Monday, August 17, 2015

पहलवानले काँध फेरेको दिन

 हजुरआमा !
यस पाला नि पहलवानले काँध फे¥यो नि
कतै गल्यो कि उसको काँध
बढ्यो कि उसको सास
दुख्यो कि छाती
खै कुन्नि के भए छ 

हजुरआमा !
माथि तपाइको वस्तीमा
आइपुगेनन् होला
काँध फेर्दाका तरङ्गहरु
तर तल हेर्नोस
सूर्यका किरणसँगै दृष्टि मिसाउँदा
एका बिहानै देखिने सेतो घर नि छैन
परको भगवानको घर पनि छैन
पूर्खाले बनाएका मूर्ति
अनि त्यही मूर्तिमा अबिर चढाउने मन
दुबै शरणर्थी बने

तपाईँ भन्नुहुन्थ्यो
सारा कुरा लडे पनि
जिन्दगी लड्नु हुन्न
मनको ¥याङ खस्नु हुन्न
हो हजुर आमा
जसरी लाग्छ जिन्दगीमा
आशा, भरोषा आस्थाको टेको
उसै गरी
पुरै वस्तीमा लगाएको छु
योजनाको टेको
खन्दै छु पर्खालको जग
सोचाइको भुमध्यरेखामा
आखिर योजना भनेकै सोच हो
उता पर कुनामा राजाको लोहैलोहाले
बनेको घरका डण्डी पनि
बिछाएकै हो

कसैले मस्तिष्कको पाटोमा ।।

No comments:

Post a Comment