Monday, November 16, 2015

खडेरी महात्म्य (कबिता)


भुकम्प महात्म्य सुनाइसकेपछि
कुमारजी आज्ञा गर्नुहुन्छ
हे अगस्त्य मुनी !
आज म हजूरलाई
खडेरी महात्म्य
सुनाउन चाहान्छु
ध्यानपूर्वक श्रवण गर्नुहोला —
“समय खडेरीको छ
पश्चिमतिरको आकाशमा
बादलका कुनै सप्काहरु छैनन् ।
घडिको सुइको ठीक विपरित दिशातर्फ भने
बादल सफा छैन
दक्षिणबाट आएका बादलहरुको जम्काभेटले होला
आकाशमा गड्याङगुडुङ सुनिन्छ ।
त्यसको ठिक बिपरित दिशातर्फ
टाऽऽऽढा तर केहि निम्बस बादलका धब्बाहरु देखेदेखि
कात्न थालेका योजनाका बातीहरु
पृथ्बीलाई नै बेर्न पुग्ने लामा बनिसके
तर
भावनाका बाती राखेर बालेका
आशाका दियोहरु
धिपधिप मात्र गरिरहेछन ।
अब एकै भय बाँकी छ अगस्त्य मुनी ! —
प्यासी जीबनले
तिर्खा मेट्नुअघि
टट्टाएका आँखाहरुले कतै
बिष्णुलाई अकै स्वरुपमा पो
देख्ने हुन कि ?
र साथमा
नारद मुनिको चर्को
नारायण ! नारायण ! ले
गुञ्जिने पो हो कि मत्र्यलोक ?”

No comments:

Post a Comment