Tuesday, July 28, 2015

"जिन्दगीको गणित"

तिम्रो उदासिनता पागलपन हो काली !
बैराग्य, निरसता
एक्लोपना, द्घिविधा सब प्रपञ्च 
प्रत्येक दिन 
भित्ताहरूमा बहुरुपमा देखिने तिमी
फगत एक नाटककी पात्र हौ । 

तिमी दुइजिब्रे हौ काली !
जीवनसँग बुर्कुसी मारिरहेकी तिमी
अनाहकमा बहकिन्छ्यौ
दुःखको अभिनय ग¥छ्यौ र
अवतारी बनेर
भित्ता रँङगाइरहन्छ्यौ ।

तिमी गणितमा कमजोर छौ !
इलामको बाटो जस्तो गुँडुल्किएको 
जिन्दगीको गणित
न त भित्तामा पोखिएको प्रतिक्रिया जस्तो छ
न नै नाटकको अभिनय जस्तो ।।


2 comments: