Sunday, November 1, 2015

फेसबुक पुस्ताको आख्यान (समिक्षा) Nepal Magazine Kartik 15 2072




                                                                                   राजकुमार बराल

आदिमकालदेखि नै समाजमा पितृसत्ताको बलियो उपस्थिति छ । जहा“ पुरुषहरूको बोलवाला हुन्छ, उनीहरू आफूलाई ईश्वर, मालिक वा सत्तापक्ष ठान्छन् । महिलामाथि आधिपत्य जमाउ“छन् र उनीहरूलाई आफ्नो अनुकूल प्रयोग गर्न चाहन्छन् । अर्कातर्फ महिलाहरू आफूलाई कमजोर ठान्छन् र पुरुषहरूको हिंसा र अत्याचारको सिकार भएर पनि उनीहरू विरुद्ध विरलै मात्र बोल्न सक्छन् ।

समाजमा पितृसत्ताको जरो यसरी फि“जिएको छ, जसलाई नारीहरूले नै आफू धर्ती बनी मलजल गरिरहेका छन् । तर, यस्तो परिवेशभित्र पनि पितृसत्ताको अन्याय विरुद्ध धावा बोल्ने साहस गर्छे चिम्नी उपन्यासकी नारी पात्र ‘कुसुम’ले । नव साहित्यकार राज सरगमले फेसबुक पुस्तालाई लक्षित गरी उपन्यास पाठकसामु ल्याएका हुन् । नारीमाथि हुने अत्याचार विरुद्ध उभिएर पितृसत्ताकै पुरुषलाई प्रयोग गरी प्रतिशोध साध्ने उनको उपाय नितान्त अनौठो लाग्दछ ।

उपन्यासको अन्त्य दुःखद छ जुन कुरा उपन्यासको ‘प्रवेश’ खण्डबाट नै थाहा हुन्छ जहा“ एक विकराल चित्र प्रश्तुत गरिएको छ जहा“ तिनै प्रमुख पात्र कुसुम मृत्युशैयामा ‘परिचित’ नामक पात्रलाई खोजिरहेकी छन्, र साथमा रगतपच्छे ल्यापटप र रगतमा लत्पतिएका तीन शवहरू  । उपन्यासको बा“की भागमा तिनै मृत्युस“ग लडिरहेकी नारी पात्रले उक्त वीभत्स घटना कसरी घट्न पुग्यो भनेर उनको मृत्यु अघि ‘अर्धबेहोसी’मा लेखिएको तिनेै पात्रहरूको जीवनकहानी ।
कुसुम साधारण महिलाहरूजस्तै उदास र आवाजविहीन एक सामान्य नारी पात्र नै हुन् । उनी पनि एक सीमान्त आमा हुन् जो अत्याचारका विरुद्ध आवाज उठाउन सक्दिनन् । तर परिस्थितिले कुसुमलाई क्रान्तिकारी बनाउ“छ । पुरुष ज्यादतीले बनेको एउटा घाउमा खाटा नबस्दै अर्को पीडा सुरु हुन्छ जब उनी अर्को पुरुषको यातनाको सिकार बन्छिन् ।  पुरुष प्रधानताको प्रतिनिधि उक्त पात्र ती नारी पात्रको भावना नबुझी अप्राकृतिक क्रीडामा मात्र लिप्त हुनाले कुसुमलाई ‘जीवनदेखि नै वितृष्णा पैदा’ हुन्छ । यहि दुःखद वैवाहिक जीवन नै उनको लागि पुरुषप्रति घृणा जगाउने कारण बन्छ । परिणामतः उनले पुरुषस“ग प्रतिशोध लिने निर्णय गर्छिन् । यसै लक्ष्य अनुसार उनी पुरुषहरूको पुरुषत्व विनाश गर्ने अभियानमा लाग्छिन् । पितृसत्ताका विरुद्ध धावा बोल्छिन् र एक पछि अर्को गर्दै गोपी लगायत दस बालकको पुरुषत्व विनाश गर्छिन्, पुरुषार्थ मार्फत महिलामाथि हुने यातनाबाट मुक्ति दिन ।

सत्तामा आसीन पुरुषका बिरुद्ध जाइलाग्न त्यति सहज अवश्य नै हु“दैन । शक्तिको उपयोग गर्ने सत्ताले विभिन्न ‘डिस्कोर्र्र्ष’ मार्फत आफ्नै हितमा सत्यताको सिर्जना गरिरहेकै हुन्छन् वा आफ्नै पक्षमा इतिहास लेखिरहेकै वा लेखाइरहेकै हुन्छन् । पुरुषहरूको इतिहास पनि त्यही शक्तिको आडमा लेखिएको इतिहास नै हो । उनीहरूले स्थापना गरेको सत्यता अनुसार पुरुषहरू पहिलो दर्जाका हुन् भने महिलाचाहि“ ‘सेकेन्ड सेक्स’ ।  त्यसैले पुरुष पात्रलाई प्रयोग गर्दै पुरुष वेश्या बनाएर विदेशको रेड लाइट एरियामा बेच्ने, पुरुष–पुरुष यौनकर्मीहरूको संगठन खोल्ने जस्ता कुसुमका योजना निश्चय नै क्रान्तिकारी हुन् । यस्तै पुरुष पात्रहरूको प्रयोग गर्दै, पुरुषहरूकै नक्कल गरेर उनीहरूमाथि जाइलाग्ने कुसुमको लक्ष्य छ । ‘प्रत्येक पुरुषले नारीलाई जथाभावी प्रयोग गर्न सक्छ भने’ महिलाले पनि बदला लिन सक्छन् भन्ने क्रान्तिकारी विचार पनि उठाइएको छ यस उपन्यासमा ।

तर यी नारी पात्रको लक्ष्य र क्रान्ति त्यतिबेला कमजोर हुन्छ जब उनी आफैं ‘कसैको जीवन संगिनी बन्ने, गृहिणी बन्ने, सा“च्चै आमा बन्ने’ इच्छा लिएर परिचितस“गको सम्बन्ध अघि बढाइरहन्छिन् । तर एक दुर्घटना पश्चात् प्राप्त एक चिठ्ठीले कहिल्यै नसोचेको एक तीतो यथार्थता उजागर गरिदिन्छ  र उमेरको ठूलो भिन्नता भए पनि फेसबुकले जोडिदिएको यिनीहरूको संबन्ध जटिल मोडमा पुग्छ ।

यस उपन्यासमा प्रकाशकले दाबी गरेजस्तै यथार्थ र कल्पनाको संयोग त छ तर यथार्थ भन्दा कल्पनाको पल्ला भारी छ । केही दृृष्य त नाटकीय लाग्ने हिन्दी टेलिशृङ्खलाका नक्कल जस्तै छन् ः छोरीलाई असाध्यै माया गर्ने बुबालाई उनी गर्भवती भएको थाहा नदिई एक वर्ष सम्म भारतमै राख्नु, उनीबाट जन्मिएको बच्चा मरेको भनी बच्चालाई अन्यत्रै पठाउनु, मृत्युशैयामा लेखिएको जीवनकहानी आदि ।

कथा सरल छ, ल्यापटपमा चिम्नी नामक फाइलमा लिपिबद्घ छ । तर कतिपय ठाउ“मा हिज्जेमा समस्या देखिन्छ ः आनो, परिचिय, उच्चरण, गेपी आदि ।
यति हु“दाहु“दै पनि अनौठो प्रेम प्रसंगले पाठकको ध्यान खिच्न सफल छ । चालिस वर्षे महिला र तेइस बर्षे ठिटाको पे्रमालाप र दार्शनिक संवाद कम रोचक छैनन् । एक–अर्कालाई उनीहरूले गरेको प्रशंसा कुनै पनि आदर्श प्रेमी–प्रेमिकाको भन्दा कमजोर छैन । सजिलोमा सबै बाँच्ने तर असजिलो र अफ्ट्यारोमा बाँच्न जान्नु जीबन हो भन्दै चिम्नीतर्फ देखाउँदै शरीरलाई चिम्नी र आत्मालाई धुवा“स“ग तुलना गर्ने परिचित ठिटो भए पनि जीवन बुझेजस्तो लाग्छ ।

कथावस्तु र त्यसको उठानमा कथाकार ग्रीसेली नाटककार सोफोकिल्स बाट प्रभावित देखिन्छन् । जसरी सोफोकिल्सको नाटक ईडिपस रेक्समा योकाष्टा र ईडिपसले आफ्नो यथार्थ सम्बन्ध थाहा पाउ“दा जुन पीडाबोध गर्छन्, उस्तै अवस्था छ कुसुमको यद्यपि सम्बन्ध ज्ञात हुनुअघि नै परिचित स्वर्गे भइसकेको हुन्छ । यही जटिल सम्बन्धको अनुत्तरित प्रश्न उपन्यासकारस“ग अझ पनि छ“दै छ ।

समग्रमा केही कमजोरीका बाबजुद पनि जीवनमा कैयौं पीडा भोगेकी कुसुमको पुरुष प्रधानताका विरुद्ध उठाइएको प्रतिशोधको नया“ शैली अनौठो र डरलाग्दो पनि छ । तर कुसुमको पुरुष बिरुद्धको क्रान्तिलाई असफल देखाएर उपन्यासकारले अन्ततः पुरुषकै पक्षमा वकालत गरेको देखिन्छ । यद्यपि सरगमको चिम्नी वातावरण प्रदूषित बनाउने इ“टाभट्टाको सामान्य चिम्नी होइन बरु एक फरक विषयवस्तुलाई कथारूप दिने प्रतिकात्मक मियो चाहि“ अवश्य नै हो ।


कृति :चिम्नी
लेखक : राज सरगम
प्रकाशक : प्राइम बुक्स प्रा। लि।
विधा : उपन्यास
पृष्ठ : २६५
मूल्य : रु ३०१

No comments:

Post a Comment