Wednesday, July 29, 2015

अन्र्तयुद्धका कथा

अल्वर्ट आइन्सटाइनले सिगमण्ड फ्रायडलाई एक पत्रमा सोधेका थिए “ईज देयर एनी वे अफ डेलिभरिङ्ग मेनकाइन्ड फ्रम  मिनेक अफ वार” अर्थात् मानवजातीलाई युद्धको त्रासबाट मुक्त गराउने केहि उपाय  कि ? यस प्रश्नको उत्तर दिने सिलसिलामा फ्रायडले युद्धका  कारणहरु उल्लेख गरेको थिए– भौतिक  मनोवैज्ञानिक 
फ्रायडले भने अनुसारका युद्धका मनोवैज्ञानिक कारणहरुको संग्रह हो विश्वम्भर चञ्चलको कथासंग्रह ‘ वार इज वे्रकिङ्ग’  यो कथा संग्रहमा संग्रहित कथाका पात्रहरुका मनमा भड्किएका युद्ध यति धेरै शक्तिशाली छन कि भौतिक युद्धहरुमा भन्दा पनि बढी 
अठार कथा संग्रहित यस संग्रहका कथाहरुमा मुख्यतः तीन प्रवृतिहरु देखिन्छनः मनोवैज्ञानिकअस्तित्ववादी  ब्यङ्गात्मक  संग्रहको पहिलो कथा ‘ मर्ग’ अर्थात् शवगृहमा श्रीमान पात्रको मनमा युद्ध भड्किएको   श्रीमतीले आत्महत्या गर्ने धम्कि दिएपछि चिन्तित वनेको श्रीमान पात्र घर पुग्दा श्रीमतीलाई जिवितै भेट्न पाइने हो कि होइन भनेर तर्सिरहन्छ  अफिसबाट घर फर्कदा शव गृहको पालेलाई आज कोहि मृतकलाई शव गृहमा ल्याए भनेर सोध्छ 
त्यस्तै ‘फर्गेटिङ्ग’ कथाको विर्सने वालाको मनपनि उद्वेलित युद्धरत   कथाको ‘’ पात्रलाई केहि  केहि महत्वपूर्ण कुरा विर्सिएको छु भन्ने लाग्छ तर उक्त कुरा के हो भनेर संझन चाहिँ सक्दैन  आफूले विर्सिएको कुरा के होला भनेर आमाभाइभतिजाभतिजी सबैलाई सोध्छ तर उनीहरुलाई के थाहा जुन  स्वयंलाई थाहा छैन 
 किलर’ कथाको किलर पात्र जसले वास्तवमा हत्या गरेको थिएन तर अरुहरुले शंका गरेपछि युद्धग्रस्त मन लिएर भाग्छ  वास वस्ने ठाउँमा एक महिलालाई साच्चिकै हत्या गर्छ  जुनसुकै सजाय भोग्न तयार हुदै गाउँबाट शहरतिर जान्छ  सोहि हविगत  ‘ इनसेन प्रिस्ट’ कथामा प्रिस्टको जसलाई सवैले पागल ठानेर पागलखानामा राख्छन्  यस कथामा उसलाई पागल ठानेर सोहि अनुसार व्यवहार गरिदा भड्किएको उसको मानसिक युद्धको चित्रण  

अर्कातिर ‘लङ्ग लिभ डेमोक्रेसीको प्रमुख पात्र नरबहादुरको मनमा यद्ध भड्किएको   उसको छोराले तपाई पञ्चे हो ? भनेर सोद्धा  श्रीमतीले जागीरबाट राजीनाममा दिन सल्लाह दिँदाको नरवहादुरको मनोविज्ञान शेक्सपियरको पात्र हेम्लेट जस्तो अनिर्णयको वन्दी वनेको   त्यस्तै द्विविधाको सिकार  ‘ एपिडेमिक’ कथाको ‘’ पात्रजो श्रीमतीको मृत्युपछि अन्तेष्टि गर्ने वा भाग्ने विलखवन्दनमा परेको   ‘हण्ट फर ¥च्युन’ को ‘पात्रको भाग्यको खोजीले स्यामुयल वेकेटका पात्रहरु भ्लादिमिर  एक्स्ट्रागनलाई सम्झाउँँछन् जो परिचय नभएको ‘गोडोलाई पर्खिरहेका छन्कालान्तर देखि  सोहि हविगत  ‘ हिल एण्ड  भिलेजको ‘’ पात्रको पनि जो त्यस डाँडामा वस्ती वसेको हेर्न पर्खिरहेको   
उनका कथामा अस्तित्वको लागि संघर्षरत पात्रहरुको संघर्ष अल्वेयर कामूको पात्र सिसिफसको भन्दा कम छैन  जसरी सिसिफसलाई भगवानको गोप्यता चोरेको अभियोगमा जिवनभर ढुङ्गो पहाडको टुप्पोसम्म गुडाइरहने सजाय दिइन्छ त्यसरी नै ‘ हिल एण्ड  भिलेजमा ‘’ पात्रका सपना  लक्ष्यहरु अर्थहिन वन्छन्  अर्थहिन कामको चापले उसले आत्महत्या नसोचेको होइन तर सिसिफसले जस्तै उसले पनि घोषणा गर्छ – ‘आइ डिसाइड नट टु डाइ’  आफ्नो सपना सार्थक गर्न प्रयासरत रहन्छसुख  दुःख एकै सिक्काका दुइ पाटा हुन भन्दै उसले पहाड खनिरहन्छ 
ट्रान्सफरमेसन’ कथामा पात्रहरुले कल्पनाको संसार सिर्जना गरेर आफ्ना अपूर्ण सपनाहरुका तीता यथार्थहरु पुरा गरिरहेका छन्  इच्छा आकांक्षाहरु बढीरहेपनि श्रोत वढ्न नसक्नाले सो परिवारका सदस्यहरु आलु  तरकारी खाएर माछाकुखुरा खाएको अनुभव गर्छन् 

सामाजिक राजनैतिक विसंगतिप्रति चञ्चलको कटाक्ष यस संग्रहको अर्को विशेषता हो  निराश भएर सरकारको मुख ताकेर वसेका वाढीपिडीत वारदहका जनताको चित्रण गर्दै जनताका दुःख प्रति उदासिन सरकारलाई उनले ब्यङ्ग गरेका छन्  झिनो आसामा वाचेका जनता अझ वढी खिन्न हुन्छन् जव मन्त्रीको हवाइजहाज आकाशबाटै फर्किछ  ‘ चेयर’ कथाले पनि नेपालको कर्मचारीतन्त्र प्रति कटाक्ष गरेको  जुन संयन्त्र महत्वपूर्ण कामलाई स्थगन गर्न माहिर  
त्यस्तै ‘केरोसेन’ कथा मट्टितेलमा हुने राजनीतिको कथा हो  झिनो आशमा वाचेका हामी सवै नेपालीको कथा हो  जनतालाई सुविधा दिनुपर्ने निकाय भएर पनि जनताको पिरमार्का नवुझ्ने सरकार प्रतिको शसक्त प्रहार हो  सरकारी गाडी दुरुपयोग गर्ने मन्त्रीहरुलगायत उच्च पदश्थहरुलाई ‘लङ्गलिभ डेमोक्रेशीले पनि सालिन ब्यङ्ग हानेको   देशरुपी खेतमामूसारुपी शक्तिप्रयोग कर्ताले देशलाई उराठ वनाएको प्रति कथाकार चिन्तित देखिन्छन् ‘ फिल्डमाइस एण्ड फिसरस’ कथामा 
कथा अनुवादकले अनुवाद गर्दा सावधानी अपनाएका छन्  नेपालीपना नहराओस भनेर शब्दहरुलाई लगभग अर्थ दिने शब्दहरुमा नढाली झर्रा नेपाली शब्दहरु जस्तै – खुकुरीहुक्का चिलिमसान्दाइभादगाउलेढाकाटोपीडण्डी वियोदौरासुरुवाल नै प्रयोग गरेका छन् 
सामान्य प्राविधिक त्रुटिहरु तथा छुट्टै पेजमा लेखिएका कथा शिर्षक त्यति प्रभावकारी नभएतापनि समग्रमा यस कथासंग्रहले पात्रहरुका मनोदशाको सूक्ष्म विश्लेषण गर्नुका साथै सामाजिकराजनैतिक दुर्दशा प्रति असतुष्टी व्यक्त गरेको   सँगसँगै अर्थहिन जीवन जिउँदाका नैरास्यता समेत संग्रहित हुनुले यो संगालो पठनीय बनेको  

No comments:

Post a Comment