाहको लागी साधु षडानन्दको वासस्थानमा लग्छन जो बर्षौदेखि काष्ठमाण्डपमा बस्दै आएका छन् षडानन्दसँगैको यो भेट उनीहरुका लागी ज्यादै महत्वपूर्ण हुन्छ किनकी उनले तिनीहरुलाई डरबाट मुक्ति दिलाउन प्राचीन हिमालयका कथाहरु सुनाउछन जुन कथाहरु विषम परिस्थितिमा लड्न महत्वपूर्ण सावित हुन्छन् मेरिकको गुप्तचर एजेन्सीले खोजी कार्य दु्रततर पार्छ, अशोक हराउँछ जसको परिणामस्वरुप एण्ड्रयू केट षडयन्त्र धोकाको विषम परिस्थितिमा जकडिएका छन्
उनले काष्ठमाण्डपलाई नेपालको सबैभन्दा पुरानो मण्डप (पृ.२४) धर्मशाला वा विश्रामस्थल हो भनेर व्याख्या गरेका छन् एउटै रुखबाट वनेको उक्त मण्डपको नामबाट नै काठमाडौं शहरको नामाकरण गरिएको हो भन्ने ऐतिहासिक जानकारी पनि उल्लेख गरेका छन् साथसाथै काठमाडौंलाई पौराणिक महानताको, कलाकारको, व्यवसायी तथा कविहरुको शहर (पृ.२५) भनेर चित्रण गरेका छन् यसको उत्पत्तिको किंवन्दती पनि साधु षडानन्दका मुखबाट भनाएका छन् जसअनुसार तिब्बतबाट आएका वोधीसत्व मञ्जुश्रीले नागभाष नामक पोखरीको पानी हटाइ वस्न लायक ठाँउ बनाए
यसका साथसाथै यस पुस्तक मार्फत ¥च्यूले हिन्दु वौद्धधर्म सँग सम्बन्धित केहि महत्वपूर्ण सत्यहरु उद्घाटन गरेका छन् सर्वप्रथमतः गेरीलाई साधुवाद जसले गौतम वुद्ध नेपालको कपिलवस्तुका राजा सुद्धोधन मायादेवीका कोखबाट जन्मिएका हुन् (पृ.१०५) मात्र भनेका छैनन् वुद्धलाइ उनले कपिलवस्तुका महान गुरु (पृ.११५) शाक्यमुनी (पृ.१२३) भनेर प्रशंसा गरेका छन् भारतले वुद्ध आफ्नो देशमा जन्मिएका भनेर अनुचित दावी गरिरहेका वेलामा ¥च्यूको यो कथनले वुद्धको जन्मस्थलको विषयको विवाद वेकार हो भन्ने प्रष्ट्याउछ उनले वुद्धको तपस्या, पत्ता लगाएका चार महान सत्य; जीवनमा दुःख , दुःखका कारणहरु छन्, दुःखबाट छुटकारा पाउन सकिन्छ, छुटकारा पाउने उपाय अर्थात् अष्टाङ्गीक मार्गहरु वुद्धका उपदेशहरुका साथसाथै यस पुस्तकमा समावेश गरेका छन्  
अर्कातिर शिवभक्त साधु षडानन्दको जीवनको परिभाषा उनको वुझाइमा जीवन मायाको खेल हो (पृ.७७), भ्रम हो भगवान शिव यसका खेल शिक्षक पुस्तकको अन्त्यतिर षडानन्दले देवी दुर्गाले महिषासुरलाई वध गरेको कथा केटाकेटीलाई सुनाइरहेका छन् साथसाथै पूर्वीय दर्शनको महत्व पनि
नेपालमा पर्यटकीय विकासका प्रचुर संभावनाहरु रहेको कुरा उल्लेख गर्दै ¥च्यूले यस पुस्तकमा ठमेल वसन्तपूरको पर्यटकिय जीवनलाई विशेष महत्व दिएका छन् नेपाल दृष्यावलोकनका लागी स्वर्गीय ठाँउ भएको स्विकारेका छन् जुन प्रसङ्ग नेपाली पर्यटन उद्योगका लागि महत्वपूर्ण हुन सक्छ  
यति हुँदाहुँदै पनि कतिपय ठाँउमा ¥च्यूले हाम्रा कमी कमजोरीहरुलाई औल्याएका छन् पर्यटकहरुलाई विमानस्थलमै गरिने लुछाचुडी, अशिष्टता, आफ्नो ट्याक्सीमा लान ट्याक्सीवालाले गर्ने अनुचित विवादलाई देखाएर हाम्रो असभ्यताको संस्कृति छताछुल्ल पारेका छन् भने गाँजाव्यापार, फितलो ट्राफिक ब्वस्थापन, वन्द, प्रदर्शन, भस्टाचार, हत्या, हिंसा जस्ता क्रियाकलापले उनको मानसपटलमा पारेको प्रभाव समेत उजागर गरेका छन्  
दश बर्षे जनयुद्ध यसले पारेको प्रभाव समेत लेखकले खोतलेका छन् यसको प्रत्यक्ष प्रभाव उपन्यासको पात्र अशोकको जीवनमा देखिन्छ जसले द्वन्द्वको परिणाम स्वरुप आफ्नी आमालाई गुमाउँछ गाँउबाट भागेर शहर पस्छ
समग्रमा पुस्तकले उत्पत्ति देखि गुण्डाराज, डर, धम्की, वमले आकान्त वनेको काठमाण्डूमा वुनिएका षडयन्त्रका तानावानाका साथसाथै हिन्दु वौद्ध दर्शनका महत्वूर्ण तथ्यहरु समाविष्ट गरेको  
यस उपन्यासको भाग दुइलाई भने ¥च्यूले मिस्टिकस, एसासिनस, आउटकास्ट्स एण्ड अर्डियल अफ लभको कथा हो भनेका छन् आशा गरौं यसले भाग एकका अनुत्तरित रहस्यको रहस्योद्घाटन गर्नेछ

No comments:

Post a Comment